|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
दरबारमा खटिएको ब्रिगेड माओवादी ईलाकातिर काठमाण्डौं, 20 Mar, 09- सेनाका ८ जना जनरलहरुको म्याद थप्ने विषय सम्बन्धी विवाद चर्किरहेका बेला नेपाली सेनाले आफ्नो एक बृगेडलाई माओवादी प्रभावित इलाकामा पठाएको छ त्यो पनि गणतन्त्र अघिसम्म नारायणहिटी दरवारमा खटिएको बृगेडलाई । तर माओवादीलाई दबाउनकालागि यसरी दरवारको पल्टनलाई माओवादी प्रभावित जिल्लामा पठाएको भने होइन । शाही रक्षक दरबार रक्षक बाहिनीको रुपमा चिनिएको बाहिनीको हेडक्वाटर चैत १ देखि काभ्रेको भकुण्डेबेंसीमा सारिएको छ । भकुण्डेबेसी त्यही ठाउँ हो जहाँ माओवादीविरुद्ध संकटकाल लागेपछि सबैभन्दा पहिले माओवादीले सबैभन्दा ठूलो आक्रमण गरेको थियो । सेनाको बृगेड नजिकै रहेको भकुण्डेबेसी इलाका प्रहरी कार्यालयमा आक्रमण गरी माओवादीले प्रहरी कार्यालय कब्जा गरेको थियो । भकुण्डेबेसीमा सेनाको ९ नं. बाहिनी स्थापना भएलगत्तै बाहिनीनजिकै रहेको इलाका प्रहरी कार्यालयमाथि माओवादीले आक्रमण गरेका थिए । अहिले सोही स्थानमा दरवारमा रहेको सैनिक बाहिनीलाई सरुवा गरिएको छ । शाही शासनकालमा दरबन्दी तय गरी पाकिस्तानमा सैनिक सहचारी बनाएर पठाइएका सहायकरथी विजय मोक्तान २६ नं. बाहिनीको नेतृत्व गर्दै भकुण्डेबेसीमा बस्न पुगेका छन् । भकुण्डेबसीमा रहेकॊ ९ नं. बाहिनीलाई चािहं पूर्वको रोल्पा भनेर चिनिने सिन्धुली सारिएको छ । जानकारी अनुसार दरबारको बाहिनी काभ्रे र काभ्रेको बाहिनी सिन्धुली सरेपछि तिनको कार्यक्षेत्रसमेत परिवर्तन गरिएको छ । यसअघि भकुण्डेबेंसीमा रहेको ९ नं. बाहिनीले बागमती र जनकपुर अचल पूरै हेर्ने जिम्मेवारी पाएकोमा त्यहाँ सरुवा गरिएको २६ नं. बाहिनीलाई चाहिँ काभ्रे, सिन्धुपाल्चोक र भक्तपुरको मात्र जिम्मेवारी सुम्पिइएको छ । उपत्यकाका तीन जिल्लाबाहेक बागमतीका धेरैजसो जिल्ला र पूरै जनकपुर अचलको जिम्मा पाएको ९ नं. बाहिनीलाई जनकपुर अचलको जिम्मेवारी तोकिएको छ । -Sitaram Baral in Kathmandu |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||