|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
एक नेपाली बालिकाको जीवन रक्षाका लागि सहयोगको अपिल ! |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
न्यू योर्कबाट नेपाली पत्रकार नेपाल पुगेर फर्के पछि लेख्छन्- कक्षा ६ मा पढ्दै गरेकी १२ वर्षीया पार्वती घरी मुर्छा पर्ने, घर शरीर नीलो र बेहोस् हुने रोगले थलिएकीछिन्। जसका कारण उनको स्कुलमात्र छुटेको छैन, पसलमै छोरीलाई राखेर हेरचाह गर्न बाबु–आमा बाध्य छन्। १२ वर्षे किशोरी ओछ्यानमा पल्टिरहेको देखेपछि पसलमा छिर्ने प्रत्येक ग्राहकले सोधखोज गर्दछन्, नानीलाई के भएको हो ? उपचार किन नगराएको ? यसरी हरेक यात्रुका प्रश्नको बेलीविस्तार जवाफ दिने क्रममा पार्वती सँगसँगै बाबु–आमा रामहरि र शुभद्रा दैनिक कयौंपटक रुने गर्दछन्। Parbati Upreti. Photos courtesy: Parbati family |
|
|
पटक–पटक बिरामी हुने गरेकी पार्वतीलाई उनी पढ्ने विद्यालयका एक शिक्षकको सहयोगमा गत २०६३ वैशाख २८ गते काठमाडौ पुर्या्एर बाँसबारीस्थित मुटुरोग अस्पतालमा जाँच गराइयो। चिकित्सक भगवान कोइरालाले जाँच गर्दा पार्वतीको मुटुमा सानो प्वाल फेला पारे साथै मुटुको भल्भ विगि्रएको पाइयो । प्वाल टाल्न र मुटुको भल्भ फेर्न अप्रेसन गर्नुपर्ने, जसका लागि कम्तीमा ४ लाख रुपैयाँ खर्च लाग्ने चिकित्सकले सुनाए। तर एउटा गरिब परिवारले ४ लाख रुपैयाँ कसरी जुटाउनु ? न ४ लाख रुपैयाँ जुटाउन सक्नु, न छोरीको मृत्यु पर्खेर दिन बिताउनसक्नु, यति ठूलो संकटमा यो परिवार फसेको देखे पनि त्यहाँ खाजा खान जाने यात्रुहरूले कठै विचरा भन्नुबाहेक केही सहयोग गरेको पाइएन। म यस बिच अमेरिका फर्किएँ। अमेरिकामा आएको पनि एक बर्ष भयो। गत असोजमा एक महिनाको लागि नेपाल गएको थिएँ र मेरो घर काठमाडौं मै भएपनि संयोगबस म मलेखु जाने क्रममा महेश दोभानको त्यो पसलमा यात्रुका रूपमा खाजा खान छिरेकॊ थिएँ । Parbati Upreti's family. Photos courtesy: Parbati family पसलको वातावरण यस्तो थियो जहाँ ग्राहकको आउने जाने क्रम जारि थियो सबैजना स्वभाविक ढंगले काम गरिरहेका थिए तर पसलमै झोक्राएर बसिरहेकि बाह्र वर्षे बालिकाकौ अनुहारमा चमक थिएन अनि एक प्रकारको डर लुकेको मैले पाएँ ती बालिका सानो मजेत्रो ओडेर त्यो गर्मि धुपमा पनि रगत नै निखि्रएको जस्तो देखिने निलो ओठ र पुरा जिउ थरथर कमाएर बसेकि थिइन् र मेरो मन उनलाई हेरेर मात्र थामिन सकेन अनि प्रश्न गर्न बाध्य भएँ यि बालिकालाई कै भएको हो भनेर। त्यतीखेर त्यो परिवारले बताउन चाहेन र मात्र यति बताए 'यो बिरामि छे' । म उनिहरुले दिएको त्यो उत्तरले मात्र सन्तुष्ट हुन सकिन र फेरि प्रश्न गरें 'आखिर के भएको हो यिनलाई?' यस्ता धैरै प्रश्नहरुको उत्तर दिदा िदंदा थाकेको त्यो परिवारले मेरो पनि प्रश्नलाई औपचारिक रुपमा उत्तर दिएर पन्छिन खोजको मैले बुझें र अलि धरै पटक कर गरेपछि पार्वति कि आमा, दिदि र पार्वति सँगसँगै रुँदै जवाफ दिन थाले अनि आमा सुभद्राले भनिन् 'यसलाई मुटुकौ रोग लागेको छ यसलाई पोहोर नै अस्पतालमा भर्ना गरैर अपरेशन गर्न भनेको थियो तर चार लाख रुपैयाँ लाग्छ रे, यत्रो पैसा हामिले चार जन्ममा पनि जम्मा गर्न सक्दैनौं । त्यसैले अब यसको मृत्यको दिन कुर्नुभन्दा हामिसँग अर्को बाटो छैन । यो पसलमा चियाखान आउने सबैले सोध्छन् हामि कति जनालाई बताउँ?' त्यसपछि मैले त्यहाँ उनिहरुसँग भएको अस्पतालको कागज पत्र र रिपोर्ट जे जति उपलब्ध थिए सरसर्ति आफुलाई अन्दाज भएसम्म अध्ययन गरें । त्यसपछि मैले उनिहरुलाई भने -'म एउटा पत्रकार हूँ म एक महिनाको लागि यो वर्ष नेपाल आएको हूँ । म पन्ध्र दिन पछि अमेरिका फर्कदैं छु, काठमाडौं गएर म यो बालिकाको लागि केहि सहयोग गर्न कौशिश गर्छु र अमेरिका पुगेर सबै नेपालीलाई सहयौगको लागि अनुरोध गर्दछु, मलाई विश्वास छ, सबैले अवश्य पनि मेरो अनुरोधलाई स्विकार गर्नुहुनेछ । हामि परदेशमा बसेर काम गरेपनि हाम्रो मन र मुटु सँधै नेपाल र नेपाली माटोमा नै हुन्छ, त्यसैले म एक्लैले त्यत्रो रकम त सहयोग गर्ने सामथ्र्य त छैन तर पत्रकारको कलमको शक्तिले केहि गर्न सक्छ कि ? जति सक्छु म त्यति अवश्य पनि गर्छु, म सबैलाई यो यथार्थता बताउँछु र सहयोग जुटाएर बच्चाको उपचार गर्न मद्दत गर्छु।" भन्ने वचन दिँदै म बिमारिको फोन, नाम र अन्य जानकारी आफ्नो डायरीमा टिपेर काठमाडौं फर्के र, आफू आबद्ध संस्था लायन्स क्लब अफ काठमाडौं राइजिङ्गसनका साथीभाइहरूसँग पार्वतीको अवस्थाबारे छलफल गरें। त्यहाका सकृय महेस आचार्यले १ लाख रुपैयाँ व्यक्तिगत तर्फबाट व्यहोर्ने र बाँकी रकम संकलनका लागि पार्वती उपचार कोष स्थापना गर्ने निर्णय गरे। अब बाँकी तीन लाख रुपैयाँको खाँचो छ। पार्वती अहिले काठमाडौं ल्याइएकि छिन् र अपरेशनको लागि तत्काल ठुलो रकमको खाँचो भइसकेको छ । उपचार गरेर निको हुने रोग लागेर पनि पैसाकै अभावको कारणले मृत्यको दिन कुरेर बस्न विवश पार्वतीको बाँच्न पाउने अधिकार र बाँचेर यो संसार देख्ने रहर पुरा गर्न हामि सबैको सानो सहयोग आफ्नै मातृभुमिको एउटा अवोध शिसुको जिवन रक्षाको लागि सम्पुर्ण नेपाली दाजुभाई, दिदी-बहिनी र सम्पुर्ण नेपाली संघ संस्थाहरुमा हार्दिक अनुरोध गर्दछु । अन्त्यमा, पार्वती उपचार कोष मार्फत भएका संपुर्ण आम्दानि र खर्चको विवरण यसै अनलाइन पत्रिका मार्फत सार्वजनिक गरिनेछ ।" -Bijaya Poudel in New York Please call me at: 646-243-4499 or write me: bijayapoudelpoudel@hotmail.com Mr. Poudel is the Editor of Vishwa Sandesh USA (forth-nightly Nepalese newspaper) New York Edition. सहयोगको लागि उपचार कोषको खाता र विवरण निम्न अनसार छ: बचत खाता नं. ०१८३०४९६४० एभरेष्ट बैंक लिमिटेड, चावहिल काठमाडौं नेपाल सम्पर्कः Amrit Chalise पुर्व अध्यक्ष, लायन्स क्लब अफ काठमाडौं राइजिङ्गसन Tel: 9841270780, amrit_chalise@hotmail.com Ramesh Lama अध्यक्ष, लायन्स क्लब अफ काठमाडौं राइजिङ्गसन Tel: 9841328208, ramshlama@yahoo.com Dwarika Shrestha, Secretary, Tel: 9841265633, dwarikashrestha2003@yahoo.com Jayaram Bista, Treasurer, Tel: 9841253301, jayabista@hotmail.com |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||