|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
भ्यालेन्टाइन दिवसको बिशेष न्युज फिचर |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
विश्व प्रशिद्ध समाचार एजेन्सी एपी (AP) द्वारा
युएस नेपाल अनलाइनका प्रधान सम्पादकको अमेरिकि जेल जीवन र प्रेम कहानी
प्रकासित![]() न्यू योर्क, 14 Feb, 09- भ्यालेन्टाइन दिवसको अबसर पारेर सन् २००१-२ मा १६ महिना ४ वटा अमेरिकि जेलहरुमा अनाहकमा बन्दी जीवन बिताउन वाध्य पारिएका यस अनलाइनका प्रधान सम्पादक प्रदिप थापाको जेल जीवन र उनको अमेरिकि महिलासँगको जेल मै शुरु भएको प्रेम र प्रेम विवाहको कहानी विश्व भरका प्रिन्ट र अनलाइन संचार माध्यमहरुले प्रकासित गरेका छन्। एपीकि बिशेष सम्बाददाता तथा राष्ट्रिय लेखिका हेलेन ओनीलद्वारा तयार पारिएको एपी फिचर स्टोरीमा सम्पादक थापा र उनकि श्रीमती मार्गरेटले जेलमा अङ्कुराएको प्रेम कहानीको सबिस्तार चर्चा गरेका छन्। सम्पादक थापा जापानबाट पुन: अमेरिका फर्किदै गर्दा ५ बर्षको मल्टिपल इन्ट्री भिसा हुँदाहुँदै पनि अमेरिकि इमिग्रेसनले भिसा नदिएपछि १६ महिना जेल जीवन बिताउन वाध्य भएका थिए। सम्पादक थापाले जेल मै उनकी श्रीमती मार्गरेट कार्नलाई भेटेका थिए। जेल मै प्रेमको जालो झाङ्गिदै गएपछि मार्गरेटले प्रेम विवाहको प्रताब गरेकी थिइन्। सम्पादक थापाले एक हप्ताको समय मागेर "हुन्छ" बिहे गरौं भन्ने जवाफ दिएपछि जेलबाट छुटेको दुई महिनापछि भारतको पन्जाब राज्यको जालनधर शहर गईमा विवाह गरेका थिए। एपी कि हेलेनकाअनुसार अमेरिकामा अझै पनि ३५ हजार इमिग्रेन्ट (आप्रबासी) हरुलाई बिभिन्न जेलहरुमा राखिएको छ भने वार्षिक ३ लाख आप्रबासीहरुलाई अमेरिकाबाट उनिहरुका देश्हरुमा फर्काइन्छ। बिबिसी समाचारका अनुसार अमेरिकामा अहिले झन्डै २३ लाख अमेरिकिहरु जेल जीवन बिताइ रहेका छन्। अर्थात हरेक १ लाख जन सङ्ख्यामा ७५० बन्दी छन्। संसार कै सबैभन्दा बढी नागरिक जेलमा भएको तथ्याङ्कले स्वतन्त्रताको मुलुक भनेर चिनिने अमेरिकाको नाकमा कालो धब्बा लगाएको छ। विश्वमा दोश्रो र तेश्रो बढी जनता जेलमा कोच्ने मुलुकहरुमा क्रमस: चीन र रसियामा क्रमस: १५ लाख र ८ लाख, ९० हजार जनता जेल जीवन बिताइ रहेका छन्। एपीद्वारा विश्वब्यापी संचार माध्यममा प्रकासित सम्पादक थापा र उनकी श्रीमती मार्गरेटको प्रेम कहानी पढ्न यी लिङहरुमा जानुहोस्: Nepalese poet finds love in detention center Romance bloomed when Jersey City woman came into Pradeep Thapa's life |
|
![]() Detainee and his Dearest Meri find happiness by Helen O'Neill/AP Special Correspondent Visit details at: www.pradeepthapa.com सन् १८४६ मा अमेरिकि दैनिक पत्रिकाहरुद्वारा मुनाफ रहित (Non-for-profit) कोअपरेटिभ संचार संस्थाको रुपमा स्थापित एपी (एसोसिएटेट प्रेस) विश्वको सबैभन्दा जेठो र विश्वासिलो संचार संस्था मानिन्छ। यसका अहिले १ हजार ५०० अमेरिकि दैनिक पत्रिकाहरु सदस्य छन् भने यसको ९७ देशबाट २४३ ब्युरो अन्तर्गत झन्डै ३ हजार पत्रकारहरु समाचार सम्प्रेसण गर्दछन्। विश्व भरका ६ हजारभन्दा बेशी पत्रपत्रिका, रेडियो, टिभी र अनलाइन मेडियाहरुले एपीले दैनिक जारी गर्ने ७५० समाचारहरु प्रकाशन गर्दछन्। एपिको मुख्यालय न्यू योर्क शहरको 450 West 33rd Street, New York, NY 10001 मा रहेको छ भने वेब्साइट www.ap.org हो। -USNepal Desk in New York |
||
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||