|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
दरवारको एण्टी
एयरक्र्याफ्ट सारियो काठमाण्डौं, November 17, 2008- कुनै बेला नेपाली सेनासँग भएका सबैभन्दा शक्तिशाली हतियारहरु दरवारमा केन्द्रित गरिएका थिए । ती मध्ये २०४३ सालमा चीनबाट गोप्यरुपमा ल्याइएको एण्टी एयरक्र्याफ्ट तोपपनि एक थियो । लडाकू जहाजलाईसमेत मार हान्न सक्ने तोप नेपालको सरकारले गोप्य रुपले ल्याएको थाहा पाएपछि भारतले २०४५ मा नेपालमाथि नाकाबन्दीसमेत लगाएको थियो । उता दरवारले पनि नारायणहिटी दरवारको सुरक्षर्थ सोही हतियार दरवारभित्र तैनाथ गरेको थियो । तर गणतन्त्रको स्थापनालगत्तै एण्टी एयरक्र्याफ्ट लगायतका हतियारहरु नारायणहिटीबाट धमाधम सार्न थालिएको छ । जानकारी अनुसार एण्टी एयरक्र्याफ्ट तोपसहितको एक पल्टन दरबारबाट हालैमात्र नारायणहिटीबाट बाहिरिएको छ । कम्पनीस्तरको सोही पल्टनले हवाई हमलाको प्रतिरोध गर्न सक्थ्यो । ०४३ मा चीनबाट गोप्यरुपले खरिद गरिएका एन्टी एयरक्राफ्ट तोपहरु सो हवाई सुरक्षा गुल्मसँग थिए । सैनिक श्रोतकाअनुसार हालै मात्र सो पल्टनलाई त्रिभुवन विमानस्थलमा सारिएको छ । हवाई सुरक्षा गुल्मको सो कार्यालयमा भ्याली पृतनाको कार्यालय स्थापना गरिएको छ । यसैगरी दरबारको सुरक्षामा खटिने गरेको पूर्व शाही रक्षक बाहिनी अर्थात् अहिलेको २६ नं. बाहिनीलाई पनि त्यहाँबाट सारिने भएको छ । जानकारीअनुसार उक्त बाहिनीलाई भक्तपुरको खरिपाटीमा सारिने सम्भावना छ । सो बाहिनीअन्तर्गतको बर्दबहादुर गणले राष्ट्रपति र उपराष्ट्रपति कार्यालय भवनको सुरक्षाको जिम्मेवारी लिँदै आएको छ भने गोरखबहादुर गणले चाहिँ नारायणहिटीलगायतका दरबारहरुको नै सुरक्षा गर्दै आएको छ । विशेष सुरक्षा बलले भने राष्ट्रपति र उपराष्ट्रपतिलाई नजिकबाट सुरक्षा दिने गरेको छ । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||