|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
यसरी भयो फेरी प्रहरीहरुको बिद्रोह: २३ सूत्रीय माग पुरा भएमात्र बिद्रोह साम्य हुने काठमाडौं, July 13, 2008- बाँकेको समशेरगन्जस्थित सशस्त्र प्रहरी गणमा विद्रोह भएको एक महिना नबित्दै नेपालगाजस्थित दंगा नियन्त्रण गण र मध्य पश्चिम क्षेत्र गुल्मका प्रहरीले बिद्रोह गरेका छन् । उनीहरुको विद्रोहपछि बिद्रोही प्रहरीहरुलाई नियन्त्रणमा लिनसशस्त्र प्रहरी परिचालन गरिएको छ । बिद्रोह नियन्त्रणकालागि कार्वाही भए त्यहाँ निकै ठूलो रक्तपात हुने सम्भावना बढेको छ । बिद्रोही प्रहरीहरु र बिद्रोह नियन्त्रणमा लिन गएको सशस्त्र प्रहरीको टोली दुबै आक्रमण र प्रत्याक्रमणको तैयारी अवस्थामा बसेका छन् । विद्रोहीमाथि कार्वाहीकालागि काठमाडौंबाट गएको 'आइलेण्डर' नामक सेनाको जासुसी जहाजले आइतबार विहान विद्रोहीद्धारा नियन्त्रित कार्यालयको आकासबाटै निरीक्षण गरेको छ । जहाजमा गृहमन्त्रालयका अधिकारीहरु रहेका थिए । विद्रोही नियन्त्रित कार्यालयसहितको क्षेत्रलाई सशस्त्र प्रहरीको तीन प्लाटुनले तीनतिरबाट घेरा हालेका छन् । दाङ्गको भालुवाङ्ग र सुर्खेतबाटपनि थप सशस्त्र प्रहरी त्यसतर्फ लागेको छ । आफूहरुविरुद्ध बढ्दो घेराबन्दपछि विद्रोही प्रहरीहरुले वरिपरिका सर्बसाधारणका घरहरुलाई समेत नियन्त्रणमा लिई आफ्नो मोर्चालाई थप सुदृढ पारेका छन् । प्रहरीका भेरी अन्चल प्रमुख र जिल्ला प्रमुखले तल्लो स्तरका प्रहरीहरुमाथि दुव्र्यवहार गर्ने गरेको, आर्थिक शोषण गरेको आरोप लगाउँदै शनिवार विहान त्यहाँका तल्लो तहका प्रहरीहरुले नियन्त्रणमा लिएका थिए । विहान ब्याडमिन्टन खेल्न गएका बेला उनीहरुलाई अकस्मात नियन्त्रणमा लिइएको थियो । विद्रोहीको नियन्त्रणमा पर्नेहरुमा भेरी अन्चल प्रमुख एसएसपी परशुराम खत्री, एसपी घनश्याम भट्ट, तालिम केन्द्र प्रमुख डिएसपी सुदीप आचार्य, गणप्रमुख एसपी अलिअख्तर अन्सारीलगायत ८ जना रहेको बताइएको छ । विद्रोहको नेतृत्व भने सई धनबहादुर बिकले गरिरहेका छन् । ब्याडमिन्टन खेलेर खाना खाइसकेपछि ८ जना प्रहरी अधिकृतहरुलाई नियन्त्रणमा लिएर प्रहरीहरुले उनीहरुसँग रहेका सेट मोवाइल फोन लगायतका सन्चारका साधन कब्जामा लिएका थिए । कब्जा लगत्तै उनीहरुले भ्रष्ट हाकिम मुर्दाबाद भन्दै नारावाजी र फायरिङ्गसमेत गरेको बताइएको छ । उनले माइकबाट आफूहरुमाथिको अत्याचार सीमा नाघेको बताउँदै आफ्ना २३ सूत्रीय माग पुरा भएमात्र बिद्रोह साम्य हुने बताएका थिए । शनिवार दिउसो र रातभरिपनि उनीहरु कब्जामा रहेका प्रहरीका अधिकृतहरुलाई नछाडेपछि गृहमन्त्रालयले विद्रोहलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरी परिचालन गरेको हो । तर प्रहरी परिचालनाट समस्या समाधान हुने कमै सम्भावना छ । विद्रोही प्रहरीहरुले आफूहरुमाथि आक्रमण भए सशक्त प्रतिकार गरिने चेतावनी दिएका छन् । जानकारी अनुसार विद्रोही नियन्त्रित कार्यालय क्षेत्रीय दंगा नियन्त्रण कार्यालयपनि भएकाले निकै ठूलो मात्रामा हतियारको भण्डार छ । र हतियार भण्डारमासमेत विद्रोही प्रहरीहरुले नियन्त्रण कायम गरेका छन् । विद्रोही प्रहरीहरुको हातमा सेना र सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको एसएलआरलगायतका आधुनिक हतियार रहेको देखिएको छ । विद्रोहको ज्वाला सशस्त्र प्रहरीभित्रपनि फैलिसकेकाले सशस्त्र प्रहरीबाट त्यो बिद्रोह नियन्त्रण हुननसक्ने सम्भावनापनि त्यत्तिकै छ । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||