|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
लिम्बुवानमा समानुपातिक अधिकारको माग गर्ने अर्को एक शहीद बने |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
लिम्बुवान स्वायत्तताका खातिर मनिल तामाङले शहादत प्राप्त गरेका छन् ।
लिम्बुवानको मीठो कल्पनामा आफ्नो ज्यान समेत अर्पण गरेका मनिलको सोच पूरा
हुन सकोस्, उनको मृतआत्मा तागेरा निङवाभूमाङको काखमा चीर शान्तिका साथ रहन
सकोस्-हार्दिक श्रद्धाञ्जली तथा उनको यो असामयिक निधनले शोकसन्तप्त उनको
परिवार तथा समस्त लिम्बुवानवासी जनताहरुमा हार्दिक समवेदना छ, यो लिम्बुवान
चौतारीको तर्फबाट । हिजो मुलुकभर बाधा र विरोधसँगै स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भइरहेको थियो । सो चुनाव समानुपातिक पद्धतिअनुसार हुनुपर्ने मागसहित आन्दोलनरत संघीय लिम्बुवान राज्य परिषद सञ्जुहाङ पालुङवासम्बद्ध संघीय लिम्बुवान विद्यार्थी परिषद् र पल्लो किरात लिम्बुवान राष्ट्रिय मञ्चसम्बद्ध लिम्बुवान विद्यार्थी मञ्चका कार्यकर्ताहरुमाथि प्रहरी र वाइसीएलले आक्रमण गरेको थियो । यसै सिलसिलामा झापाको धुलावारी क्याम्पसमा मतपेटिका क्याप्चर गर्न जाने क्रममा बिहानै भएको झडपमा मञ्चका केन्द्रीय सदस्य राजेन्द्र इधिङगोको टाउकोमा गम्भीर चोट लागेको छ । सो झडपका कारण स्थगित भएको चुनाव पुन दिउँसो गरिंदा प्रहरीले चलाएको गोली लागि मनिल तामाङले शहादत प्राप्त गरे । पेट र खुट्टामा गोली लागि घटनास्थलमै उनको मृत्यु भयो । उनीसँगै चारआलीका मानबहादुर शेर्पालाई पनि खुट्टामा गोली लागेको छ, तर अत्यधिक रक्तस्रावका कारण उनको स्थिति चिन्ताजनक रहेको छ । हाल उनी भारतको सिलिगुडीस्थित नर्थ बंगाल अस्पतालमा उपचार्रार्थ भर्ना भएका छन् । सो झडपमा एक दर्जन लिम्बुवान कार्यकर्ताहरु घाइते भएका छन् । पान्थरको फिदिममा भएको झडपमा लिम्बुवान विद्यार्थी मञ्चका चार जना कार्यकर्ताहरु सख्त घाइते भएका छन् । उनीहरुको उपचार हाल इलाम अस्पतालमा भइरहेको पल्लो किरातका केन्द्रीय सदस्य लाजेसाले बताएका छन् । लाजेसाका अनुसार फिदिमलगायत धेरै स्थानमा वाइसीएलले लिम्बुवान विद्यार्थीहरुमा माथि आक्रमण भएको हो । आन्दोलनकै क्रममा हिजो बिहीवार लिम्बुवान कार्यकर्ताहरुले माइधारमा एउटा यात्रु वसमा आगजनी र २ वटा बस तोडफोड गर्नुका साथै दमकमा एक सय भन्दा बढी मोटरसाइकलहरु नियन्त्रणमा लिए । हिजै साँझ पालुङवासम्बद्ध परिषदले बिर्तामोडमा कोण सभा गर्दै आफ्नो कार्यकर्ता मारिएको प्रति रोष प्रकट गरेको थियो । मृतकलाई शहीद घोषणा गरिनु पर्ने, क्षतिपूर्ति दिनुपर्ने, घाइतेहरुको उपचार गर्नुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्ने, हत्यारालाई कारवाही गर्नुपर्ने, धुलावारी क्याम्पसका प्रमुखलाई कारवाही गर्नुपर्ने र लिम्बुवानका केही स्थानमा भएका चुनावहरु रद्ध गर्नुपर्नेलगायतका मागको प्रेश विज्ञप्ति अध्यक्ष पालुङवाले वाचन गरेका थिए । र, यो हत्याको विरोधमा चलिरहेको लिम्बुवान बन्द अनिश्चितकालीन हुने समेत चेतावनी सरकारलाई दिएका थिए । यदि सरकारले माग पूरा नगरे के हुन्छ भनी प्रश्न गर्दा अध्यक्ष पालुङवाले आज बिहान भने, 'हामी लिम्बुवानलाई स्वतन्त्र बनाउन पनि तयार हुन्छौं, अब माग पूरा नभइञ्जेल कुनै हालतमा पनि हामी पछि हट्दैनौं ।' वर्तमान सरकारले लिम्बुवान मु्क्तिका लडाकु मनिलको हत्या गरेकोमा पल्लो किरात लिम्बुवान राष्ट्रिय मञ्च, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद कुमार लिङ्देन समूह, राष्ट्रिय जनमुक्ति पार्टीसम्बद्ध लिम्बुवान संगठन र किरात याक्थुङ चुम्लुङले सरकारको यो ज्यादती विरुद्ध आक्रोसपूर्वक विज्ञप्ति जारि गरेको छ । |
|
|
मृतक मनिलको शवलाई पोष्टमार्टमपश्चात् आज बिहान नै धुलावारीबाट बिर्तामोडसम्म शवयात्रा गरिने तयारी भइरहेको छ । सो शव यात्रा बिर्तामोडस्थित मुक्ति चोकमा गई कोण सभामा परिणत हुनेछ । को हुन् मनिल तामाङ? लिम्बुवान स्वायत्तताका खातिर दोस्रो शहीद बन्न पुगेका मनिल तामाङ पृथ्वीनगर गाविस वडा नं. ४ निवासी हुन् । दुइ भाई मध्ये जेठो छोरो मनिलको मृत्युले शोकाकुल उनको परिवार उनको यो बलिदानले लिम्बुवानको आन्दोलन थप उचाइमा पुगोस् भन्ने चाहना राख्दछ । संघीय लिम्बुवान विद्यार्थी परिषदका केन्द्रीय सदस्य तथा लिम्बुवान भोलेन्टियर्सको कार्यकर्तासमेत रहेका २१ वर्षीय मनिल विर्तामोडस्थित मेची स्कूलमा कक्षा १२ मा अध्ययनरत थिए । भन्नैपर्दा, लिम्बुवान स्वायत्तताको आवाज गोलीले दबाउन खाज्ने सरकारका विरुद्ध वास्तवमै जस्तोसुकै अवस्था झेल्न पनि तयार हुनुपर्ने परिस्थितिको सिर्जना भएको छ । लिम्बुवानका खातिर लडेका राजनीतिक तथा गैरराजनीतिक संघ संगठनहरुले अब फुटेर होइन जुटेर संयुक्त क्रान्तिको विकुल फुक्नै पर्छ । एलभी, केएलभी, केएलएदेखि संघीय सेना तैनाथ गर्नै पर्छ । लिम्बुवानी जनता कहिल्यै हारेका छैनन्, पराधिन भएका छैनन् भन्ने जीवन्त इतिहासलाई पुनरावृत्ति र पुष्टि गर्नै पर्छ । -Nabin Lingden in Kathmandu |
||
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||