Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
'हरु' शब्दका कारण संबिधान सभा स्थगित?

काठमाडौं,  July 8, 2008- आइतबार भएको सहमति अनुसार सोमबारदेखि संविधान सभाको बैठक सुचारु हुने अपेक्षा गरिएपनि दलहरुबीच फेरि नयाँ विवाद सिर्जना हुन पुगेको छ।

आइतबार माओवादी, कांग्रेस र एमालेलगायतका ठूला दल र मधेशवादी दलहरु मधेश स्वायत्त प्रदेशको सट्टा तराई स्वायत्त प्रदेशमा सहमत भएका थिए ।

तर सोमबार स्वायत्त तराई प्रदेशहरु भन्ने कि प्रदेशमात्र भन्ने नयाँ विवाद सिर्जना हुन पुग्यो जसका कारण सोमबारदेखि सुचारु हुने अपेक्षा गरिएको संविधान सभाको बैठक फेरि स्थगित गरियो ।

संविधान सभाका जेष्ठ सदस्य कूलबहादुर गुरुङ्गले सूचना टाँसेर बैठक मंगलबार २ बजेसम्मकालागिस्थगित भएको जानकारी दिएका थिए । सूचना टाँस गरी बैठक स्थगित गरिएको यो तेश्रो पटक हो ।

जानकारी अनुसार ठूला दलहरु 'तराई स्वायत्त प्रदेशहरु' राख्ने पक्षमा थिए भने मधेशवादी दलहरुको अडान 'तराई स्वायत्त प्रदेश' मात्र राख्नुपर्छ भन्ने थियो । 'हरु' शब्द राखिएमा तराईमा धेरै संघीय प्रदेश हुने भएकाले मधेशवादी दलहरुले यो अडान लिएका थिए ।

संविधान सभामा भएको गतिरोध अन्त्य गर्न सोमबार भएको बार्ताबाटपनि कुनै निष्कर्ष निस्कन नसकेपछि मंगलबार विहान फेरि वार्ता गर्ने भन्दै टुङ्ग्याइएको थियो । हिजोको बैठक सकिएपछि एमाले महासचिव झलनाथ खनालले तीन वटै मधेशवादी दलहरुसँग कुराकानी गरी निष्कर्षमा पुग्ने बताएका थिए भने कांग्रेस उपसभापति रामचन्द्र पौडेलले कसैलाईपनि आपत्ति नहुने गरी उपाय खोजिने बताएका थिए ।

माओवादी प्रबक्ता कृष्णबहादुर महराको भनाईपनि उस्तै थियो- 'मंगलबार विहान मधेशवादी दलहरुसँग बसेर फेरि हामी नयाँ सहमतिमा पुग्नेछौं ।' सहमतिकालागि सोमबार दिउसो तीन ठूला दलहरु तीन वटै मधेशवादी दलहरुसँग वार्ता गरेका थिए । त्यसपछि माओवादी, कांग्रेस र एमालेबीच छुट्टाछुट्टै वार्ता भएको थियो । वार्ता शान्ति तथा पुनस्र्थापना मन्त्रालयमा भएको थियो ।

यसैगरी सेना सम्बन्धी व्यवस्थामापनि विवाद सिर्जना भएको थियो । मधेशवादी दलहरुले संविधान संसोधन गरी सेनामा सामुहिक प्रवेशमार्फत् सेनालाई समावेशी र समानुपातिक बनाउने व्यवस्था गर्न कानून परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए । एमालेले भने सेनालाई समावेशी बनाउन सकिने भएपनि समानुपातिक हुन नसक्ने बताएको थियो ।

-Sitaram Baral in Kathmandu



   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®