|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
अड्को सुल्झाउन अर्को विद्येयकको चाँजो,
'मधेश' को सट्टा 'तराई' राखे हुने काठमाडौं, July 6, 2008- प्रमुख तीन दलको सहमतिमा तयार गरिएको पुरक विद्येयकले मधेसी दलहरुको बिरोध मथ्थर नभए पछि पुनः अर्को पुरक विद्येयक ल्याइने भएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र प्रमुख तीन राजनीतिक दलवीच असार २२ गतेको वैठकमा यस्तो सहमति भएको हो । अर्को विद्येयक आउने भएपछि नेपाल सरकारले जेठ २१ गते संसदमा दर्ता गरेको पुरक विद्येयक फिर्ता गरिने भएको छ । 'हामीले बनाएको विद्येयकले विगतमा मधेशी मोर्चासँग गरेका सम्झौताको भावनालाई आत्मसात गरेको छ भन्ने लागेको थियो । तर उहाँहरु र हाम्रो बुझाईमा एकरुपता हुन सकेन ।' वैठक पछि नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले भने । अब आउने विद्येयकमा गत फागुनमा मधेशी मोर्चासँग सरकारले गरेको सम्झौताको भावना र मर्म स्पष्ट रुपमा आउने पनि अध्यक्ष दाहालले बताए । फेरी ल्याउन लागिएको पुरक विद्येयकमा मधेशमा बहु प्रदेशहरु हुने र सेनामा समूहगत प्रवेश नगराईने तर सेनालाई समावेशी बनाईने कुरा उल्लेख गरिने नेकपा एमालेका महासचिव झलनाथ खनालले उल्लेख गरे । आजको वैठकमा मधेशी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीका नेताहरुले अन्तरिम संविधानको धारा १४४ र १३८ मै संशोधन गर्ने गरी विद्येयक लानु पर्ने अडान राखेका थिए । संविधानको धारा १४४ मा सेना र १३८ मा राज्य पुनरसंरचना सम्बन्धी व्यवस्था राखिएका छन् । अर्को विद्येयकको लागि आज विहान एमाले संविधान सभा दलको कार्यालयमा बसेको तीन प्रमुख दलले मस्यौदा तयार गरेको थियो । सो मस्यौदा भोलि विहान बस्ने सात दलको वैठकमा प्रस्तुत गरिने शान्ति तथा पुर्निनमार्ण मन्त्री रामचन्द्र पौडेलले जानकारी दिए । उता अब आउने विद्येयकमा पनि गत फागुनको सम्झौतामा उल्लेख भएका कुरा सम्वोधन नभए सदन अवरुद्ध पार्ने मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । मधेशको ठाउँमा तराई राखे पनि हुन्छ । मधेशवादी दलहरुले आफूहरु मधेश शब्द छाड्न तयार रहेको बताएका छन् । 'मधेश शब्दले नै सहमति हुन नदिने हो भने मधेशको ठाउँमा तराई राखे पनि हुन्छ ।' भनेका हौं वैठक पछि फोरम अध्यक्ष उपेन्द्र यादवले बताए । मधेशीहरुले सहमतीको निम्ति 'मधेश' शब्द छोड्न तयार रहेको बताए पनि मधेशमै रहेका थारु लगायत अन्य समुदाय एक मधेश एक प्रदेशको विरोधमा खुलेर लागेकाले छोड्नु परेको स्रोतको दाबी छ । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||