|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
अमेरिकि नेपालीहरुको ए.एन.ए. सम्मेलनमा
नाँच्दै, खेल्दै, राष्ट्रपति बूशको
शुभकामना सुन्दै Actors Saranga Shrestha and Saroj Khanal at the event. Photos courtesy: Dhan Thapa Magar (DhanPhotos.Com) New York, July 7, 2008- जुलाई ३ देखी ६ तरिखसम्म मेरिल्यण्ड राज्यको बाल्टिमोर शहरमा सम्पन्न भएको २६ औं एएनए (Association of Nepalese in America) सम्मेलनले अमेरिकि नेपालीहरुलाई दिशा निर्देश दिने कुनै उल्लेख्य कार्यक्रम नल्याए पनि बर्सेनी हुने नेपाली कुम्भ मेला भने सफल भएको छ । बिभिन्न राष्ट्र तथा अमेरिका र क्यानडाको बिभिन्न शहरहरुबाट सम्मेलनमा भागलिन आएका नेपालीहरुबिच अमेरिकि राष्ट्रपति जर्ज बुशको शुभकामना सन्देश पढेर सुनाइएको थियो । Convener and folk singer Premraja Mahat. Photos courtesy: Dhan Thapa Magar (DhanPhotos.Com) |
|
|
बाल्टिमोर एसोसियसन अफ नेप्लिज् ईन अमेरिका (बाना) को
संयोजक्त्वमा सम्पन्न उक्त सम्मेलनमा अन्य विविध गतिविधिहरू सन्तोषजनक
नरहेको नकरात्मक चर्चा परिचर्चा भएपनि खेल्कुद तर्फ भने उत्साहजनक सहभगिता
रहेको थियो । सम्मेलनको अबसरमा खेलाइएको पुरुष भलिबल, फूटबल तथा पुरुष र महिला बास्केटबल खेलको प्रतिष्पर्धा निक्कै रोचक थियो। खेलकुद प्रतियोगिताको ब्याबस्थापन पक्ष बिगतमा भन्दा ब्यबस्थित भएको, धेरै टिमहरुको सहभागिता रहेको तथा खेलहरुपनि रोमान्चक अनि शन्तिपूर्ण रुपमा सम्पन्न भएको थियो। के.वाई.सि. (किरात याक्थुङ चुम्लुङ) युएसए टीम Photo: Nagendra यसपटक फूट्बल खेलमा पन्ध्र वटा टीमको सहभगिता रहेकोमा "बाल्टिमोर एथ्लेटिक्स क्लब" र "एनवाइएन वाइसि" न्युयोर्क क्रमश: प्रथम तथा दोस्रो भए भने ए.एन.ए. सम्मेलनको ईतिहसमै पहिलोपटक फूट्बल खेलमा प्लेट च्याम्पियनसिपमा प्रतिष्पर्धा गराईेको थियो जसमा न्यूयोर्कको के.वाई.सि. (किरात याक्थुङ चुम्लुङ) युएसए टीम प्रथम र मंगोल युनाईटेड टीम दोश्रो भए । छ वटा टीमको सहभगिता रहेको पुरुष भलिबल खेलमा "नयाँ नेपाल" ग्रेटर वशिङ्टन डिसी (न्यु नेपाल) प्रथम र "यति टिम", सनीसाइड, न्युयोर्क दोस्रो भएको छ । पन्द्र वटा टीमको सहभगिता रहेकोमा पुरुष बास्केटबल खेलमा "डन्किन हनुमान" फिनिक्स् प्रथम तथा "डिसिएसी वशिङ्टन डिसी" दोस्रो स्थानमा र तीन टीमको सहभगिता रहेको महिला बास्केटबल खेलतर्फ "एकता उमाहा" नेब्रास्का प्रथम तथा "डालस स्टोर्म" डालस दोस्रो भएका थिए । उता सम्मेलनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज तथा ए.एन.ए.को संयुक्त आयोजनामा कविता महोत्सव सम्पन्न भयो । महोत्सवमा गौतम दहालको 'मलाई मेरो नेपाल चाहिन्छ' काविता प्रथम, प्रभात अधिकारीको 'विदेशिएको स्वदेश' कविता द्वितीय र सिर्जन ताम्राकारको 'जेष्टको घाम' कविता तृतीय भएका थिए । सोही अवसरमा 'अनेसास नारायण जयन्ता प्रर्साई वेभ पत्रकारिता पुरस्कार' २००८ विश्वास दीप तिगेलालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो । तिगेला अनलाइन नेपाली साहित्य मंच बेलायतका प्रधान सम्पादक तथा संस्थापक हुन् । यसैबर्षदेखि उनको मन्चले श्रीपन्चमीको अवसर पारेर विश्व वेबक्याम कविता प्रतियोगिता सन्चालन गर्न थालेको छ । Tika Pun Magar and Bindu Thapa Magar performing Magar folk dance. Photos courtesy: Dhan Thapa Magar (DhanPhotos.Com) उक्त कार्यक्रमहरुको अलावा सम्मेलनमा सांस्कृतिक कार्यक्रम, खेलकुद्, पुनर्मिलन्, बच्चाहरुको किड्स क्याम्प कार्यक्रम, फोरम्, योगा, कन्सर्ट्, साहित्त्य तथा सेमिनार, डिजे, फेसन सो, फिल्म फेस्टिभल् लगाएतका कार्यक्रमहरू समाबेश गरिएका थिए । अर्को वर्ष २००९ को २७ औ ए.एन.ए. सम्मेलन क्यालिफोर्नियाको सन्फ्रान्सिस्कोमा हुने बाल्टिमोर सम्मेलनबाट घोषणा भएको छ । दुईबर्ष अघिमात्र ए.एन.ए. को २५ औ सम्मेलन २००७ मा क्यालिफोर्निया राज्यकै अर्को शहर लसएन्जेल्समा भएको थियो । सन् १९८३ को जुलाईमा न्यूयोर्कमा स्थापना भएर वासिङ्टन डिसिमा नाफारहित संस्थाको रुपमा दर्ता भएको ए.एन.ए. (एसोसियन अफ नेपालिज् इन अमेरिका) संस्थाले परम्परागत रूपले जुलाई महिनामा अमेरिका र क्यानडामा एकपछि अर्को शहर गर्दै हरेकसाल सम्मेलन गर्ने गरेको छ । - Nagendra Ingnam 'Athraili' in New York Singer Sapana Shree. Photos courtesy: Dhan Thapa Magar (DhanPhotos.Com) |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||