|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
अमेरिकी राष्ट्रपति जर्ज बुशलाई जुत्ताद्वारा बाइ बाइ? |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
सद्दामको अबसानमा रमाउनेहरु नै अमेरिकी 'सैन्य अकुपेसन'को
बर्खिलापमा किन उभिए?![]() TV reporter Muntadhar al-Zaidi. Photo courtesy: CNN.Com न्यू योर्क, December 15, 2008- सन् २०११ को अन्तसम्म अमेरिकि सेनाले इराक छोड्ने सम्झौतामा हस्ताक्ष्यर गर्न इराक पुगेका विश्वको सबैभन्दा शक्तिसाली देश अमेरिकाका राष्ट्रपति जर्ज डब्ल्यू बुशलाई आईतवार जुत्ता फालेर चर्चामा आएका इराकी टिभि पत्रकार मुन्ताधर अल-जाइडीको दुस्साहसलाई मान्नै पर्ने हुन्छ। तर यो अकल्पनिय घटनाको पछि इराकी जनताको अबरणीय पिडा र अत्याचारको लामो कहानी जोडीएको छ। सद्दामको अबसानमा रमाउनेहरु नै अमेरिकी 'सैन्य अकुपेसन'को बर्खिलापमा किन उभिए? यो प्रश्नको जवाफ खोज्दै जाने हो भने इराकी पत्रकारको जुत्ता फालेर पोख्ने रिस स्वाभाबिक लाग्न थाल्छ। इराकी जनताले सद्दाम हुसेनको तानासाह शासन (1979-2003) कालमा जती दु:ख झेलेका छन् त्यतिकै पिडा सद्दाम सरकारलाई सन् २००३ को मार्चमा अमेरिकि सैन्य बलले हटाएपछि सहनु परेको तथ्य उजागर भईरहेको छ। २४ बर्षसम्म इराकी जनतालाई सास्तीमा बाँच्न वाध्य पारेका तानाशाह सद्दाम हुसेनलाई ३० डिसेम्बर २००६ मा इराकी उच्च अदालतले मृत्यु दण्डको सजाय दिइसकेको छ। अब सद्दामको शासन छैन तर अमेरिकि सैनिक इराकी भुमिमा परेड खेलिरहेको थुप्रो इराकी जनतालाई कत्ती मन परेको छैन। यता अमेरिकि जनतालाई पनि इराकमा आफ्ना सेना फगतमा अर्काको देशमा लडी रहेको मन पएको छैन। त्यसैले राष्ट्रपती बुशको रिपब्लिकन पार्टीका उम्मेदवार जोन मेकैन डेमोक्रेटिक पार्टीका बाराक ओबामासँग हार्नु पर्यो। जसरी अप्रिल ९, २००३ मा जब अमेरिकि सेनाले सद्दाम हुसेनको बगदादमा रहेको सालीकलाई ढलाउदा त्यहाका जनताले जुत्ता फालेर आफ्नो घृणा पोखेका थिए अहिले उहीं जनता इराकलाई सद्दामको गिद्धे पन्जाबाट मुक्त गर्ने देश अमेरिकाका राष्ट्रपती बुशको पुतला जलाउने र हुँदा हुँदा अब पत्रकारसम्मले जुत्ता फालेर रिस पोख्न्नु अमेरिकि सरकारको लागि इराक सैन्य नितीको असफलताको चरम रुप र लाज मर्दो कुरो हो। |
|
|
इराक लडाईंका बेला आफ्ना पत्रकारहरु अमेरिकि सैनिकसँग embeded गरेर पठाइ
युद्धको सफलताको बखान गरेर नथाक्ने अमेरिकि संचार माध्यमहरुले यसपाली
इजिप्टबाट प्रसारित हुने Al Baghdadia TV का २८ बर्सिय पत्रकार मुन्ताधर
अल-जाइडीले राष्ट्रपती बुशतिर जुत्ता फ्याँक्दै भनेको “This is a gift
from the Iraqis; this is the farewell kiss, you dog!”, “This is from the
widows, the orphans and those who were killed in Iraq!” वाक्यहरु
प्राथमिकताका साथ प्रसारित गरेको देख्दा आस्चर्य लाग्नु स्वाभाबिक छ। इराकी
जनताले अमेरिकाबाट पाएको 'स्वतन्त्रता' को उपभोग र मुल्य मान्यता शायद यो
घटनाले उदाङ्गो पारेको छ। -Pratha Magar in New York. Comments? 917-570-1098 इराकी पत्रकार मुन्ताधर अल-जाइडीले राष्ट्रपती बुशतिर जुत्ता फ्याँक्दै गरेको दृष्य हेर्नुहोस्: |
||
|
Read our related news: » Iraq: Where America Won the War but Lost the Battle |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||