Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
भारत र फ्रान्सका लागि नेपाली राजदुत नियुक्त
सरकारले अवकास दिएका ८ जर्नेलहरुका बारेमा निर्णय भइसकेकाले छलफल गर्न आवश्यक नहुने

काठमाण्डौं, 18 Mar, 09- सरकारले भारत र फ्रान्सका लागि नेपाली राजदुत नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्री परिषद वैठकले भारतका लागि डा. चन्द्रकान्त पौडेल र फ्रान्सका लागि राम कार्कीलाई राजदुतमा नियुक्त गर्ने निर्णय गरेको कानुन न्याय तथा संविधानसभा व्यवस्था मन्त्री देव गुरुङ्गले जानकारी दिनुभयो ।

वैठकले थारु, मुस्लिम लगायतसँग सरकारी वार्ता टोलीले गरेको सहमतिलाई अनुमोदन गरेको छ ।

उर्जा संकट समाधानको लागि शहरी सौर्य उर्जा कार्यक्रम, राष्ट्रिय विद्युत प्रसारण लाईन विस्तार र क्यापिटीभ जेनेरेसन एण्ड कोजेनेरेसनमा अनुदान दिने निर्णय गरेको मन्त्री गुरुङ्गले बताउनुभयो ।

नयाँ संविधान निर्माण तथा मुलुक संक्रमणकालमा रहेकाले राजमार्ग, शिक्षा, स्वास्थ्य, उद्योग जस्ता अतिआवश्यकीय क्षेत्रमा बन्द, हड्ताल नगर्न सरकारले अपिल गर्ने विषयमा छलफल भएको मन्त्री गुरुङ्गले जानकारी दिनुभयो । यस बारेमा सरकारले केही दिन भित्रै अपिल जारी गर्ने उहाँले बताउनुभयो ।

दुर्घटनामा परेर ज्यान गुमाएका संविधान सभा सदस्य बोधनारायण सरकारको दुर्घटनाका बारेमा छलफल गरेर आवश्यक परे उच्च स्तरिय कार्यदल बनाउने पनि सरकारले निर्णय गरेको छ ।

सरकारले अवकास दिएका नेपाली सेनाका ८ जर्नेलहरुका बारेमा निर्णय भइसकेकाले छलफल गर्न आवश्यक नहुने मन्त्री गुरुङ्गले बताउनुभयो ।

-Santa Bagam in Kathmandu



















   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®