|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
राजदूत नियुक्तिमा राजनीतिक र 'करिअर डिप्लोम्याट' लाई बराबरी प्राथमिकता
दिइने काठमाण्डौ, January 20, 2009- यसअघि राजदूत नियुक्त गरिदा राजनीतिक नियुक्तिलाई प्राथमिकता दिइने गरिएकोमा अवदेखि राजनीतिक नियुक्ति र 'करिअर डिप्लोम्याट' लाई बराबरी प्राथमिकता दिइने भएको छ। अत्याधिक राजनीतिक नियुक्तिकाकारण नेपालको कुटनीति सबल हुन नसकेको र परराष्ट्रका अधिकारीहरुमापनि असन्तुष्टि जन्मिएपछि यस्तो व्यवस्था गर्न लागिएको हो । यससम्बन्धि नियमावली परराष्ट्र मन्त्रालयले तैयार पारिसकेको छ । 'खालि पदमा राजदूत नियुक्ति गरिदा कम्तिमा पचास प्रतिसत परराष्ट्र मन्त्रालयकै कर्मचारीलाई राजदूत बनाइनुपर्ने प्रावधान त्यसमा राखिएको छ' परराष्ट्र मन्त्रालयका प्रबक्ता सुरेश प्रधानले भने- 'राजनीतिक नियुक्तिबाट राजदूत चयन गरिदा देशले अपेक्षाकृत लाभ लिन नसकेकाले यो प्रावधान राखिएको हो ।' परराष्ट्र मन्त्रालयका सहसचिव र सो भन्दा माथि सचिव तहसम्मका कर्मचारी राजदूत बन्न सक्ने प्रावधानपनि नयाँ नियमावलीमा छ । यस सम्बन्धी नियमावली तैयार पारी स्वीकृतिकालागि लोकसेवा आयोग र सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ । दुबै निकायले स्वीकृति दिएपछि यो नियमावली लागु हुनेछ । दुवै निकायहरु परराष्ट्रले पठाएको नियमावली अध्ययन क्रममा छन् । गत साल २१ देशमा राजदूत नियुक्त गरिदा अधिकांस राजनीतिक नियुक्तिलाई प्राथमिकता दिइएको थियो । राजनीतिक पार्टीहरुबीचको भागबण्डाका कारण परराष्ट्र मन्त्रालयका ३ जना सहसचिवलेमात्र राजदूत बन्ने अवसर पाएका थिए । अहिलेपनि अमेरिका, भारत, जर्मनी र फ्रान्स गरी ४ देशमा राजदूतको जिम्मेवारी खालि छ । यो नियमावली आएपछि परराष्ट्र मन्त्रालयका कम्तिमा दुईजना अधिकारी राजदूत बन्न सक्नेछन् । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||