|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
ओहो! राजदूत नियुक्तिमा अमेरिकाभन्दा भारत महत्वपूर्ण काठमाण्डौं, December 26, 2008- चार देशहरु अमेरिका, भारत, फ्रान्स र जर्मनीमा राजदूतको पद खालि भएपछि राजदूत बन्न चाहनेहरुको दौडधुप सत्तामा रहेका पार्टीका नेताहरुको घरमा हुने क्रम व्हात्तै बढेको छ। आपसी विवादका कारण बुधबारको मन्त्री परिषद्को बैठकमापनि यससम्बन्धमा कुनै निर्णय हुन सकेन । जानकारी अनुसार राजदूतको पद कसले कति लिने भन्ने सहमति भने सत्तारुढ दलहरुबीच भैसकेको छैन । एमालेका तर्फबाट ६ देशमा राजदूत रहेकाले एमालेको भागमा खालि ४ रहेका देशको राजदूतको कोटा पर्ने देखिन्न । त्यसैले यस पटककालागि माओवादी र मधेशी जनअधिकार फोरमबीच यससम्बन्धमा विवाद देखिएको छ । अन्य साना दलले पनि राजदूतकालागि दावी गर्ने सम्भावना बढेको छ । माओवादीले सबभन्दा ठूलो दलका नाताले बाँकीमध्ये २ जना आफ्नो तर्फबाट, १ जना फोरमको तर्फबाट र एकजना परराष्ट्रका कर्मचारीबाट राजदूत बनाउनुपर्ने प्रस्ताव गरेको छ । फोरमले भने यस अघि नै माओवादीका तर्फबाट ३ जना राजदूत भैसकेकाले २ जना फोरम, १ माओवादी र १ परराष्ट्रका कर्मचारीको कोटाबाट नियुक्त गर्नुपर्ने प्रस्ताव राखेको छ । राजनीतिक हिसावले निकै महत्व राख्ने भारत र अमेरिकाको राजदूत कुन दलले लिने भन्ने विवादपनि मिल्न सकेको छैन । दुबै देशमा दुबै दलले दावी पेश गरेका छन् । जर्मनीको राजदूतको जिम्मेवारी परराष्ट्रका कर्मचारीले पाउने पक्कापक्कीजस्तै छ । फोरमले फ्रान्सको कोटा यस अघि माओवादीको भागमा परेकाले फ्रान्समा माओवादीकै कोटाबाट पठाएर भारत र अमेरिकामा आफ्नोतर्फबाट पठाउनुपर्ने प्रस्ताव माओवादीसमक्ष गरेको छ । तर माओवादी अमेरिका वा भारतमध्ये एक देशमा आफ्नो कोटाबाट राजदूत पठाउन चाहन्छ । अमेरिका र भारतमध्येपनि दुबै देशले भारतमा आफ्नो दलको तर्फबाट राजदूत पठाउन चाहेका छन् । राजनीतिक हिसावले भारतको महत्व भएकाले दुबैले भारतलाई बढि जोड दिएका हुन् । जर्मनीकालागि परराष्ट्र मन्त्रालयको कोटाबाट सहसचिव सुरेश प्रधान पर्ने पक्कापक्कीजस्तै छ । प्रधानमन्त्रीका विदेश सल्लाहकार हीराबहादुर थापालेपनि जर्मनीको राजदूत पद ताकेका छन् । जनआन्दोलनका बेला कामु परराष्ट्र सचिव रहेका थापाले आन्दोलन दबाउन भूमिका खेलेका कारण उनलाई राजदूत बनाउँदा बदनाम व्यहोर्नुपर्ने भएकाले माओवादी उनलाई आफ्नो कोटाबाट सिफारिस गर्ने मनस्थितिमा छैन । प्रधानमन्त्रीको विदेश सल्लाहकार बनाउनासाथ विरोध व्यहोर्नु परेपछि थापाको नाम सिफारिस गर्न माओवादी हिच्किचाएको हो । गतसालपनि माओवादीले थापाको नाम मलेसियाकालागि राजदूतको रुपमा सिफारिस गरेको थियो । तर सबैतिरबाट विवाद भएपछि उनको नाम परिवर्तन गरी डा. ऋषि अधिकारीलाई पठाइएको थियो । लोकतान्त्रिक आन्दोलनको सफलतापछि परराष्ट्र मन्त्रालयका कर्मचारीहरुद्धारा बहिस्कृत गरिएका थापा रातारात माओवादी बनेका थिए । |
|
|
परराष्ट्रको कोटाबाट एकजना राजदूत बन्ने थाहा पाएपछि थापा गएको सोमबार परराष्ट्र मन्त्री उपेन्द्र यादबसमक्ष त्यो कोटाबाट आफूलाई नियुक्त गर्नुपर्ने दावी गर्न पुगेका थिए । तर 'परराष्ट्र सहसचिव छँदै मन्त्रालयलाई कुनै जानकारी नदिई प्रधानमन्त्रीको सल्लाहकार बन्न गएको' भन्दै परराष्ट्र मन्त्री यादवले उनलाई परराष्ट्रको कर्मचारी कोटाबाट राजदूत नबनाइने जानकारी दिइसकेका छन् । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||