Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
भारतीय विदेश सचिवले नेपालका दलहरुवीच सहमती, सहकार्य गर्न सुझाव दिए

काठमाण्डौ, 18 Feb, 09- भारतीय विदेश सचिव शिवशंकर मेननले नेपाल भारतवीचको निकट ऐतिहासिक तथा मित्रवत सम्बन्धलाई मजबुत बनाउन भारत संधै तत्पर रहेको बताएका छन् ।

दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव मेननले स्वदेश फर्कनुअघि फागुन ७ गते काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा लोकतन्त्र स्थायित्व र विकासमा नेपाललाई सहयोग गर्न भारत प्रतिबद्ध उल्लेख गरे ।

पत्रकार सम्मेलनमा मेननले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग फागुन ६ गते भएको भेटमा दुई देशवीचको पारस्परिक हितको विषयमा नियमित अन्तरकि्रया गर्ने सहमती भएको जानकारी दिए । भेटवार्तामा आफूले प्रधानमन्त्रिसँग शान्ति प्रकि्रयालाई निश्कर्षमा पुर्याउने, संविधान लेखन सम्पन्न गर्ने तथा लोकतन्त्र संस्थागत गर्ने विषयमा छलफल गरेको मेननले पत्रकार सम्मेलनमा बताए ।

मेननसँगको भेटमा पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले माओवादी सहमतीको राजनीति तोडेर अगाडि बढेको तथा जथाभावी अभिव्यक्ति दिँदै हिडेको गुनासो गरेको काँग्रेस नेतृ सुजाता कोइरालाले बताइन् ।

विदेश सचिव मेननले नेपालका राजनीतिक दलहरुवीच सहमती, सहकार्य गर्न आफूले सुझाव दिएको बताए । प्रधानमन्त्री दाहाल परराष्ट्रमन्त्री उपेन्द्र यादव पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुसँग मेननले भेटवार्ता गरेका थिए । भ्रमणमा भारतीय परराष्ट्र मन्त्रालयका सहसचिव सतिश मेहता समेत सम्मिलित थिए ।

-Santa Bagam in Kathmandu




















   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®