|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
प्रहरीलाई पैसा खुवाएर भागेको अपराधी अपहरण योजना बनाउँदै गर्दा पक्राउ |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() The accused murderer of Mahendra Khadka, Suke Tamang and Sanjaya Smali. Photo: Sitaram काठमाण्डौं, December 10, 2008- इच्छा शक्ति हुने हो भने प्रहरीले जस्तोसुकै अपराधीलाईपनि पक्रन सक्दोरहेछ भन्ने फेरि देखिएको छ । नौ महिनाअघि प्रहरीको पहरा तोडेर भागेका कैदी शुक्रे तामाङ सुरेश-सुमनलाई प्रहरीले अर्को अपराधको योजना बनाइरहँदा आइतबार पुनः पक्राउ गरेको छ । नयाँ बानेश्वरको ग्यालेक्सी डिस्को अगाडि ०६३ भदौ ९ गते महेन्द्र खड्काको हत्या अभियोगमा उनी सदरखोर डिल्लीबजारमा बन्दी थिए । उनलाई महानगरीय प्रहरी परिसर हनुमानढोकाको टोलीले आइतबार मंसीर २२ गते धापासीबाट पक्राउ गरेको प्रहरीले बताएको छ । आँखाको उपचारका लागि त्रिपुरेश्वरस्थित आँखा अस्पताल पुर्याइँदा शुक्रे २६ चैत ०६४ मा प्रहरीलाई पैसा खुवाएर भागेका थिए । उनलाई भगाउने प्रहरीहरु हिरासतमा छन् । आइतबार धापासीमा शुक्रे पुनः पक्राउ हुँदा उनको साथमा रहेका भगवान भन्ने सन्जय स्लामीमगर पनि साथमै पक्राउ परेका थिए । उनीहरु पक्राउ पर्दा राजधानीका एक प्रतिष्ठित व्यापारीलाई अपहरण गर्ने योजनामा तल्लिन रहेको प्रहरीले दावी गरेको छ । महानगरीय प्रहरी परिसर हनुमानढोकाका एसपी नवराज सिलवालका अनुसार उनीहरुले एक व्यापारीसित नौ लाख रुपैयाँ मागेको र व्यापारीले दिन नसक्ने बताएपछि अपहरण योजना बनाएका थिए । एसपी सिलवालले पत्रकार सम्मेलनमा शुक्रेको पुनः गिरफ्तारीपछि राजधानीका अपराधिक घटनामा कमी आउने दावी गरेका छन् । प्रहरीले उनीहरुको साथबाट एउटा पेस्तोल, दुई राउन्ड गोली र एउटा म्याग्जीन बरामद गरेको छ । शुक्रेसँगै पक्राउ परेका स्मालीमगर शुक्रेको सहयोगी भएको दावी प्रहरीको छ । जानकारी अनुसार शुक्रेका आपराधिक कार्यमा लामो समयदेखि स्लामीले सहयोग गर्दै आएका थिए । ३३ वर्षीय शुक्रे दोलखा गैरीमूदी- २ का बासिन्दा हुन् भने २४ वर्षीय स्मालीमगर रामेछापकै खनियापानी- ७ का बासिन्दा हुन् । शुक्रेको गिरफ्तारीले प्रहरी प्रशासनको हौसला अरु बुलन्द भएको देखिएको छ । -Sitaram Baral in Kathmandu |
|
|
Read related news: लौ चिनौं मिल्ने साथीलाई हत्या गर्ने हत्यारा (1 Photos) |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||