|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
राजनीतिको तातोमा शिक्षा नीतिका बारेमा बहस काठमाडौं, July 3, 2008- राजनीतिक विवादले उत्कर्ष रुप लिइरहेका बेला राजधानीमा नीतिका बारेमापनि बहस हुन थालेको छ। शिक्षा मन्त्रालय र उच्चमावि शिक्षा परिषदका अधिकारी शिक्षाविद प्याब्सन एन प्याब्सनका प्रतिनिधि एवं अभिभावकले अव्यवहारिक शिक्षाले देशलाई नै संकटमा पुर्याएको भन्दै रोजगारमूलक शिक्षाको आवश्यकता औंल्याएका छन् । उनीहरुले हालको शिक्षा नीतिमा आमूल परिवर्तन नल्याए दीर्घकालिन संकट भोग्नुपर्ने बताएका छन् । शिक्षा मन्त्रालयका निमित्त सचिव अर्जुनबहादुर भण्डारीले शिक्षामा आमूल परिवर्तनका लागि सरकारले पहल शुरु गरिसकेको बताएका छन् । शिक्षा पद्धति सुधारकालागि सबैको सहयोग जरुरी भएको बताउँदै उनले स्थानीय समुदायको क्षमता वृद्धिमा सरकारले विशेष जोड दिनेमा आश्वस्तपनि तुल्याए । उनका अनुसार सरकारले स्थानीय तहमा एकीकृत व्यवस्थापन पाठ्यक्रम परिक्षाको नीति ल्याउन लागेको छ । शिक्षालाई सर्वसुलभ बनाउन स्रोतहरुको अत्याधिक परिचालन गरिने नीति सरकारको रहेको खुलासापनि उनले गरे । उच्च माध्यामिक शिक्षा परिषदका उपाध्यक्ष डा. उपेन्द्र कोइरालाले अरुको नक्कल गर्दा शिक्षा नीति प्रायः असफल र अव्यवहारिक भएको बताउँदै दक्ष जनशक्ति विदेशिने क्रम बढेको बताए । वातावरण, जलस्रोत, पर्यटनसँग सम्बन्धित शैक्षिक नीति ल्याउने कुरामा उनले जोड दिए । एन प्याब्सनकी अध्यक्ष गीता राणाले रोजगारमूलक शिक्षा नीतिमा ध्यान नदिए अन्य देशको तुलनामा पछि परिने बताइन् । राणाले मुलुकको आवश्यकता अनुसार शिक्षा नीतिमा फेरबदल गरिरहनुपर्नेमा जोड दिइन् । राणाको भनाई छ- 'समय सुहाउंदो र रोजगारमूलक शिक्षा नदिए देश संकटमा पर्नसक्छ ।' उनले निजी क्षेत्रले शिक्षामा ठूलो योगदान पुर्याइरहेकाले भन्दै त्यसमा अवरोध खडा गर्न खोजिए थप समस्या आउने बताइन् । शिक्षाविद तीर्थ खनियाले शिक्षा नीति बनाउँदा कार्यान्वयनमुखी बनाउनुपर्ने बताए । उनका अनुसार पाठ्यक्रम र शिक्षा नीतिलाई यथास्थितिमै कायम राख्दा समस्या आएको हो । 'मुलुकको आवश्यकता अनुसार शिक्षानीतिमा फेरबदल ल्याइरहनुपर्छ' खनियाको भने- 'शिक्षामा लगानी कम भएकोले अपेक्षा गरेअनुरुप उपलब्धि हासिल भएको छैन यसतर्फ हामी सबैको ध्यान दिनुपर्छ ।' प्याब्सनका अध्यक्ष भोजबहादुर शाहले गणतन्त्र आउँदैमा शिक्षानीतिमा व्यापक परिवर्तन नआउने भन्दै त्यसका लागि राजनीतिक प्रतिवद्धता आवश्यक भएको बताएका छन् । शिक्षामा आमूल परिवर्तनका लागि प्रमुख दलहरुले राष्ट्रिय सहमति बनाएर अगाडि बढ्नुपर्ने बताउँदै अध्यक्ष शाहले शिक्षा नियमावली परिवर्तन आवश्यक भएकॊ बताए । निजी क्षेत्रको आवश्यकता र योगदानलाई उच्च प्राथमिकता दिनुपर्ने उनको भनाई थियो । यसैगरी प्याब्सनका पूर्व अध्यक्ष उमेश श्रेष्ठले मुलुक सुहाउँदो शिक्षानीति बनाउन दीर्घकालिन सोच आवश्यक भएको बताउँदै २० वर्षपछि आवश्यक जनशक्तिलाई दृष्टिगत गरी शिक्षा नीति लागू गर्नुपर्ने बताए । |
|
|
'राजनीतिक अव्यवस्था सुधि्रएपछि मात्र शिक्षामा सुधार आउनेछ' पूर्व अध्यक्ष
श्रेष्ठले भने- 'सरकारले सार्वजनिक विद्यालयमा गरेको लगानी हेर्दा निजी
क्षेत्रको शिक्षा निकै सस्तो छ तर आक्रमण भने निजी विश्वविद्यालयमाथि नै
भैरहकेा छ।' शिक्षाविद विद्यानाथ कोइरालाले अबको शिक्षा नीति सृजनात्मक हुनुपर्नेमा जोड दिए । आधुनिकता र परम्परावादी नीतिबाट राम्रो कुरा समावेश गरेर शिक्षा नीति बनाउनुपर्नेमा जोड िदंदै कोइरालाले कोइरालाले भने- 'किताबमुखी शिक्षानीतिमा परिवर्तन आवश्यक छ, युवालाई रोजगारको अवसर िदंदै पढाउने नीति ल्याउनुपर्छ नत्र हामी जहाँको त्यहीं रहनेछौं ।' अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीलेपनि रोजगारमूलक शिक्षा नीति नबन्दा दक्ष जनशक्ति विदेशिने क्रम नरोकिएको बताए । स्वरोजगारमूलक नीतिलाई सहयोग पुग्ने शिक्षा आवश्यक भएको बताउदै अध्यक्ष भण्डारीले शिक्षामा आमूल सुधार नगरे बेरोजगारले संकट निम्त्याउने खतरा औल्याए । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||