नौ जना नेपाली विद्यार्थीहहरुलाई ऑतंककारीको आरोप
लगाउँदै माल्टाबाट फर्काइयो
काठमाण्डौं, December 5, 2008-
अध्ययनका लागि युरोपेली मुलुक माल्टा पुगेका नौ जना नेपाली
विद्यार्थीहहरुलाई ऑतंककारीको आरोप लगाउँदै फकाइएको छ । उनीहरुलाई दुइ
हप्ता अघि माल्टाबाट फर्काइएको हो ।
इआइ इन्टरनेशनल नामक संस्थामा बिबिए अध्ययनका लागि पुगेका उनीहरु भीसा
हुँदाहुँदै फर्काइएको बताइएको छ । दश जनामध्ये एक विद्यार्थीलाई चाँही
नफर्काइएको बताइएको छ ।
माल्टाबाट फर्काइएका मध्य पारस हमाल र अनिल केसीले आफूहरुलाई हतगडी
लगाउनेसम्मको दुव्र्यवहार भएको बताएका छन् । बुधबार एक पत्रकार सम्मेलन
आयोजना गरी विद्यार्थीहरु भीसा पाएको प्रमाणसमेत देखाउँदै दुव्र्यवहार गरेर
फर्काइएकोमा आपत्ति जनाए ।
माल्टा सरकारको व्यवहारबारे आफूहरुले युरोपेली युनियनको अध्यक्ष मुलुकको
नेपालस्थित राजदूतावासमा उजूरी गर्ने समेत उनीहरुले बताएका छन् । अध्ययनका
लागि पुगिसक्दा पनि फर्काइएबाट आफूहरु मानसिक रुपमा विक्षिप्त भएको
उनीहरुको कथन छ ।