|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नौ बुँदे माग पुरा गराउन नेपाली काँग्रेसले सदन
वहिस्कारलाई निरन्तरता दिने काठमाण्डौं, December 30, 2008- नेपाली काँग्रेसको कार्यसमितिको वैठकले प्रधानमन्त्रीले आफ्ना ९ वुदे मागको प्रगति विवरण बारे समयसीमा तोकेर सदनलाई जवाफ नदिएसम्म सदन वहिस्कारलाई निरन्तरता दिने निर्णय गरेको छ । पुस १५ गते बिहान पार्टी सभापति गिरिजा प्रसाद कोईरालाको निवास महाराजगंजमा बसेको पार्टी पदाधिकारीहरुको वैठकले यस्तो निर्णय गरेको हो । केही केन्द्रिय सदस्य समेत उपस्थित सो वैठकले आफ्ना नौ बुँदे मागबारे माओवादी बाहेक अन्यदलहरुसँग छलफल गर्न नेता शेरबहादुर देउवाको संयोजकत्वमा ९ सदस्यीय समिति समेत गठन गरिएको काँग्रेस संसदीय दलका मुख्य सचेतक लक्ष्मण प्रसाद घिमिरेले जानकारी दिए । कब्जा गरिएका सम्पक्ति फिर्ता वाईसयलको संरचना लगायतका विषयमा काँग्रेस गत कार्तिक २४ गते ९ बुँदै माग बुझाएको थियो । बैठकमा पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले नौ बुँदे माग कार्यान्वयन नभएसम्म व्यवस्थापिका बैठक बहिष्कार गरिरहन निर्देशन दिएका छन । कव्जा घर जग्गा फिर्ता, वाइसियलको अर्धसैनिक संरचना भंग लगायतका माग राखेर लगातार ६ पटकसम्म व्यवस्थापिकाको बैठक बहिष्कार गर्दै आएको काँग्रेसले आफ्ना नौ बुँदे मागको कार्यान्वयनबारे अब अरु दलसँग छलफल गर्ने निर्णय गरेको हो । नौ बुँदे माग कार्यान्वयनकाबारेमा छिट्टै नेकपा एमाले, मधेशी जनअधिकार फोरम लगायतका दलसँग छलफल गरेर सामूहिक रुपमा अघि बढ्ने काँग्रेसले निष्कर्ष निकालेको छ ।नेकपा माओवादीलाई एक्ल्याउन राष्ट्रपति निर्वाचन ताकाको जस्तो गठबन्धन आवश्यक भएको समेत बैठकमा केही नेताहरुले बताएका थिए । त्यस्तै पाल्पामा जिल्ला सभापति घाइते भएको घटनाको छानबिन गर्न केन्द्रीय सदस्य बलबहादुर केसीको नेतृत्वमा एक टोलीलाई पाल्पा पठाउने नेपाली काँग्रेसले निर्णय गरेको छ । यसैगरी नेपाली काँग्रेसको संसदीय दलको विधानलाई छिट्टै अन्तिम रुप दिने विषयमा पनि आजको बैठकमा छलफल भएको छ । यसअघि दुई दिन पहिले नेकपा माओवादीसंगको छलफलमा भने नेपाली काँग्रेसले मन्त्रीपरिषद्को बैठकवाट आफ्ना मागको विषयमा निर्णय भए सदन वहिस्कार नगर्ने सहमति गरेको थियो । मन्त्रीपरिषद्को वैठकले काँग्रेसका ९ वटै मागलाई कार्यान्वयन गर्न तत्काल केन्द्र र स्थानीय स्तरमा समेत कदम चाल्ने निर्णय गरिसकेको छ । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||