|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
एउटै जिल्लामा ८ हजार अनाथ, असहाय र टुहुरा बालबालिका बीरेन्द्रनगर, January 5, 2009- सुर्खेत जिल्लाका १० हजार २ सय ९२ जना बालबालिका जोखिममा रहेको तथ्याङ्क बीरेन्द्रनगरमा अयोजीत एक कार्यक्रममा सार्वजनिक गरिएको छ । सुर्खेतमा बालबालिकाको स्थीति २०६५ नामक पुस्तक सार्वजनिक कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो । कार्यक्रममा पुस्तक सार्वजनिक गदै जिल्ला बाल कल्यान अधिकृत रमा भण्डारीले सुर्खेतमा ८ हजार ५ सय ८६ जना अनाथ, असहाय र टुहुरा, २ सय ४ जना यौन शोषण तथा दुव्र्यसनमा परेका, १ सय ६० जना एचआइभी प्रभावित र १० जना एचआइभी संत्रक्रमित बालबालिका रहेको जानकारी दिनु भयो । यस्तै सुर्खेतमा बालश्रमीकको संख्या १ हजार २ सय र सडक बालबालिकाको संख्या १ सय ५० रहेको पनि उहाँले बताउनु भएको छ । श्रमिकको रुपमा रहेका बालबालिकाहरुले अहिले होटल, खुद्रापसल, यातायतको साधन र भरियाको रुपमा काम गरिरहेका छन् । सुर्खेतको कुल जनसंख्या ३ लाख ४५ हजार ५ सय ४ मध्ये १८ बर्षमुनीका बालबालिकाको संख्या १ लाख ७४ हजा भन्दा बढी रहेको छ । सुर्खेत जिल्लामा अहिले पनि २० प्रतिशत भन्दा बढी बालबालिका शिक्षाको पहुँचबाट बन्चित रहेको तथ्याङ्कमा उल्लेख छ । पुस्तक सार्वजनिक कार्यक्रमका सहभागीहरुले बालबालिकाको अवस्थामा सुधार ल्याउनको लागि प्रत्येक वडाहरुमा बालस्यार केन्द्र स्थापना गुर्न पर्ने, नयाँ बन्ने संबिधानमा बालअधिकार सुनिश्चित गर्नु पर्ने, बालबालिकाको हितमा गरिएका प्रतिवद्धता व्यवहारिक रुपमा कार्यन्वयन गर्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रमका प्रमुख अतिथी क्षेत्रिय प्रशासक बिनोद ज्ञवालीले बालबालिकाको अवस्था सुधार ल्याउन सरकारी तथा गैरसरकारी संस्थाले हातेमालो गरेर जानु पर्नेमा जोड दिनु भएको छ । यस्तै जिल्ला बाल कल्याण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलले बालबालिकाको तथ्याङ्क समेटेर तयार पारिएको पुस्तकले बालबालिका सम्बन्धी कार्यक्रम लागु गर्न अघार तयार गर्ने धारणा राख्नु भएको छ । जिल्ला बालकल्याण समितिले कार्यक्रममको आयोजना गरेको हो । -Geban Mijhar in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||