
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
शुक्रबारदेखि अनिश्चितकालीन सडक आन्दोलनमा उत्रिने
विद्यार्थीहरुको चेतावनी
काठमाण्डौं, November 26, 2008- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलीयम
पदार्थको भाउ घट्दा पनि त्यहिअनुसार मूल्य समायोजन नभएको विरोधमा आठ
विद्यार्थी संगठन सडकमा उत्रिएका छन् ।
पेटोलीयम पदार्थको मुल्य समायोजन गर्नुपर्ने लगायतका मागहरु अघि सार्दै
विद्यार्थीहरुले देशभरका स्कूल तथा क्याम्पस अगाडीको सडक डेढ घण्टा अवरुद्ध
पारे । आठ विद्यार्थी संगठनले बुधबार नै नेपाल आयल निगमको कार्यालय घेराऊ
गरेका छन् ।
बिहान साढे नौ बजेदेखि ११ बजेसम्म विद्यार्थीहरुले निगमको कार्यालय घेराऊ
गरेका हुन् ।
घेराऊको क्रममा नेपाल विद्यार्थी संघका महामन्त्री गजेन्द्र कार्कीले गरिब
जनताको ढाड सेक्ने गरी सरकारले मूल्य निर्धारण गरेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो 'अन्तर्राष्टिय बजारमा निक्कै धेरै भाऊ घटेको छ तर सरकारले
भने ६ प्रतिशत मात्रै भाउ घटायो त्यसैले सरकारलाई बाध्य नपारिन्जेल
आन्दोलन जारी रहन्छ ।'
विद्यार्थीहरुले पेटोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने, मिसावट
रोक्नुपर्ने, निगमभित्रको भ्रष्टाचार अन्त्य गर्नुपर्ने, दोहोरो मूल्य र
राशनकार्डको व्यवस्था गर्नुपर्ने लगायतका मागहरु अघि सारेका छन् ।
आठ विद्यार्थी संगठनले बिहिबार प्रधानमन्त्री निवास अगाडी धर्ना दिने
बताएका छन् ।
आफ्ना मागप्रति सरकार समयमै गम्भिर नबने शुक्रबारदेखि अनिश्चितकालीन सडक
आन्दोलनमा उत्रिने पनि विद्यार्थीहरुले चेतावनी दिएका छन् ।
-Khagendra Makhim Limbu in Kathmandu
|
|