|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
साढे दश हजार खेलाडिहरुले भाग लिने खेलमा नेपाली ८ जना भिड्ने बेजिङ ओलम्पिकमा नेपाली खेलाडिहरुले नेपालको आफ्नै रेकर्ड तोड्ने? ![]() Archive» Nepalese athletes participating in Beijing Olympics: Chandrakala Thapa, Kamalbahadur Adhikari, Debu Thapa, Dipak Bista, Phulmaya Kyapchhaki Magar, Karishma Karki, Karishma Karki and Prasiddha Jung Shah. Photos: Smita. Illustration: eEyeCam न्यू योर्क, काठमाडौं, August 1, 2008- यसै हप्तान्त अर्थात् अगस्त ८ देखी २४ सम्म चिनको राजधानी बेजिङमा हुन गैरहेको यसपालीको समर ओलम्पिकको अन्तिम तयारी भई सकेको छ। विश्व भरका २०५ राष्ट्रिय ओलम्पिक समितीहरुले आ-आफ्ना कुल दश हजार पाँच सयभन्दा बेशी खेलाडिहरुलाई कतिले बेजिङ पठाइ सकेका छन् भने कतिले पठाउने तरखरमा छन्। यता नेपालबाट ८ जना खेलाडिहरुले यो खेल प्रतियोगितामा भाग लिदै छन्। उसो त सबैभन्दा धेरै खेलाडि पठाउने देशहरुमा आयोजक राष्ट्र चिनले आफ्ना ६३९ खेलाडिहरुलाई सहभागि गराउदै छ भने अमेरिकाले ५९६ जना खेलाडिलाई पठाएर दोश्रो स्थानमा छ। चार सय जनाको हाराहारीमा खेलाडि पठाउने देशहरुमा रसियाले ४६७, जर्मनिले ४३९ र अस्त्रेलियाले ४३३ खेलाडिहरुलाई पठाउदै छन्। नेपालको ८ जना सहभागीताको सामु नेपालभन्दा २०२ गुणा सानो मुलुक सिङ्गापुरले २५ जना खेलाडि पठाउन सक्नुले नेपालको सरकारी उदासिनताको उजागर गर्दछ। अझ कति नेपाली खेलाडिहरुले शिर्फ २ महिना मात्र प्रशिक्षण लिएर प्रतियोगितामा भाग लिदैछन् भन्ने खबर सुन्दा नेपालको खेलकुदको जर्जर अवस्था प्रति कठै भन्नु सिवाय केही रहेन। अझ उदेक लाग्दो कुरा, हाम्रा काठमाडौं बिशेष सम्बाददाता स्मिता मगरले के पत्ता लगाइन् भने पौडि खेल प्रशिक्षकको सट्टा नेपाल पौडि संघका महासचिब पो ओलम्पिक खेलको रमिता हेर्न बेजिङ जाँदैछन्। आठ जना नेपाली खेलाडिहरुको टोलीमा ६ जना प्रशिक्षक, एक जना स्वास्थकर्मी र बाँकी आयोजक, रमिते टोली जाँदैछ। -Pratha Magar in New York. Comments? 551-358-7726 |
|
|
बेजिङ ओलम्पिक र नेपाली खेलाडिहरुबारेको हाम्रो बिशेष प्रस्तुती पढ्न
यि लिङ्कहरुमा क्लिक्क गर्नुहोस्: Read our special feature presentation at: With Only 2 Months of Training » Nepalese Olympians Hope to Break Their Own National Records in Beijing » Beijing Olympic 2008: Facts That You Need to Know » 20 American Mothers in Beijing Olympics 596 American Athletes will compete in all 30 Games of the Olympics » साढे दश हजार खेलाडिहरुले भाग लिने खेलमा नेपाली ८ जना भिड्ने बेजिङ ओलम्पिकमा नेपाली खेलाडिहरुले नेपालको आफ्नै रेकर्ड तोड्ने? |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||