Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
दैनिक ८ घण्टा मात्रै बिजुली, टेलिभिजनहरुले ५ घण्टा कटौटी गरे

काठमाण्डौं, January 11, 2009- जलस्रोतमा विश्वकै दोस्रो धनीदेश नेपालका जनताले २४ मध्ये ८ घण्टा मात्रै विद्युत उपभोग गर्न पाउने भएका छन् ।

पुस २७ गतेदेखि दैनिक १६ घण्टे लोडसेडिङका कारण सबै क्षेत्र प्रत्यक्ष प्रभावित हुने भएको छ । विद्युत माग र आपूर्तिवीचको असुन्तुलन बढेको भन्दै नेपाल विद्युत प्राधिकरणले दैनिक ८ घण्टा मात्रै विद्युत आपूर्ति गर्न सक्ने तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले कुलेखानी जलाशय माथि चाप बढेको र अब एक महिनाको लागि मात्रै पानी बाँकी रहेको जनाएको छ । जलस्रोत सचिव शंकरप्रसाद कोइरालाले नदीमा पानीको मात्रा घट्नेक्रम नरोकिएकाले भविष्य विद्युत आपूर्तिको अवस्था झन दयनीय हुने बताएका छन् ।

विद्युत प्राधिकरण भारप्रेषण केन्द्र एलडीसीका निर्देशक शेरिसंह भाटका अनुसार ७ सय ७० मेगावाट विजुलीको माग रहेकोमा आपूर्ति क्षमता ३ सय ४६ मेगावाट मात्रै रहेको छ ।

उर्जा अभावमा सन्‍चार माध्यमदेखि लिएर ठूला साना औद्योगिक कलकारखाना सबै प्रभावित हुने भएको छ । नियमित विद्युत आपुर्ति नहुने भएपछि निजी टेलिभिजन च्यानलहरुले आफ्नो प्रसारणमा दैनिक ५ घण्टा कटौती गरीसकेको छ । खास गरी साना लगानीका पत्रपत्रिका, एफएम स्टेसनहरु समेत सन्‍चालन हुन नसक्ने अवस्थामा पुगिसकेको छ । विद्युत आपूर्ति हुन नसकेपछि अनलाइन सन्‍चार माध्यम, टेलिभिजन रेडियो तथा छापासमेत प्रभावित हुँदै गइरहेको छ ।

-Santa Bagam in Kathmandu























   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®