|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
६०१ जम्बो संबिधान सभामा नातागोता को को परे? ८ जोडी श्रीमान्-श्रीमति, प्रचन्ड कि छोरी पनि संविधान सभासद काठमाडौं, May 4, 2008-संविधान सभामा काका र भतिजा-भतिजीमात्र होइन श्रीमान् र श्रीमति आमा र छोरी बाबु र छोरीको रमाइलो जमघट हुने भएको छ । प्रत्यक्षतर्फको निर्वाचनमा माओवादीका ४ जोडी श्रीमान्-श्रीमति चुनिएर आएका थिए । तर समानुपातिक तर्फको छनौटमा माओवादी लगायत अन्य दलको तर्फबाटपनि श्रीमान्-श्रीमति सभासद्हरुको संख्या थपिएको छ भने अन्य नातेदारहरुपनि चुनिएर आएका छन् । नेपाली कांग्रेसबाटपनि श्रीमान्-श्रीमतिको एक जोडीले संविधान सभामा प्रतिनिधित्व गर्ने भएको छ । उनीहरु हुन् शेरबहादुर देउवा र डा. आरजु राणा देउवा । श्रीमान् देउवा काचनपुर- ४ र डडेलधुराबाट प्रत्यक्षमा निर्वाचित भएका छन् भने श्रीमति आरजुलाई समानुपातिकबाट संविधान सभामा लैजान श्रीमान् देउवा सफल भएका छन् । उता आरजुकी आमा प्रतिभा राणा भने समानुपातिकबाट राप्रपाको प्रतिनिधित्व गर्दै संविधान सभामा निर्वाचित भएकी छिन् । श्रीमान-श्रीमति नै सभासद् हुनेहरु नेकपा माओवादीमा अन्य तीन जोडी थपिएका छन् । माओवादीले ओनसरी घर्तिमगरलाई समानुपातिकमा निर्वाचित गरेको छ । उनका श्रीमान वर्षमान पुनमगर 'अनन्त' भने प्रत्यक्ष निर्वाचनमा ललितपुर-३ बाट निर्वाचित भैसकेका छन् । यसैगरी समानुपातिकबाट निर्वाचित अमृता थापा मगरका श्रीमान् हितमान शाक्यले काठमाडौं- ६ बाट प्रत्यक्ष निर्वाचत जितेका छन् । यसैगरी मनाङ्ग र कास्की- १ बाट निर्वाचित स्थानीय विकास मन्त्री देब गुरुङ्गकी धर्मपत्नी यसोधा सुवेदीपनि माओवादीको समानुपातिक कोटाबाट संविधान सभा सदस्य भएकी छिन् । प्रत्यक्ष निर्वाचनमा माओवादीका ४ जोडीले विजय हासिल गरेका थिए । तिनमा डा. बाबुराम भटराई गोर्खा २ र हिसिला यमी काठमाठौं ७ को जोडी दावा तामाङ्ग सिन्धुपाल्चोक ३ र कुमारी मोक्तान मकवानपुर ४ को जोडी राजकुमार श्रेष्ठ सिन्धुपाल्चोक १ र देवी खड्का दोलखा १ को जोडी र टेकेन्द्र भट्ट काचनपुर ३ र रेणु चन्द बैतडी २ को जोडी थिए । नेकपा माले का महासचिव सीपी मैनाली र उनकी श्रीमति निलम केसीपनि संविधान सभामा पुग्ने जोडी हुन् । माओवादी अध्यक्ष प्रचण्डका अलवा उनकी छोरीपनि संविधान सभामा पुगेकी छिन् । माओवादीले समानुपातिकबाट निर्वाचित गरेकी रेणु दाहाल प्रचण्डकी छोरी हुन् । प्रचण्ड काठमाडौं-१० र रोल्पा-२ बाट विजयी भैसकेका छन् । यसैगरी काठमाडौं- २ मा एमाले महासचिव माधव नेपाललाई पराजित गर्ने माओवादीका झक्कु सुवेदीकी भतिजी खुमा सुवेदीपनि माओवादीबाटै समानुपातिक अन्तर्गत संविधान सभामा निर्वाचित भएकी छिन् । नेपाली कांग्रेसबाट एक जोडी दाजुभाईले संविधान सभामा प्रतिनिधित्व गर्ने भएका छन् । उनीहरु डा. प्रकाशशरण महत र डा. रामशरण महत हुन् । प्रकाशशरण समानुपातिकबाट निर्वाचित भएका हुन् भने रामशरण प्रत्यक्ष अन्तर्गत नुवाकोट- २ बाट । तर धाँधली गरी जितेको भन्दै दाजु रामशरण विरुद्ध निर्वाचन अदालतमा मुद्धा परेको छ । -Sitaram Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®