Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from New York

न्यू योर्कमा नेपालका ८ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे




Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

The 8 Nepalese CA Members L to R: Sonam Chhejung Lama, Urmila (Parbati) Thapa Magar, Usha Gurung, Pasang Sherpa, Thammaya Thapa Magar, Tashi Syangmo Gurungseni, Shanti Jirel and Lacky Sherpa. Photos: eEyeCam

न्यू योर्क- संयुक्त राष्ट्र संघको न्यू योर्क शहरस्थित मुख्यालयमा गत हप्ता मैइ १८ मा शुरु भएको संयुक्त राष्ट्र संघीय आदिबासी सम्बन्धी स्थाई मन्च Permanent Forum on Indigenous Issues (UNPFII) को आठौं वार्षिक बैठकमा भाग लिन नेपालबाट संबिधान सभाका ८ जना सभासदहरु हिजो साँझ न्यू योर्क आइ पुग्नु भएको छ।

विश्व भरका झन्डै २ हजार आदिबासीहरु सहभागी रहेको उक्त सेसन मैइ २९ तारिखसम्म चल्नेछ।

नयाँ नेपालमा पुराना नेता माधव नेपाललाई प्रधानमन्त्री बनाउने संबिधान सभाको कसरतमा अल्मलिदा आदिबासी सम्बन्धी महत्वपूर्ण बैठकको शुरुवाती ६ बैठक छुटाउन वाध्य भएका नेपाली सभासदहरु अब बाँकी ४ दिनको बैठकमा भने सहभागी बन्नु हुनेछ।

नेपाली सभासदहरुको टोलिमा पासाङ्ग शेर्पा (मनोनित-UML), लक्की शेर्पा (UML), थममाया थापा मगर (UML), उर्मिला (पार्वती) थापा मगर (NC), उशा गुरुङ (NC), सोनम छेजुङ लामा (UML), टासी स्याङ्बो गुरुङ्सेनी (UML), र शान्ती जिरेल (UML) हुनुहुन्छ।

सभासद लक्की शेर्पाले २७ मैइमा Asian Indigenous Women's Network र FIMI/IIWF ले सङ्युक्त रुपमा आयोजना गरेको साइड इभेन्ट The Role of Indigenous Women in the Implementation of the UNDRIP: Exploring Local-Global-Local Synergies in the Second Decade of the World's Indigenous Peoples मा नेपालको तर्फबाट कार्यपत्र प्रस्तुत गर्नुहुने छ। सभासद शेर्पा राष्ट्रिय आदिवासी महिला सन्जालकि सङ्योजक हुन्।
 
यस अघी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्ठानका उपसभापती जितपाल किराती, डा. सुमित्रा मानन्धर गुरुङ र पूर्व सभासद बिजय सुब्बाले आ-आफ्नो स्टेट्मेन्ट प्रस्तुत गरिसक्नु भएको छ।

उता नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष तथा सभासद पासाङ्ग शेर्पाले बैठकको समाप्ती लगत्तै मैइ ३१ तारिख नेपाली अमेरिकि आदिवासी जनजाती महासंघ (फिप्ना) ले आयोजना गरेको अन्तर्कृया कार्यक्रममा भाग लिनुहुने कार्यक्रम छ। सो कार्यक्रम पछि सभासद शेर्पा डिसीमा रहेका नेपालीहरुसँग भेट्घाट गर्न लाग्नुहुनेछ भने अन्य सभासदहरु मैइ ३० तारिख नै नेपाल फर्किने कार्यक्रम छ।


At the UNPFII meeting: L to R: Bijaya Subba, Arjun Limbu, Dillibahadur Chaudhary, Lucky Sherpa, Sangini Rana Magar, Thammaya Thapa Magar, Urmila (Parbati) Thapa Magar. Photos: eEyeCam

सबै सभासदहरु २९ मैइमा नेपालका लागि सङ्युक्त राष्ट्र संघ नेपाल मिसनका स्थाई प्रतिनिधि तथा राजदूत मधुरमण आचार्यले डाक्नु भएको गणतन्त्र दिवस रात्रीभोजमा सहभागी बन्नुहुने कार्यक्रम छ। सभासदहरुको अर्को कार्यक्रम छ पूर्व प्रधानमन्त्री प्रचन्ड कै झै स्वतन्त्रता कि प्रतिमुर्ती Statue of Liberty घुम्ने।

सभासद लक्की शेर्पा बाहेक सबै सभासद न्यू योर्कमा पहिलो चोटि आउनुभएको कारण ४ दिनको बैठक भन्दा न्यू योर्क शहरको घुमाइ बढी भएमा कसैले आश्चर्य नमाने हुन्छ। ७ जना महिला सभासदहरु आ-आफ्नो जनजातिय भेशभुशामा ठाटिएर राष्ट्र संघको बैठकमा भाग लिएको द्रिश्य चाँही अबिस्मरणिय छ। तर नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष तथा सभासद पासाङ्ग शेर्पाले सुट पहिरिएको देखेपछि सभासद पार्वती थापाले ठट्टा गरिन्- "अब नेपाल गएपछि उहालाई महासघको अध्यक्षबाट हटाउछौ।"


Nepalese delegates at the UN Headquarters in New York.

यस अघी नेपालबाट बैठकमा भाग लिन १२ जना प्रतिनिधिहरु आइ सक्नु भएको छ। जस मध्ये ५ सदस्यिय सरकारी टोलिको नेत्रित्व गर्दै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्ठानका उपसभापती जितपाल किराती आउनु भएको थियो, उहा २५ तारिख नेपाल फर्की सक्नु भएको छ। उहाको टोलिमा स्थानिय बिकास मन्त्रालयका सचिब पुन्यप्रशाद न्यौपाने, सहसचिब कृष्णप्रशाद देबकोटा, उपसचिब बाबुराम गौतम र फाउन्डेसनका सदस्य तथा किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष अर्जुन लिम्बु सामेल हुनुहुन्छ।

नेपालबाट गैरसरकारी क्षेत्रबाट यो सेसनमा भाग लिन आउनु हुनेहरुमा पूर्व सभासद तथा नेसनल पिपुल्स कल्चरल फेडेरेसनका अध्यक्ष बिजय सुब्बा, जस्ले नेपाल सरकार समक्ष्य आइएलओ १६९ पारित गर्ने अन्तरिम सदनमा सङ्कल्प प्रस्ताब पेश गर्ने मुख्य भूमिका खेलेका थिए, नेसनल कोलिएसन अगेस्ट रेसियल डिस्क्रिमिनेसनकि अध्यक्षा डा. सुमित्रा मानन्धर गुरुङ, नेपाल आदिवासी जनजाति महासंघका बिदेश सचिब निमा लामा, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकि कार्यकारी निर्देसक सङ्गिनी राना मगर, पत्रकार जयन्ती राइ र Backward Society Education (BASE) का प्रेसिडेन्ट डिल्लीबहादुर चौधरी छन्।

अमेरिकाबाट अब्जर्भरको रुपमा भाग लिने नेपालीहरुमा युनिभर्सिटी अफ मासाचुसेटका मिङ्मा नोर्बु शेर्पा, वासिङ्गटन स्टेट युनिभर्सिटीकि पासाङ्ग याङजि शेर्पा र कोर्नेल युनिभर्सिटीका डम्बर चेम्जोङ हुनुहुन्छ।

यसरी आदिवासी भेलामा आदिवासी नेता र प्रतिनिधिहरुको ओइरो लाग्नु त स्वाभाबिक हो तर यो बैठक कतै कुम्भ मेलामा परिणत हुने त होइन?

उसो त बैठकमा छलफल थोरै र रेडिमेड रिजोलुशन धेरै हुने गरेको गुनासो गुन्जिन थालेको छ। पोहर साल झन्डै तीन हजार आदिवासिहरु भेला भएका थिए। उक्त भेलामा कार्बोन इमिसन सम्बन्धी ल्याटिन अमेरिकि आदिवसिहरुकोको भनाइ सुन्नु पर्‍यो भनेर बैठ्कमा खैलाबैला मच्चाउनेहरुलाई यसपाली "मर्यादा पालन नगरे" को भन्दै छानी छानी बैठकमा उपस्थित हुनबाट निशेध गरिएको तथ्यले पनि बैठक आदिवासीहरुको छलफल गर्ने थलोभन्दा पनि रिजोलुशन पास गर्ने औपचारिक सभा बन्दै गएको महसुस गरिन थालेको छ।

यसपाली आदिबासिहरुले "आदिबासीहरु र औद्यौगिक कर्पोरेसन बिचको सम्बन्ध, ति अद्यौगिक सस्थाहरुको सामाजिक दायित्व, बातावणिय बदलाब (climate change), आदिबासी महिला अनि आर्टिक क्षेत्र र आदिबासिको भुमी सम्बन्धी अधिकार सम्बन्धमा छलफल गर्ने छन्।

उनिहरुले दोश्रो अन्तरराष्ट्रिय आदिवासी दशक २००६-२०१५ को ५ लक्ष्यहरुको बिषयमा प्रस्तुत गरिने रिपोर्टका बिषयमा पनि छलफल गर्नेछन्।

संयुक्त राष्ट्र संघद्वारा सन् २००७ मा पारित विश्व आदिबासीहरुको अधिकार सम्बन्धी घोषणापत्रको सदस्य राष्ट्रमा लागु गर्ने बिषयमा पनि यसपाली छलफल हुनेछ।

विश्वभर अहिले झन्डै ३७ करोड आदिवासीहरु रहेकाछन्। सन् १९९३ डिसेम्बर २१ को सङ्युक्त राष्ट्र संघ (संरासं) जनरल एसेम्बली बैठकको रिजोलुसन 48/163 ले सन् १९९५-२००४ लाई "अन्तरराष्ट्रिय आदिबासी दसक" International Decade of the World's Indigenous People (1995-2004) घोषणा गरेको हो भने सन् १९९४ डिसेम्बर २३ को संरासं जनरल एसेम्बली बैठकको रिजोलुसन 49/214 ले हरेक बर्षको अगस्ट ९ लाई विश्व आदिवासी दिवस (International Day of the World's Indigenous People) मनाउने निर्णय गरेको हो।

सन् २००४ डिसेम्बर २० को संरासं जनरल एसेम्बली बैठकको रिजोलुसन 59/174 ले "दोश्रो अन्तरराष्ट्रिय आदिवासी दशक २००५-२०१५" Second International Decade 2005-2015 पनि घोषणा गरी सकेको छ।

संयुक्त राष्ट्र संघीय आदिबासी सम्बन्धी स्थाई मन्च Permanent Forum on Indigenous Issues (UNPFII) को स्थापना सन् २००० को जूलाई ८ मा संघको आर्थिक तथा सामाजिक परिसद United Nations Economic and Social Council (ECOSOC) को रिजोलुसन 2000/22 बाट गरिएको हो। यसको सचिबालयको गठन चाँही सन् २००२ को संघको जनरल एसेम्बलीद्वारा गरिएको हो।

-Pradeep Thapa Magar in UN Headquarters, New York. Comments? 917-570-1098, or pradeepthapa@gmail.com

मेरो रिपोर्टिङकासाथ युएस नेपाल अनलाइनका Contributors पासाङ्ग याङजि शेर्पा र पत्रकार जयन्ती राइले पनि रिपोर्टिङ गर्नु हुनेछ।


 

Nepalese delegates at the UN Nepal Mission office in New York. Photos: eEyeCam

To leave your comments here
Click this link

Read more about indigenous peoples at:

  Read our more related news: New Archive  

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®