|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
वैशाखदेखि २० जना व्यवसायीको हत्या, ५३ जना अपहरण र ५४ वटा उद्योग बन्द |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
विश्वमा आर्थिकमन्दीको
असर नेपालमा तर रेमिटेन्स ८० प्रतिशतले बढ्यो काठमाण्डौं, December 8, 2008- अर्थविद् एवं उद्योगी व्यवसायीले विश्वमा परेको आर्थिकमन्दीको असर नेपालमा पनि पर्ने बताएका छन् । उनीहरुको सुझाव छ 'निकट भविष्यमै देखिनसक्ने चुनौतीसक्न जुध्न तयार हुनुपर्छ । अर्थसचिव रामेश्वर खनालले विश्वमा देखिएको आर्थिक मन्दीको केही असर पर्नसक्ने बताए । तत्काल असर नपरेपनि एक वर्षपछि पर्ने भन्दै सरकारले सम्भावित चुनौतीको सामना गर्न आधार तयार गरिरहेको बताए । सचिव खनालको भनाई छ 'आर्थिक मन्दीसंग जुध्न सरकारले तयारी गरिरहेको छ ।' बैंकिङ क्षेत्रमा तरलता आउनसक्ने खतराप्रति सावधानी अपनाइएको बताऊदै खनालले सरकारले आर्थिक गतिविधिको सूक्ष्म अनुगमन गरिरहेको बताए । अर्थतन्त्रमा व्यापक सुधार भइरहेको खनालको दाबी थियो । रेमिटेन्स ८० प्रतिशतले बढेको उनको भनाई थियो । बजेटको सही कार्यान्वयन सबै क्षेत्रबाट भए रोजगारीको अवसरमा व्यापक वृद्धि हुने बताएका उनले राजश्व संकलन दुई प्रतिशतले घटेपनि आयकर र मूल्य अभिवृद्धि करमा वृद्धि भएको बताए । आर्थिक गतिविधि विस्तार भएको र यो वर्ष ६५ अर्ब वैदेशिक सहयोग उपयोग गर्ने लक्ष्य राखिएअनुरुप सफलता प्राप्त हुने दावीपनि उनको छ । अर्थविद् डा. विश्वम्भर प्याकुरेलले विश्व आर्थिक मन्दीको असर नेपालमा परिसकेको बताऊदै पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परिसकेको दावी गरे । डा. प्याकुरेलले भने 'रेमिटेन्समा असर पर्न थालिसकेको छ ।ु' विश्व आर्थिक मन्दीको नकारात्मक असरबाट जोगिन सरकारले उपयुक्त सावधानी अपनाउनुपर्ने बताऊदै उनले १.४७ प्रतिशतले उत्पादन घटेको भन्दै लागतमा पनि बृद्धि हुने बताए । उनले भने 'वैदेशिक ऋण तिर्न १७ अर्ब छुट्याइएकोमा थप १ अर्ब ९ करोड लागत बढिसकेको छ ।' सरकारले 'पब्लिक प्राइभेट पार्टनरशिप' को नारा दिएपनि व्यवहारमा गम्भीरता नदेखाएको उनको आरोप छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीलेपनि विश्व आर्थिक मन्दीको असर पर्ने क्रम शुरु हुनथालेको बताऊदै निकट भविष्यमा आउनसक्ने चुनौतीसग जुध्न सरकारले निजी क्षेत्रसंग गर्नुपर्ने समन्यवमा खासै चासो नदेखाएकोमा गुनासो गरे । निजी क्षेत्र र सरकारबीच विश्वासको संकट बढ्न थालेको बताए । श्रम विवादले थप संकट ल्याउनसक्ने बताऊदै अध्यक्ष जोशीले दलहरुका भातृसंस्थाले श्रम विवाद बढाएको आरोपपनि लगाए । उनले भने 'दलहरुको भातृसंस्थाका नाममा भइरहेको ताण्डवनृत्य तत्काल बन्द गर्नुपर्छ ।' सरकारले निजी क्षेत्रका उद्योगका लागि गर्नुपर्ने सहयोग नगरेको बताए । मुलुकमा आर्थिक तरलता आइरहेको बताऊदै जोशीले सरकारले उद्योग व्यवसाय र आर्थिक लगानीका लागि सुरक्षाको सुनिश्चितता गर्न नसकेको आरोप लगाए । वैशाखदेखि कात्तिकसम्म २० जना व्यवसायीको हत्या भएको, ५३ जना अपहरणमा परेका र ५४ वटा उद्योग बन्द गराइएको तथ्यांक प्रस्तुत गर्दै सरकारलाई जिम्मेवारी देखाउन उनको आग्रह थियो । |
|
|
अर्थविद् डा. भोला चालिसेले राज्यले खर्चमा नियन्त्रण गर्ननसके कुनैपनि बेला अधिनायकवाद आउनसक्ने खतरा औल्याए । सेना र कर्मचारीको संख्या बढाउनेदेिख कर्मचारीको तलबमा व्यापक बृद्धि गर्नेजस्ता कि्रयाकलापले अर्थतन्त्र धानि नसक्नु हुनसक्ने खतरा औल्याएका छन् । 'यस्तो स्थितिमा राज्यले मितवेयी अपनाउनुपर्छ' उनले सरकारलाई सुझाव िदंदै भने 'धानिनसक्नुको काम गरेमा अधिनायकवाद आउंछ ।' विश्वमा देखिएको आर्थिक मन्दीको असर छ महिनादेखि एक वर्षभित्र नेपालमा असर पर्ने बताए । सम्भावित असरसूंग जुध्न सावधानी अपनाउनुपर्नेमा उनको जोड थियो । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एबं अर्थविद् डा. शंकर शर्माले सरकार पूरै असफलताको बाटोमा गइरहेको आरोप लगाएका छन् । आर्थिक क्रान्तिको सस्तो नारा लगाइएको भन्दै उनले सरकारले लिएको नीतिले दुरगामी नकारात्मक असर पर्ने ठोकुवा गरे । 'एकातर्फ आर्थिक क्रान्तिको कुरा गरिदैछ' डा. शर्माले भने 'अर्कातर्फ राजनीतिक तथा मजदूर समस्याबाट प्रभावित पारिदैछ ।' व्यवसायी कृष्णप्रसाद आचार्यले अर्थतन्त्रमा सुधार हुनथालेको बताऊदै नेकपा माओवादी ले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्रमा रहेका विकृति विसंगति हट्न थालेको बताए । माओवादीको तर्फबाट अन्तरिम व्यवस्थापिका सदस्य भैसकेका आचार्यले भने 'बजेटको कार्यान्वयन सही तरिकाले भए रोजगारीको प्रशस्त अवसर सृजना हुनेछ ।' विश्व आर्थिकमन्दीबाट पर्नसक्ने असरबाट सावधानी अपनाउनुपर्नेमा जोड दिएका आचार्यले सरकारले लिएको आर्थिक क्रान्तिको लक्ष्यलाई पूरा गर्न निजी क्षेत्रले पनि महत्वपूर्ण भूमिका निभाउनुपर्ने बताए । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||