|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
अब लागे सात दलका नेता संविधान सभाको पहिलो बैठकको तयारीतिर काठमाडौं, May 10, 2008-सात राजनीतिक दलीय गठबन्धनले सहमतिका आधारमा संविधान सभाको पहिलो बैठकभन्दा अघि गर्नुपर्ने कामको गृहकार्य गर्न कार्यदलको गठन गरेको छ । संविधान सभा चुनाव भएको करिव एक महिनापछि पहिलो पटक शुक्रबार प्रम निवास बालुवाटारमा बसेको सात दलका शीर्ष नेताहरुको बैठकले कार्यदल गठनको निर्णय गरेको हो । कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट उपसभापति रामचन्द्र पौडेल र महामन्त्री बिमलेन्द्र निधि, नेकपा माओवादी को तर्फबाट बरिष्ठ नेता डा. बाबुराम भटराई र प्रबक्ता कृष्णबहादुर महरा, नेकपा एमाले को तर्फबाट झलनाथ खनाल र भीम रावल राखिएका छन् । यसैगरी जनमोर्चाको तर्फबाट उपाध्यक्ष लिलामणि पोखरेल र महासचिव घनश्याम शर्मा पौडेल छन् । बाममोर्चाको तर्फबाट सीपी मैनाली र नेमकिपाको तर्फबाट प्रेम सुवाललाई राखिएको छ । तर सद्भावना पार्टीभित्रको आन्तरिक विवादका कारण कसैलाई पनि राखिएको छैन । पार्टी अध्यक्ष आनन्दीदेवी िसंह निरक्षर रहेका कारण पार्टीको कार्यकारी अधिकार बरिष्ठ उपाध्यक्षलाई दिइएको छ । तर आपूर्तिमन्त्री श्यामसुन्दर गुप्ता र अर्का नेता खुसीलाल मण्डलबीच को बरिष्ठ उपाध्यक्ष भन्ने विवाद सो पार्टीभित्र छ । सोही कारण बैठकमा कसैलाईपनि सहभागी नगराइएको बताइएको छ । आफूलाई बरिष्ठ उपाध्यक्षको रुपमा दावी गर्दै आएका आपूर्तिमन्त्री गुप्ता बैठकमा भाग लिन र प्रधानमन्त्री कोइरालालाई भेट्न बिहानै बालुवाटार पुगेका थिए । तर प्रधानमन्त्रीले उनलाई भेट पनि दिएनन् र सात दलको बैठकमा राख्नसमेत अस्वीकार गरे । संविधान सभासद्कालागि उनले निर्वाचन आयोगमा पेश गरेको नामावलीसमेत निर्वाचन आयोगले अस्वीकार गरेको थियो । आयोगले बरिष्ठ उपाध्यक्ष खुसीलाल मण्डल समूहले पेश गरेको सरिता गिरी र मोतिलाल दुगडलाई संविधान सभा सदस्यको प्रमाण पत्र दिइसकेको छ । मन्त्री गुप्ताले भने संविधान सभामा आफ्नै छोरा राकेश गुप्तालाई पठाउन चाहेका थिए । पार्टी अध्यक्ष आनन्दीदेबी िसंहको अपहरण गरी पटना पुर्याएको आरोपपनि उनीमाथि लागेको छ । सोमबार अध्यक्ष िसंहको अपहरण भएपछि अपहरित िसंहलाई खोज्न प्रम कोइरालाले नै तदारुकता देखाउनु परेको थियो । उपचारको बहाना बनाउँदै िसंहलाई पटना पुर्याएको खुलाशा गुप्ताले बिहीबार गरेका थिए । त्यसपछि प्रम कोइराला क्रुद्ध भएका हुन् । सात दलको बैठकमा भाग लिन र प्रमलाई समेत भेट्न नपाएपछि क्रुद्ध बनेका मन्त्री गुप्ताले प्रम निवास परिसरभित्रै प्रम कोइरालालाई गाली गरेका थिए । मर्यादाविपरित प्रधानमन्त्रीमाथि मन्त्रीले गाली गलौज गर्न सुरु गरेपछि सुरक्षाकर्मीहरुले उनलाई प्रम निवासबाट बाहिर निकालेका थिए । शुक्रबारको बैठकले बनाएको कार्यदलले संविधान सभाको पहिलो बैठक र गणतन्त्रको कार्यान्वयन, संविधान सभाको कार्याविधि र बैठक सन्चालनका विषयमा सहमति निर्माण गर्नेछ । यसैगरी सरकार गठन कसरी गर्ने भन्ने सम्बन्धी गृहकार्य गर्ने जिम्मापनि यही कार्यदलले पाएको छ । संविधान सभामा प्रतिनिधित्व गर्ने अन्य दलसँगपनि सल्लाह गरी जेठ १२ देखि १५ गतेभित्र संविधान सभाको पहिलो बैठक बोलाउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग आग्रह गरिएको थियो । सात दलीय बैठकले दिएको सुझाव अनुसार प्रम कोइरालाले छिट्टै संविधान सभाको पहिलो बैठक बोलाउने विषयमा परामर्श थाल्नेछन् । सात दलको बैठकमा उपस्थित एक नेताले भने- 'बैशाख मसान्तसम्म संविधान सभाको पहिलो बैठक कहिले हुन्छ भन्ने टुङ्गो लागिसक्नेछ ।' कांग्रेसबाहेकका अन्य दलले आगामी सरकारको नेतृत्व माओवादीले गर्नुपर्ने बताउँदै नयाँ सरकारको खाका ल्याउन माओवादीलाई आग्रह गरेका थिए । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®