Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

नयाँ नेपालमा शहीद बनाउने नयाँ काइदा



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
थप ७ हजार, ६ सय, ७४ जनालाई शहीदको मान्यता

काठमाण्डौं, December 25, 2008- लोकतान्त्रिक आन्दोलनपछिका सरकारहरुले जनयुद्धमा मारिएका माओवादी नेता-कार्यकर्ता, समर्थक, शुभेच्छुक एबं सर्बसाधारणहरुलाई 'द्धन्दबाट पीडित' को मान्यतामात्र दिएकोमा उनीहरुले अब माओवादी जनयुद्धमा सरकारी पक्षबाट मारिएकाहरुले पनि शहीदको मान्यता पाउने भएका छन् ।

सरकारी पक्षबाट मारिएकाहरुलाई शहीदको मान्यता दिने प्रस्ताव बुधबारको मन्त्री परिषद्को बैठकमा पेश भएको छ । यस सम्बन्धी प्रस्ताव गृहमन्त्री बामदेब गौतमले पेश गरेका थिए । बुधबारको मन्त्री परिषद् बैठकमा ७ हजार, ६ सय, ७४ जनाको नाम पेश गरिएको थियो । नामावली गृहमन्त्री बामदेब गौतमले पेश गरेका थिए ।

पेश गरिएका नाममध्ये सबैभन्दा धेरै मारिनेमा माओवादी उद्गम जिल्ला रोल्पा र रुकुमका छन् । प्रारम्भिक सूचीमा रोल्पाका ८ सय २२, रुकुमका ५ सय ७० जना माओवादी सम्बद्धले सरकारी पक्षबाट ज्यान गुमाएको देखिन्छ । यो संख्या अझ बढ्न सक्ने देखिएको छ ।

प्रारम्भिक विवरण अनुसार ताप्लेजुङ्गका १ सय ३५, झापाका ६९, तेर्हथुमका ५३, पाँचथरका १ सय २४, इलामका ७८ ले ज्यान गुमाएका छन् भने सुनसरीका ६३, मोरङ्गका ५३, धनकुटाका २६, संखुवासभाका ८१, भोजपुरका ७४ ले शहीदको मान्यता पाउने भएका छन् ।

यसैगरी खोटाङ्गका ५९, धनुषाका १ सय १२, सप्तरीका २९, सोलुका ७८, ओखलढुङ्गाका ७२, सिरहाका १ सय ८, महोत्तरीका ३९, सिन्धुपाल्चोकका १ सय ८१, काभ्रेका १ सय ७९, रामेछापका ४४ दोलखाका ९५ लेपनि शहीदको मान्यता पाउने भएका छन् ।

अन्यमा कास्कीका ३८, पर्वतका ३९, तनहुँका ६४, गोर्खाका १ सय ८८, बाग्लुङ्गका ५४, प्यूठानका ६५, सल्यानका २ सय ३, गुल्मीका ३३, दाङ्गका २ सय ५६, कैलालीका ३ सय ६, कन्‍चनपुरका १ सय ३९, बाँकेका ९८, पाल्पाका ४४ छन् ।

यसैगरी जनयुद्धमा मारिएका चितवनका १ सय, मकवानपुरका ८९, धादिङ्गका १ सय ८, नुवाकोटका १ सय ३६, कपिलबस्तुका १ सय १, रसुवाका १८, काठमाडौंका १८, रुपन्देहीका २९, नवलपरासीका ६१, पर्साका २४, रौतहटका १ सय ६० जनापनि शहीदको पंक्तिमा परेका छन् ।

सर्लाहीका ७२, भक्तपुरका ७, ललितपुरका १५, बाराका ६४, लमजुङ्गका ७८, स्याङ्जाका ४३, मनाङ्गका १, सिन्धुलीका १ सय ६३, म्याग्दीका ६१, दैलेखका १ सय ७१, मुगुका १ सय ६, सुर्खेतका १ सय ७२, कालिकोटका ४ सय ५४ जनालेपनि शहीदको मान्यता पाउदैछन् ।

शहीदको मान्यता पाउने अन्यमा जुम्लाका १ सय ७४, डोटीका ६१, दार्चुलाका ४४, बझाङ्गका ६९, बाजुराका १ सय १९, डडेल्धुराका ६५, अछामका १ सय १९ जना छन् । मन्त्री परिषद्मा छलफलकालागि पेश गरिएको यो सूचीमा कसैको नाम छुटेमा थपेर ल्याउन मन्त्रीहरुलाई भनिएको छ ।
 
बुधबारको मन्त्री परिषद् बैठकमा यस सम्बन्धी प्रस्तावसहितको सूची पेश गरेका गृहमन्त्री बामदेब गौतमले माओवादी जनयुद्धका अलवा लोकतान्त्रिक आन्दोलन २०६२-०६३ र मधेश आन्दोलन २०६३ मा मारिएकाहरुलाईपनि शहीद घोषणा गर्ने प्रस्ताव मन्त्री परिषद्मा पेश गरेका थिए ।

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®