
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
७५ जिल्ला, ५८ नगरपालिका र ३,९१५ गाविसमा समावेशीकरण कार्यक्रम
विस्तार गरिने
काठमाण्डौ, 16 Feb, 09- स्थानीय विकास मन्त्रालयले लैंगिक समानता
तथा सामाजिक समावेशीकरण कार्यक्रम विस्तार गर्ने भएको छ ।
आदिवासी, जनजाति र दलितलाई लैंगिक मूलप्रवाहीकरणमा समाहित र उत्थान गरी
उनीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ विशेष योजनासहित
समावेशीकरणको कार्यक्रम विस्तार गर्न लागिएको छ । यसका लागि मन्त्रालयले
नया शाखा खोलेको छ ।
यसअघि जनशक्ति विकास शाखाले हेर्दै आएको उक्त कार्यक्रमका लागि गएको माघमा
छुट्टै शाखा खोलिएको हो ।
मन्त्रालयअन्तर्गत ७५ जिल्ला, ५८ नगरपालिका र ३ हजार ९ सय, १५ गाविसमा
सञ्जाल रहेकाले केन्द्रमा बढी चर्चा भइरहेको तर कार्यान्वयनका तहमा पुग्न
नसकेकोले कार्यक्रम विस्तार गर्न लागिएको शाखा प्रमुख कृष्णप्रसाद
देवकोटाले जानकारी दिनुभयो ।
उहाले अन्य विषयगत मन्त्रालय र स्थानीय निकायलाई लैंगिक समता तथा सामाजिक
समावेशीकरणप्रति उत्तरदायी नीति निर्माण गर्न सहयोग गरिने बताउनुभयो ।
यसैगरी आदिवासी, जनजाति एवम् दलितलाई लैंगिक मूलप्रवाहीकरणमा समाहित गरी
संस्थागत विकास तथा क्षमता अभिवृद्धि गराउन लागिएको शाखा प्रमुख देवकोटाको
भनाई छ ।
शाखाले स्थानीय विकास मन्त्रालयसाग सम्बन्धित लैंगिक समानता तथा सामाजिक
समावेशीकरण कार्यक्रमको कार्यान्वयन र समन्वयसमेत गर्नेछ ।
-Khagendra Makhim in Kathmandu
|
|