|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
![]() There are about 7000 journalists in Nepal. Federation of Nepali Journalists (FNJ) 22nd General Convention begun today in Kathmandu. Nepalese journalists are still facing many challenges such as risky works and unsecured jobs. Photos contributed by Sirab & illustration: eEyeCam अब चुनाव लाग्यो नेपाली पत्रकारहरु आफैलाई पत्रकार बने सांसददेखी प्रधानमन्त्रीसम्म किसुन जीले हाँकेको पत्रकार महसंघ अझै पनि मसिहा बन्न किन सकेन? काठमाडौं,
May 3, 2008-झन्डै
७ हजार नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको २२ औं
महाधिवेशन शनिवार मे ३ देखि सुरु हुँदैछ । को को हुन खोजेका छन् नेता
पत्रकारहरुको नयाँ नेता ?नेपाली पत्रकारहरु एकमहिना अघिपनि चुनावकालागि व्यस्त थिए । अहिलेपनि चुनावमै व्यस्त छन् उनीहरु । एक महिना अघि ऐतिहासिक संविधान सभा चुनाव सम्बन्धी खवर देश विदेशसम्म पुर्याउन समाचार संकलनमा व्यस्त थिए । अहिले उनीहरु आफ्नै नेताहरु छान्ने चुनावमा व्यस्त छन् । Shiva Gaunle. Photo courtesy: fnjnepal.org शनिवार अर्थात् मे ३ २००८ नेपाल पत्रकार महासंघको २२ औं महाधिवेशनको पहिलो दिनमात्र होइन अन्तर्राष्ट्रिय प्रेस दिवसपनि हो । अन्तर्राष्ट्रिय प्रेस दिवसको उपलक्ष्यमा माइतिघर मण्डलामा जम्मा भई पत्रकारहरु प्रभातफेरिको रुपमा बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जानेछन् जहाँ आगामी एक महिनाभित्र संविधान सभाको बैठक सुरु हुँदैछ । प्रभातफेरि सम्मेलन केन्द्रमा पुगी टुङ्गिनासाथ त्यहीं २२ औं महाधिवेशन सुरुवात हुनेछ । पत्रकारिता पेशालाई अभिव्यक्तिको सबैभन्दा मर्यादित, सम्मानित र प्रभावकारी पेशाको रुपमा नेपाली जनमानसले मान्यता िदंदै आएको छ । नेपालको राजनीतिक परिवर्तनमा पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दैपनि आएका छन् । त्यसैलेपनि नेपाली पत्रकारहरुको छाता संगठनको रुपमा रहेको नेपाल पत्रकार महासंघको नेतृत्वमा पुग्न पत्रकारहरुबीच सदैब होडबाजी रहँदै आएको छ । सभापतिदेखि सदस्यसम्मकालागि हालसम्म दर्जनौं पत्रकाहरुले उम्मेदवारी घोषणा गरेका छन् । राजनीतिक रंग महासंघमापनि समावेशीकरणको मुद्धा उठेपछि महासंघको संगठन स्वरुपलाईसमावेशी ढाँचामा बदल्ने प्रयत्न भएको छ । २२ सदस्यीय पत्रकार महासंघको केन्द्रीय समितिमा एक-एक महिला, दलित, मधेशी र जनजाति केन्द्रीय सदस्यको रुपमा चुनिएर आउने व्यवस्था विधानमै गरिएको छ । अनिवार्य गरिएको यो व्यवस्था बाहेक अन्य कोटाबाट पनि उनीहरु छनोट भएर जानसक्नेछन् । यसमध्ये महिला कोटा अन्तर्गत प्रतिमा विवस राई, मैना धिताल, यसोधा तिमििल्सना र सरस्वती कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नेमा रामकुमार दिक्पाल राई, दीलिप थापामगर, गोपी बुढा र बीरमान शेर्पा छन् । मधेशी कोटाबाट शीतल झा, राजेश मिश्र, जेपी गुप्ता र महेश दास उठ्दैछन् । दलितबाट गोविन्द परियार, दिवाकर वागचन्द र निशा विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन् । पहिले विकास क्षेत्रअनुसार एक-एकजना उपसभापतिको व्यवस्था गरिएकोमा यसपटक क्षेत्रीय प्रावधानमा परिवर्तन गरिएको छ । अब केन्द्रमा एकजनामात्र उपसभापति हुनेछन् भने क्षेत्रीय रुपमा २-२ जना केन्द्रीय सदस्यहरु निर्वाचित भएर आउनेछन् । विकास क्षेत्रबाट निर्वाचित भएर आउने केन्द्रीय सदस्यको कोटा अन्तर्गत पूर्वान्चलबाट केशव घिमिरे, देवरामप्रसाद यादव, किशोर कार्की, कृष्ण हुमागाई, सोमनाथ सुसेली, पेशल आचार्य, माधव विद्रोही, शम्भु झा आदिले उम्मेदवारी दिने बताएका छन् । मध्यमान्चलबाट रेवती सापकोटा, इश्वरी ओझा, प्रताप विष्ट, ऋषिराम पौड्याल, बृजकुमार यादव, विश्वामित्र खनाल आदिबीच प्रतिस्पर्धा हुने देखिएको छ । यसैगरी उपत्यका कोटामा खिलबहादुर भण्डारी, जगत नेपाल, रामजी भटराई, विष्णु सुवेदी, उजिर मगर आदिले उठ्ने घोषणा गरेका छन् । पश्चिमान्चलको कोटाबाट गोविन्द भटराई, डिआर घिमिरे, रबीन्द्र बास्तोला, हरि लम्साल, लक्ष्मीदत्त पाण्डे उठ्दैछन् । यसै कोटाबाट महिला पत्रकार सुचित्रा श्रेष्ठलेपनि उम्मेदवारी घोषणा गरेकी छिन् । मध्यपश्चिमको कोटाबाट कृष्ण अधिकारी, सुदर्शन रिजाल, मोति पौडेल आदिबीच प्रतिस्पर्धा हुने देखिएको छ भने सुदुर पश्चिम कोटामा चित्राङ्ग थापा, मनमोहन स्वाँर, युवराज घिमिरे, छत्र साउदबीच प्रतिस्पर्धा हुने देखिएको छ । सबैभन्दा आकर्षक मानिएको सभापति पदकालागि हालसम्म ४ जनाले घोषणा गरेका छन् । बर्तमान उप-सभापति शिव गाउँले, महासचिव महेन्द्र बिष्टमात्र होइन धर्मेन्द्र झा र कूलचन्द्र वाग्लेलेपनि सभापतिकालागि प्रतिस्पर्धा गर्दैछन् । उपसभापतिमा गोविन्द आचार्य, बलराम बानिया र केदार कोइराला, महासचिवमा बिनोद ढुङ्गेल, हेमन्त काफ्ले, निर्मला शर्मा र पोषण केसीबीच प्रतिस्पर्धा हुँदैछ । सचिवमा हाल केन्द्रीय सदस्य रहेका चारजना पत्रकारहरुको प्रतिस्पर्धा हुने देखिएको छ । पूर्ण बस्नेत, रामजी दाहाल, विष्णु छिमेकीले उम्मेदवारी घोषणा गरिसकेका छन् भने अर्का केन्द्रीय सदस्य सूर्य थापापनि उठ्ने चर्चा छ । कोषाध्यक्षमा उमेश चौहान, टंक पन्त, गजेन्द्र बुढाथोकी, विजय घिमिरे र रमेश विष्टले आ-आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । राजनीतिक आशिर्वाद ५२ बर्ष अघी अर्थात २०१२ चैत्र १६ गते स्थापना भएको नेपाल पत्रकार संघलाई २०५३ मा महासंघीय स्वरुपमा लैजान नेपाल पत्रकार महासंघमा परिणत गरिएको थियो । यसको पहिलो सभापति थिए कृष्णप्रसाद भटराई जो ०४६ को सफल आन्दोलनपछि बनेको अन्तरिम सरकारको प्रधानमन्त्री भए । २०४९ मा महासंघको सभापति र महासचिव भएका क्रमशः होमराज दाहाल र रघुजी पन्त क्रमशः नेका र एमालेको तर्फबाट मन्त्री समेत भए । यसैबाट देखिन्छ महासंघको सभापतिको राजनीतिक हैसियत कति हुँदो रहेछ । पत्रकार महासंघको नेतृत्वमा पुग्नेहरुको राजनीतिक हैसियत आगामी दिनमा पनि कमजोर हुने देखिन्न । यसैलेपनि पन्चायती ब्यबस्था बिरुद्ध जनमत बनाउनेमात्र होइन माघ १९ को शाही शासनका विरुद्ध सबैभन्दा अग्रणी मोर्चामा रहेका, लडेका पत्रकारहरुको छाता संगठनको नेतृत्व हत्याउन त्यसैलेपनि पत्रकारबीच तँछाड-मछाड छ । खासगरी नेपाली कांग्रेस र नेकपा एमालेसँग सम्बन्धित पत्रकारका संस्थाले महासंघको सभापति लगायतका महत्वपूर्ण पदमा आफ्नो पार्टी निकटका उम्मेदवार जिताउन दिलोज्यानले लागेका छन् । नेपाली कांग्रेस निकट नेपाल प्रेस यूनियनले सभापतिमा धर्मेन्द्र झालाई समर्थन गरेको छ भने एमाले निकट प्रेस चौतारीले महेन्द्र बिष्टलाई आफ्नो उम्मेदवारको रुपमा खडा गरेको छ । सभापतिका अन्य दुई प्रत्यासी उम्मेदवार शिव गाउँले र कूलचन्द्र वाग्लेपनि क्रमशः एमाले र कांग्रेस निकट मानिन्छन् । यद्यपी शिब गाउँलेको छवि राजनीतिक पार्टीनिकट पत्रकारको भन्दा व्यवसायिक पत्रकारको रुपमा स्थापित छ । उनी हिमाल खवर पत्रिकाका निवर्तमान सम्पादकपनि हुन् । वाग्ले चािहं कांग्रेसनिकट प्रेस यूनियनका पूर्व सभापति हुन् । यस्तो व्यवसायिक छविकाकारण सबैभन्दा बलियो उम्मेदवारका रुपमा गाउँले देखिएका छन् । पत्रकारबीच लोकप्रिय मानिएका गाउँलेको सट्टा विष्टलाई समर्थनको घोषणा गरिएपछि प्रेस चौतारीका पूर्व अध्यक्ष र महासचिव क्रमशः शम्भु श्रेष्ठ र प्रमोद दाहाल गोप्य रुपमा गाउँलेको प्रचार-प्रसारमा सकृय देखिएका छन् । यसैगरी प्रेस यूनियनले झालाई समर्थन गरेपछि यूनियनका महासचिव बिन्दूकान्त घिमिरेले आफूहरुको समर्थन वाग्लेलाई रहेको विज्ञप्ति जारी गरेका छन् । यो स्थितिमा प्रजातन्त्रवादी, वामपन्थी र व्यवसायिक सबै खेमाका उम्मेदवारको धेरै मत गाउँलेले प्राप्त गर्ने देखिएको छ । महासंघमा राजनीतिक भन्दा व्यवसायिक मुद्धाले प्राथमिकता पाउँदै आएकाले गाउँले त्यसबाट लाभान्वित हुनेछन् । सबैभन्दा ठूलो शाखा मानिएको काठमाडौं शाखामा पटक-पटक प्रेस यूनियन र प्रेस चौतारीले खडा गरेका उम्मेदवारहरुभन्दा व्यवसायिक चरित्रका पत्रकारहरुले प्राप्त गरेको विजयलेपनि यसको पुष्टि गर्दछ । माओवादी निकट पत्रकारहरुले सभापतिमा कसैलाई उठाएका छैनन् । यो खेमाबाट उपसभापतिमा क्रान्तिकारी पत्रकार संघका उपसभापति गोविन्द आचार्य उठेका छन् । शुक्रबारमात्र एमालेको प्रेस चौतारी र माओवादीको क्रान्तिकारी पत्रकार संघबीच तालमेल भएको छ । जसअनुसार क्रान्तिकारी पत्रकार संघले सभापतिमा बिष्टलाई र उपसभापतिमा प्रेस चौतारीले आचार्यलाई जिताउन लागिपर्नेछन् । माओवादी निकट पत्रकारहरुबाट उपत्यकाका कोटाको सदस्यमा खिलबहादुर भण्डारी उठेका छन् । उनी क्रान्तिकारी पत्रकार संघको कोषाध्यक्ष हुन् । लामो समय 'जंगल' मा बसी 'युद्ध पत्रकारिता' को अभ्यास गरी काठमाडौं छिरेका उपाध्यक्षका प्रत्यासी आचार्य र सदस्यका प्रत्यासी भण्डारीको उम्मेदवारी महासंघमा चर्चाको विषय बनेको छ । महासचिवको रुपमा उठेका कसैलाई पनि प्रेस यूनियन र प्रेस चौतारीले समर्थनको घोषणा गरेका छैनन् । तरपनि महासचिवकी महिला प्रत्यासी निर्मला शर्मा एमालेको चौतारीनिकट मानिन्छिन् भने हेमन्त काफ्ले र पोषण केसी कांग्रेसको प्रेस यूनियन निकट मानिन्छन् । बिनोद ढुङ्गेलको छबि भने स्वतन्त्र बामपन्थी र व्यवसायिक पत्रकारको रुपमा स्थापित छ । त्यसैले सचिवमा मुख्य प्रतिस्पर्धा ढुङ्गेल र काफ्लेबीच हुने देखिन्छ । सचिवमा भने पूर्ण बस्नेत सबैभन्दा बलिया उम्मेदवार देखिएका छन् । जनमोर्चा नेपाल निकट मानिएपनि बस्नेतको छविपनि राजनीतिक पत्रकार भन्दा व्यवसायिक पत्रकारकै रुपमा छ । रामजी दाहाललाई प्रेस यूनियन र बिष्णु छिमेकीलाई प्रेस चौतारीको समर्थन रहेको बुझिन्छ । सचिवका अर्का प्रत्यासी सूर्य थापाले बस्नेतलाई नै समर्थन गर्ने सम्भावना छ । कोष्ध्यक्षमा टंक पन्तलाई प्रेस चौतारीले र विजय घिमिरे वा रमेश विष्टलाई प्रेस यूनियनले समर्थन गर्नेछ । तर व्यवसायिक पत्रकारिताको नारा दिएका उमेश चौहानपनि कमजोर उम्मेदवार मानिन्नन् । सदस्यमा भने स्वतन्त्र प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपी त्यहाँपनि राजनीतिक दलसँग सम्बन्धित संस्थाले आफू निकटकाहरुलाई जिताउन भरमग्दुर प्रयत्न गर्नेछन् । पत्रकारका मुद्धा सय वर्षभन्दा लामो छ नेपालमा पत्रकारिताको इतिहास । तर अहिलेपनि अधिकांस नेपाली पत्रकारहरुको आर्थिक स्थिति गएगुज्रेको छ । विरामी हुँदा अधिकांस पत्रकारहरु उपचार गराउन सक्ने स्थितिमा छैनन् । काम गर्नकालागि उनीहरु श्रोत साधन विहीन छन् । पेशाप्रति लगाव र इमान्दारिता छ तरपनि पेशाकालागि आवस्यक तालिम उनीहरुले पाउन सकेका छैनन् । पत्रकारहरुको क्षमता अभिबृद्धिपनि एउटा समस्या बनेको छ। व्यवसायिक र भौतिक- दुबै रुपले असुरक्षित छन् नेपालका पत्रकारहरु । समाचार लेखेबापत पत्रकारहरुले धम्कीको सामनामात्र गर्नुपरेको छैन भौतिक आक्रमणको सामनासमेत गर्नुपरेको छ । द्धन्दकालमामात्र राज्य र विद्रोही पक्षबाट करिव २० जना पत्रकारहरुको हत्या भैसकेको छ । पक्राउ र अपहरणमा पर्ने सैयौं छन् । समाचार लेखेबापत ज्यान जाने धम्की नेपाली पत्रकारहरुले दिनहुँ भोगिरहेका हुन्छन् । अर्को ठूलो समस्या हो व्यवसायिक सुरक्षा । कैयौं पत्रकार यस्ता छन् जसले काम गरेबापत आफ्नो संस्थाबाट तलब पाउन्नन् । तलब मागेबापत् कामबाटै निकालिनुपर्ने बिकराल समस्या अहिलेपनि छ । राजनीतिक आस्थाको आधारमासमेत पत्रकारहरुले जागिरबाट हात धुनु परेको छ । यस्ता समस्याहरु बाहिर ल्याउँदा जागिरबाट हात धुनु पर्ने भएकाले यी समस्याबाट कति पत्रकार पीडित छन् भन्ने कुरा बाहिर आउन सकेको छैन । यी समस्या समाधानकालागि पहल गर्ने र संघर्ष गर्ने साझा निकाय हो पत्रकार महासंघ । महासंघको नेतृत्वले यी समस्या समाधान गर्न पहल गर्ने हो भने धेरै समस्या हल हुन सक्छन् । तर महासंघ यी समस्या समाधानतर्फ केन्द्रित नभएको आरोप लाग्दै आएको छ । कतिसम्म भने महासंघका जिल्ला शाखाहरुलेसमेत महासंघको केन्द्रीय नेतृत्व यी समस्याप्रति मौन रहेको आरोप लगाउन थालिसकेका छन् । महासंघका पदाधिकारीहरु निजी स्वार्थमा केन्द्रित भएको आरोपपनि लाग्न थालेको छ । महासंघलाई एनजिओको रुपमा विकास गरिएको र निर्वाचित भएपछि पाइने जिम्मेवारीलाई आधार बनाएर पैसाको खेती गरेको आरोप भोग्दैछन् महासंघका नेताहरु । हुनपनि महासंघको गत बर्षको बजेटमात्र साढे तीन करोड भएको बताइँदैछ । यति विघ्न बजेट परिचालन गर्ने महासंघले आम पत्रकारहरुको हितमा के काम गर्यो त ? नेतृत्वमा बस्ने कसैलेपनि बताउन सकेका छैनन् । 'महासंघको आगामी जिम्मेवारी सम्हाल्नेहरुले नेपाली पत्रकारहरुले भोग्नुपरेका यी समस्या समाधान बारे विश्वसनीय प्रतिबद्धता जनाउनु पर्छ' महासंघको केन्द्रीय सदस्य विनोद पहाडी भन्छन्- 'हिजो पत्रकार महासंघका पदाधिकारीहरु राजनीतिक पार्टीका नेताले झैं आश्वासन दिएर महासंघको नेतृत्वमा पुग्ने काममात्र गरे अब काम गरेर देखाउनु पर्छ ।' स्मरणीय छ, महासंघको महाधिवेशनको पूर्व सन्ध्यामा महासंघका केन्द्रीय सदस्य पहाडीलाई माओवादीले शुक्रबारमात्र संविधान सभाको सदस्य पदमा छनौट गरेको छ । उनी भन्छन्- 'महासंघको आगामी नेतृत्व इमान्दार हुने हो भने संविधान निर्माणक्रममा पत्रकारहरुको हक-अधिकार सुरक्षित हुने कानून बनाउन सकिनेछ।' -Sitaram Baral in Kathmandu |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®