|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
राजधानीमा ६ हजार टन भन्दा बढि फोहोरको थुप्रो, मन्त्रीहरुलाई फोहोरको उपहार |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
काठमाण्डौको अति व्यस्त पुतली सडकमा थुप्रिएको फोहोमाथी गुडिरहेका सवारी साधन र हिडिरहेका यात्रुहरु, रानधानीका प्रायजसो सबै सडकको हालत यस्तै छ। Photos: Jayanti Rai काठमाण्डौ, January 21, 2009- अव्यवस्थित रुपमा रहेको राजधानीको फोहोरलाई तत्काल उठाउन विभिन्न समुहहरुले आज पुलचोकस्थित मन्त्री निवासमा फोहोरको पोको सहित ज्ञापन पत्र बुझाएका छन्। राजधानीवासी नागरिक समाज र पर्यटन व्यवसायीहरुले १९ जना मन्त्रीहरुलाई फोहोरको पोको सहित ज्ञापन पत्र बुझाएका हुन्। उनिहरुले चाडो भन्दा चाडो फोहोर नउठाए आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन्। राजधानीको फोहोर फाल्न औखरपौवाको सिसडोल ल्याण्डफिल्ड जाने सडक चक्काजामको कारण फेरि अवरोध भएको छ। स्थानीय बासिन्दा तथा विभिन्न राजनीतिक कार्यकर्ताको कारण १६ दिनदेखि राजधानीको फोहोर सडकमै थुपि्रयको छ। फोहोरबाट प्रभावित धादिङको छत्रेदेउरालीस्थित सिमखडा गाँउका ६५ परिवारले १६ सुत्रीय माग राखी फोहोर फाल्न अवरोध गरेका थिए। स्थानीय निकाय र बासिन्दाबीच नौ बुँदे सहमतिपछि गत शनिवार १३ दिन लामो अवरोध हटि फोहोर उठाउन सुरु गरेलगतै आइतवार काठमाण्डौको जितपुरफेदीले पासाङल्यामु राजमार्गको तीन पिप्लेमा पुन: चक्काजाम गरी अवरोध गरेका हुन्। स्थानीय युथ फोर्सका संयोजक विवेक देवकोटाको खुट्टा काट्ने वाईसीएल कार्यकर्तालाई प्रहरीले पक्राउ नगरेको विरोधमा उनिहरुले सडक रोकेको तीनपिप्ले नागरिक सघर्ष समितिले जनाएको छ। गत फुस १९ गते वाईसीएल कार्यकर्ताले युथफोर्स संयोजक विवेक देवकोटाको दुवै खुट्टा कटिदिएका थिए। आक्रमणकारीलाई एक साता भित्र कारवाही गर्ने भनी प्रधानमन्त्री प्रचण्डले व्यक्त गरेको प्रतिबताबमोजिम काम नभएको भन्दै स्थानीय बासिन्दाले सडक अवरोध गरेपछि काठमाण्डौ महानगरपालिका तत्काल उपायहिन अवस्थामा पुगेको छ। |
|
|
काठमाण्डौको डिल्लीबजारस्थित फुटपाथ पसलमा फोहोरको थुप्रो, सब्जी बजार, फेन्सी पसल लगायतका सबै पसलहरु अगाडी फोहोरको डंगुर छ। चक्का जामको कारण आइतवार फोहोर बोकेर औखरपौवाको सिसडोल ल्याण्डफिल्ड गएका १९ वटा कन्टेनर जितपुरफेदिबाट फर्काइएका थिए। तीनपिप्ले नागरिक सघर्ष समितिको अनुसार स्थानीय युथफोर्सका संयोजक विवेक देवकोटाको खुट्टा काट्ने तीन वाईसीएल कार्यकर्तालाई प्रहरीले पक्राउ नगरेसम्म चक्काजाम जारी रहनेछ। राजधानीको फोहोरको वहानामा राजनीतिक कार्यकर्तानै फोहोरी खेल खलिरहेका छन्। यस पटकको अवरोध युथ फोर्सको अगुवाईमा भएको छ भने अघिल्लो पटक नेपाली काग्रेसका स्थानीय नेता भुवन पाण्डेको अगुवाइमा भएको थियो। यसरी राजधानीको फोहोरमा पटक पटक राजनीति हुदा सर्वसाधारण मारमा परेका छन्। हिजोआज राजधानीको सबै सडक, गल्ली, चोक, घरको गेट लगायत सबैतिर थुप्रिएको फोहोले काठमाण्डौको सुन्दरता त बिग्रिएको छ नै दुर्गन्धले अझ बढि स्वास्थ्यमा असर पारेको छ। काठमाण्डौ महानगरपालिकारा संचालित मेट्रो एफ एम अगाडी थुप्रिएको फोहोरको डंगुर। Photos: Jayanti सडक गल्ली चोक फोहोरले भरिएपछि कतिपय सवारी साधन फोहोरको थुप्रोमाथि गुडाउन थालेका छन् भने सडक यात्रुहरु फोहोरको थुप्रोमाथि हिड्न बाध्य छन्। फोहोरकै कारण ट्राफिक जामको समस्या पनि बढिरहेको छ। राजधानीमा ६ हजार टन भन्दा बढि फोहोर भएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ। लामो समयसम्म फोहोर नउठेको कारण झडा पखाला, हैजा, टाइफाइड, हेपाटाइटिस, छाला तथा फोक्सोको क्यान्सर लगायत विभिन्न रोग लाग्ने भएकोले यसप्रति सबैले ध्यानआकर्षण गर्नुपर्ने नेपाल चिकित्सक सघले जनाएको छ। तीन हप्तादेखि फोहोर व्यवस्थापन गर्न कठिनाइ भएपछि स्थानीय निकायले राजधानीभित्रै डम्पिङ साइटको खोजी गर्ने भएको छ। स्थानीय मन्त्रालयअन्तर्गतको फोहोरमैला प्रवन्ध केन्द्रले संयोजन गरेको बैठकले हिजो स्थानीय विकासमन्त्री रामचन्द्र झालाई पठाएको ६ बुँधे सुझावपत्रमा उत्त विषयको उल्लेख छ। -Jayanti Chamling Rai in Kathmandu |
||
|
Read our related news: फोहरका कारण मन्त्रिले राजिनामा दिने धम्की, फोहोर छेक्ने एमाले कार्यकर्ता? राजधानीको फोहोर तह लगाउन एक घर एक रोजगारको माग पुरा राजधानीमा फोहोरको सगरमाथा, एक घर एक रोजगारीसहित १६ सुत्रीय माग (4 Photo) |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||