Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
फूल बेचेर ६ करोडको ब्यापार, पोखरामा पुष्प व्यापार मेला

पोखरा, 5 Feb, 09- 'पोखराको प्रकृति र सुन्दरतामा शान, पुष्प व्यवसायको प्रवर्द्धनमा वातावरणीय पहिचान' भन्ने नारासाथ पोखरामा दोस्रो क्षेत्रीय पुष्प व्यापार मेला गरिने भएको छ ।

पुष्प व्यवसायको प्रवर्द्धन र फूलको संस्कारको विकासको लागि फलोरीकल्चर एशोसियसन कास्कीले फाल्गुण ९ देखि १३ गतेसम्म पोखरामा प्रदर्शनी गर्न लागिएको आयोजकले आज यहा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । मेला संयोजक राम पौडेलका अनुसार मेलामा व्यवसायीक रुपमा २५ कक्ष रहने र दश लाख वरावरको कारोवार गर्नै लक्ष्य छ । नवलपारासी, रुपन्देही, चितवन र अन्य छिमेकी जिल्लाका व्यवसायीलाई मेलामा आमन्त्रण गरिनेछ ।

मेलामा उत्कृष्ट कक्ष, उत्कृष्ट ल्याण्डस्केप, उत्कृष्ट फूल फूल्ने विरुवा, आलङकारिक विरुवा, सुनगाभालाई पुरस्कृत गरिनेछ । पोखरामा झण्डै दुइ दर्जन पुष्प व्यवसायी छन् भने यहाको पुष्प व्यवसायमा ६ करोड लगानी र प्रत्यक्ष अप्रत्यक्ष पाचहजार रोजगाररत रहेको संघ कास्कीका निवर्तमान अध्यक्ष वसन्त वानियाले बताए ।

वाषिर्क पुष्प व्यवसायको कारोवार ६ करोडको हाराहारीमा हुन्छ । यहा सात सय जातीप्रजातिका फूलविरुवा पाइन्छन् । बजारको कुनै समस्या नरहेको, यहाको पुष्प व्यवसायमा मूल रुपमा रोगको उपचार लगायतका प्राविधिक समस्या, माली लगायतको जनशक्तिको अभाव र सरकारी तवरबाट ऋण सहयोगको अभाव रहेको व्यवसायीको गुनासो छ ।

-Rajbahadur Gurung in Pokhara






















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®