|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
Breaking News: |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नयाँ सरकारको ६९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरिने काठमाडौँ, September 8, 2008- राष्ट्रपति डा. रामवरण यादवले आर्थिक वर्ष २०६५/०६६ को ६९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने हुनु भएको छ । संविधान सभामा राष्ट्रपति यादवले भदौ २५ गते सार्वजनिक गर्न लागेको सो नीति तथा कार्यक्रम दुई दिन अगावै युएसनेपाल अनलाइनले प्राप्त गरेको हो । नीति तथा कार्यक्रममा बृहत शान्ति सम्झौतालाई तार्किक निश्कर्षमा पुर्याउँदै मुलुकको सामाजिक, आर्थिक रुपान्तरण प्रकृयालाई अग्रगामी दिशातर्फ उन्मूख गराउनु र तोकिएकै समयभित्र आमजनताको चाहना बमोजिम लोकतान्त्रिक संविधान लेखन कार्य पुरा गर्नु सरकारको पहिलो प्राथमिकता हुने कुरा उल्लेख गरिएको छ । सरकारको तर्फबाट प्रस्तुत गर्ने सो नीति तथा कार्यक्रममा मुलुकको सार्वभौमसत्ता, स्वाधीनता र अखण्डताको रक्षालाई सरकारले सर्वोपरी प्राथमिकता दिने भनिएको छ । सो दस्तावेजको बुँदा नम्बर १२ मा लेखिएका छ -'विभिन्न वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायमा विभाजित नेपाली जनतालाई पूर्णरुपले राजकीय सत्ता र सार्वभौमसत्ता सम्पन्न राष्ट्रिय मूल शक्तिको रुपमा संस्थापित नगराई एकता कायम गर्न सकिदैन । तसर्थ हिमाल, पहाड, तराई, मधेश लगायत पूर्व र पश्चिमका विभिन्न क्षेत्रमा रहने जाति, जनजातिहरुवीच पूर्ण समानताका आधारमा नयाँ राष्ट्रिय एकता कायम गरेर देशको सार्वभौमिकता, स्वतन्त्रता तथा अखण्डताको रक्षा गर्ने नीति सरकारले अनुशरण गर्नेछ ।' छिमेकी तथा अन्य मित्र राष्ट्रहरुसँगको सम्बन्धको बारेमा 'राष्ट्रिय हित संयुक्त राष्ट्रसंघको वडापत्र, पन्चशील र असंलग्नताको सिद्धान्तमा मुलुकको परराष्ट्र नीति आधारित हुनेछ । छिमेकी राष्ट्र भारत र चीनसँगको सम्बन्धमालाई सुदृढ बनाइनेछ । अन्य राष्ट्रहरुसँगको सम्बन्धलाई प्रगाध बनाइनेछ ।' आ-आफ्ना माग राखी मुलुकभर आन्दोलनरत सम्पूर्ण समूह वा पक्षलाई वार्तामा आउन तथा विगतमा गरिएका सम्पूर्ण सम्झौता तादरुकताका साथ कार्यान्वयन हुने प्रतिबद्धता समेत व्यक्त गरिएको छ । नीति तथा कार्यक्रममा भनिएको छ 'पुरै मुलुकलाई छुवाछुत मुक्त घोषणा गरिने तथा दलित समुदायको लागि विशेष अधिकारको व्यवस्था गरिनेछ ।' शिविरमा रहेका जनमुक्ति सेनालाई वृहत शान्ति सम्झौताको प्रावधान र विगतका सहमति अनुसार समायोजन वा पुनस्र्थपना ६ महिना भित्र गरिने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नीति तथा कार्यक्रमको बुदाँ नम्बर ११ मा भनिएको छ 'संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भई मुलुक अहिले राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक रुपान्तरणको नयाँ चरणमा प्रवेश गरेको छ । यस अवसरमा सामन्ती राज्य संरचनाको कारण विगतमा सिर्जित विभिन्न आर्थिक, सामाजिक समस्याहरु हल गर्न सामन्तवादका सबै रुपहरुको अन्त्य गर्दै नयाँ लोकतान्त्रिक मूल्यमान्यताका आधारमा नयाँ नेपालको निर्माण गरिनेछ ।' -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||