|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
६६ स्थानमा नेपालको सीमा मिचिएको कुरा उठाइने |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
काठमाडौँ, September 8, 2008-
नेकपा माओवादीका विदेश विभाग प्रमुख सीपी गजुरेलले प्रधानमन्त्री
पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारत भ्रमणमा सन् १९५० को सन्धी पुनरावलोकनको
प्रश्ताव गर्ने बताएका छन् । राजधानीमा भदौ २३ गते आयोजित कार्यक्रममा बोल्दै नेता गजुरेलले उनले कोशी लगायत विगतका सन्धी सम्झौता असमान भएकाले नयां परिवेशमा समानता र द्विपक्षीय हितलाई आधार मानेर सन्धी पुनरावलोकन गर्नुपर्ने बताए । 'सन् १९५० को सन्धी र कोशी सम्झौता पुनरावलोकनबारे प्रधानमन्त्रीको भ्रमणमा छलफल हुने तय भएको छ' गजुरेलले भने 'प्रधानमन्त्रीको भ्रमण नेपाल र भारतबीचको सम्बन्धलाई नयां आधार स्थापित गर्न उपयोगी हुनेछ ।' माओवादी सचिवालय सदस्य समेत रहेका गजुरेलले कोशी सम्झौतामा नेपाल ठगिएको बताए । उनले दुवै देशलाई क्षति नहुने र फाइदा पुग्नेगरी सन्धी पुनरावलोकन हुनुपर्ने बताए । रिपोर्टस्र क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भारतसंग जोडिएको ६६ स्थानमा नेपालको सीमा मिचिएकाले त्यसबारे पनि कुरा उठाइनुपर्ने बताए । उनले भने 'नेपाल र भारतको पुरानो सम्बन्धलाई नयां रुपमा दिएर जानुको विकल्प छैन । प्रधानमन्त्रीको भ्रमण सफल र ऐतिहासिक हुन्छ ।' उता नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले भारतसंग भएका सन्धी सम्झौताबारे कुनैपनि निर्णय लिनुअघि राष्ट्रिय सहमति अनिवार्य भएको बताए । नेता महतले विदेशनीतिबारे साझा अवधारणा बनाइनुपर्ने बताए । प्रमुख प्रतिपक्ष पार्टीका नेता महतले माओवादी नेतृत्वको सरकारले राष्ट्र हित अनुकूलको काम गर्नसक्नेमा शंका व्यक्त गरे । नेपाल भ्रमणमा रहेका भारतीय सांसदहरुका तर्फबाट डा. के. के. रावले भारतले शान्तिपूर्ण लोकतान्त्रिक र स्थिरतासहित नेपालले समृद्धि हासिल गरोस् भन्ने चाहेको बताए । प्रधानमन्त्री प्रचण्डको भ्रमणमा द्विपक्षीय हित र समयानुकूल सम्बन्ध स्थापना गर्नेबारे गम्भीर छलफल हुने बताए । उनले भने 'नयां परिवेश र परिक्षाको घडीबाट गुजि्ररहेको नेपालले शान्ति र समृद्धि हासिल गरोस् भन्ने भारतीय चाहनाअनुरुप सम्बन्ध स्थापित हुने आशा व्यक्त गर्दछु ।' आफूहरु जनता जनताबीचको सम्बन्ध सुदृढ गर्ने अभियानमा पनि लाग्ने बताए । भ्रमण दलका दुई सांसदले कोशी बांध क्षेत्रको भ्रमण गर्ने बताए । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, विभिन्न राजनीतिक दलका नेताहरुलाई भेटेर आफूहरु उत्साही भएको बताए । भारतीय सांसद अल्का बलरामले दुई देशको सम्बन्ध अझ प्रगाढ हुने आशा व्यक्त गरिन् । उनले जनता र जनताबीचको सम्बन्ध विस्तारका लागि आफूहरुको भ्रमण उपयोगी सावित भएको बताइन् । भ्रमण दलका एस. सत्यनारायण रत्न वाई र झासी लक्ष्मी पनि सहभागी थिए । रिपोर्टस्र क्लब नेपालका अध्यक्ष ऋषि धमलाले प्रधानमन्त्री प्रचण्डको भ्रमण महत्वपूर्ण भएको बताए । उनले कूटनीतिक कुशलताबाट नेपालले अधिकतम लाभ लिनसक्नु पर्ने बताए । प्रधानमन्त्रीको भ्रमण दुई देशको सम्बन्ध विस्तारमा उपयोगी सावित हुने आशा व्यक्त गरे। -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||