|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
आदिवासी जनजाति संबद्ध विभिन्न साठीवटा संघसंस्थाहरुको संयुक्त
संघर्ष समिति गठन काठमाण्डौ, 8 Mar, 09- आदिवासी जनजाति संबद्ध विभिन्न साठीवटा संघसंस्थाहरुको आज राजधानीमा बसेको भेलाले आफ्नो पहिचानको माग गर्दे थारु समुदायले गरेको आन्दोलनमा सरकारले ब्यापक धरपकड र दमन गरेको भन्दै आदिवासी जनजाति संयुक्त आन्दोलन संयोजन समिति गठन गरेको छ। संघर्ष समितिमा नेपाल आदिवासी जनजाति महासंघ, थारु कल्याणकारिणी सभा, थरुहट संयुक्त संघर्ष समिति, नेपाल लोकतान्त्रिक थारु संघ, थारु राष्ट्रिय मुक्ति मोर्चा, आदिवासी जनजाति विद्यार्थी महासंघ, राष्ट्रिय प्रजातान्त्रिक थारु संघ, आदिवासी गणतान्त्रिक मोर्चा, तामाङ्ग स्वायत्त परिषद सहित करिब साठीवटा संस्थाहरु रहेको थारु कल्याण्कारीणि सभाद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ । नवगठित संघर्ष समितिले आफ्ना पूर्व शर्तहरु पूरा नभएसम्म सरकारसँग अनौपचारिक कुराकानी गरेपनि औपचारिक वार्ता नगर्ने निर्णय गरेको छ । संघर्ष समितिले आन्दोलनलाई अझ सशक्त रुपमा अगाडि बढाउनका लागि सहयो गर्न सम्पूर्ण आदिवासी तथा नागरिक समाजसँग अपिल गरेको छ । चितवनमा प्रहरी दमनबाट ज्यान गुमाएका आफ्ना कार्यकर्ताको सम्झनामा संघर्ष समितिले भोलि दिउँसो दुई बजे राजधानीको माइतीघर मण्डलामा शोकसभा गर्ने निर्णय गरेको जारी बिज्ञप्तिमा उल्लेख छ । सरकार र तराइमा आन्दोलनरत थारुहट संयुत्त संघर्ष समितिबीच फागुन २५ गते आनौपचारीक बार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बार्तामा थारु प्रतिनिधिले आफ्नो आन्दोलनका क्रममा चितवनमा मृत्यु भएका आफ्ना कार्यकर्तालाई शहिद घोषणा गर्नुपर्ने माग गरेका थिए । साथै उनिहरुले आफूहरुलाई मन्त्रीपरिषवाटै मधेशिको सुचिबाट हटाइनुपर्ने माग गरेका थिए । जवाफमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले भोलि बस्ने मन्त्रीपरिषद्को बैठकले आन्दोलनका क्रममा ज्यान गुमाएका थारु कार्यकर्तालाइ शहिद घोषणा गर्ने आश्वाशन दिएको बार्तामा सहभागि एक प्रतिनितधिले जानकारी दिएका छन् । बार्तापछि साचारकर्मीसँग शान्ति तथा पुनर्निमाण मन्त्री जर्नादन शर्माले बार्ता सकारात्मक भएको प्रतिकृया दिए । यसअघि तराइमा आन्दोलन जारि राखेको थरुहट संयुक्त संघर्ष समितिले प्रधानमन्त्रीको सम्बोधन स्पष्ट नभएपनि बार्तामा बस्न तयार भएको जनाएको थियो । सरकारसंग बार्ता भएपनि आन्दोलन जारि रहने थारु कल्याणकारि सभाका महासचिव राजकुमार लेखिले जानकारी दिए । थारुहरुको आन्दोलनले उग्र रुप लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गएराति बिज्ञप्ति जारि गरि बार्ताका लागि आब्हान गरेका थिए । प्रधानमन्त्रीले तराइमा आन्दोलनरत थारु समुदायलाइ सवै कार्यक्रम फिर्ता लिइ बार्तामा आउन आब्हान गरेका थिए । यसैविच सातदिनदेखिको जारी बन्दले तराइका २२ जिल्लाको जनजीवन अत्यन्तै कष्ठकर बनेको छ । बन्दका कारण तराइका जिल्लामा कुनै सवारी साधन चल्न सकेका छैनन भने ब्यापार ब्यबसाय ठप्प रहेको छ । लगातारको बन्दले पहाडी जिल्ला पनि प्रभाबित भएका छन । बन्दका कारण हजारौ यात्रु सडकमै बस्न बाध्य भएका छन । प्रधानमन्त्रीेल समाबेशि सम्बन्धि अध्यादेश फिर्ता लिने प्रतिबद्धता जनाएपनि आन्दोलनरत पक्षले भने सम्बोधन स्पष्ट नभएको प्रतिकृया दिएको छ । -Sitaram Baral in Kathmandu |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||