|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नेपालको अन्तरिम संविधान पाँचौं पटक पुन
संसोधन हुने मधेश शब्दको सट्टा 'तराई मधेश' वा 'मधेश तराई' शब्द राख्ने निर्णय काठमाण्डौ, 15 Mar, 09- जारी भएको एक बर्षपनि नपुग्दै ३ पटक संसोधन भएको नेपालको अन्तरिम संविधान- २०६३ मा पाँचौं पटक पुन संसोधन हुने भएको छ । आन्दोलनरत थारु र मुस्लिम समुदायको माग पुरा गर्न संविधान संसोधन गर्ने सहमति भएको हो । संविधान संसोधनकालागि सत्तारुढ पाँच दल लगायत विपक्षी नेपाली कांग्रेस, तराई मधेश लोकतान्त्रिक पार्टी र नेपाल सद्भावना पार्टीपनि सहमत भएपछि आन्दोलनरत थारु, मुस्लिम र जनजातिहरुको आन्दोलनपनि स्थगित भएको छ । तराईमा बसोबास गरेपनि आफूहरु मधेशी नभएको बताउँदै तराईका आदिवासी थारुलगायत मुस्लिम र तराईमा बसोबास गर्दै आएका अन्य जनजातिहरु आन्दोलनमा उत्रेका थिए । आन्दोलनरत थरुहट संघर्ष समिति, मुस्लिम संघर्ष समितिसँग पटक पटक वार्ता भएपनि उनीहरु संविधानमा रहेको मधेश भन्ने शब्द हटाउनै पर्ने अडानमा रहेपछि पटक- पटक भएका वार्ता विफल भएका थिए । नेपालमा मधेश नभएको थरुहट संघर्ष समितिको अडान थियो । बुधबार मध्यरातसम्म भएको वार्तामा सरकारका तर्फबाट शान्तिमन्त्री जनार्दन शर्मा र जलश्रोतमन्त्री बिष्णु पौडेल तथा र संघर्ष समितिबीच सहमति हुन नसकेपछि आन्दोलनकारी पक्षले शान्ति मन्त्रीले नेतृत्व गरेको वार्ता टोलीको सट्टा प्रधानमन्त्रीसँगमात्र वार्ता गर्ने अडान लिएको थियो । उनीहरुको माग सम्बोधन गर्न ठूला राजनीतिक दलहरुबीच सहमति जुटाउनु पर्ने भएकाले शनिवार सत्तारुढ पाँच लगायत नेका, तमलोपा र सद्भावनासमेतको बैठक भएको थियो । सो बैठकले अन्तरिम संविधानको धारा १६३ मा रहेको मधेश शब्दको सट्टा 'तराई मधेश' वा 'मधेश तराई' शब्द राख्ने निर्णय गरेको छ । यो सहमति अनुसार शनिवार नै आन्दोलनरत पक्षसँग वार्ता भई सहमति गरिएको छ । आन्दोलनरत पक्षका माग पुरा गरिनुका साथै आन्दोलनमा मारिएका थरुहटका कार्यकर्ताहरुलाई शहीद घोषणा गर्ने तथा परिवारलाई क्षतिपूर्ति दिने सहमतिपनि भएको छ । शुक्रबार रातिमात्रैपनि दाङ्गमा आन्दोलनरत दुई थारु कार्यकर्ता प्रकाश चौधरी र रामप्रसाद चौधरीको प्र्रहरीको गोली प्रहारबाट मृत्यु भएको थियो । सहमतिपछि मुस्लिम संघर्ष समितिले आइतबारदेखि आयोजना गरेको अनिश्चितकालीन नेपाल बन्द कार्यक्रमपनि फिर्ता लिएको छ । यसैगरी थारु पक्षलेपनि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएपछि करिव दुई हप्तादेखि बन्द पूर्व पश्चिम राजमार्ग खुलेको छ । -Sitaram Baral in Kathmandu |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||