|
|
![]() |
|
| Click this link to see your Local city time and Kathmandu, Nepal time | ||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | ||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
|
|
दुई वर्ष भित्र पाँचौ पटक अन्तरिम संविधान
संसोधन २६ मनोनित जोडेपछि माओवादीका २२९, कांग्रेसका ११५, एमालेका १०८ काठमाडौं, June 25, 2008- अन्तरिम संविधान जारी भएको २ वर्षपनि नपुग्दै पाँचौ पटक संसोधन हुने भएको छ । विश्व इतिहासमा यति छोटो समयमा पटक-पटक संविधान संसोधन भएको नेपालमा मात्रै हो । व्यवस्थापिका- संसदको हैसियतमा आज बस्ने संविधान सभाको बैठकले अन्तरिम संविधानमा संसोधन गर्न लागेको हो । मंगलबार बसेको सात दलीय गठबन्धन बैठकले संविधान संसोधन लगायत अन्य विषयमा महत्वपूर्ण निर्णय गरेको छ । सोही निर्णय अनुसार आजको संविधान सभा बैठकमा सरकारले संविधान संसोधन सम्बन्धी प्रस्ताव ल्याउनेछ । अल्पमत-बहुमतको आधारमा सरकारको गठन र विस्थापन बहुमतीय प्रणालीका आधारमा राष्ट्रपति-उपराष्ट्रपति, संविधान सभाको अध्यक्ष-उपाध्यक्ष चयनलगायतका विषय सरकारले पेश गर्ने संसोधन प्रस्तावमा हुनेछन् । अन्य विषयमा सहमति जुटेपनि सुरक्षा परिषदमा विपक्षी दलका नेतालाई राख्ने विषयमा सात दलबीच सहमति जुट्न सकेको छैन । यद्यपी नेपाली कांग्रेसको अडान बमोजिम सरकारले सुरक्षा परिषदमा विपक्षी दलको नेतालाई राख्ने प्रस्ताव सरकारी विधेयकको रुपमा संविधान सभामा राख्नेछ । सो का विरुद्धमा माओवादीले गैर सरकारी तबरबाट संसोधन प्रस्ताव लैजाने तैयारी गरेको छ । अन्य विषयमा अलवा सुरक्षा परिषद् सम्बन्धी प्रस्तावपनि मतदानमा जानेछ। विपक्षी दलको नेतालाई सुरक्षा परिषदमा नराख्ने विषयमा माओवादी-एमालेबीच सहमति भैसकेकाले सरकारले राख्ने यो प्रस्ताव असफल निश्चितप्राय छ । हाल ५ सय ७५ सदस्य रहेको संविधान सभामा माओवादी र एमाले गठबन्धनलेमात्र ३ सय ३ मत प्राप्त गर्ने स्थिति छ । सरकारी विधेयक असफल हुँदा सरकार छाड्न कांग्रेसलाई अरु ठूलो नैतिक दबाब पर्ने देखिन्छ । सुरक्षा परिषदमा असहमति देखिएपनि सम्बैधानिक परिषदमा विपक्षी दलको नेतालाई राख्ने प्रावधानमा भने सबै दलले सहमति जनाएका छन् । संविधान सभामा मनोनयनद्धारा पूर्ति हुने २६ सदस्यका बारेमा यसअघि भएको सहमतिलाई सात राजनीतिक दलले औपचारिक रुपमा अनुमोदन गरेका छन् । संविधान सभामा प्राप्त मत परिणामको अनुपात अनुसार २६ मध्ये ९ माओवादीबाट, एमाले र नेपाली कांग्रेसबाट ५-५, फोरमबाट २, जनमोर्चा, तमलोपा, माले, नेमकिपा र सद्भावना पार्टीबाट १-१ जना मनोनित हुनेछन् । यो सहमति अनुसार अब संविधान सभामा माओवादीका २ सय २९, नेपाली कांग्रेसका १ सय १५, एमालेका १ सय ८, फोरमका ५३, तमलोपाका २१, मालेका ९, जनमोर्चाका ८, सद्भावनाका २१, नेमकिपाका ५ सदस्य हुनेछन् । अन्तरिम संविधानमा 'सात दलीय सहमतिबाट महत्वपूर्ण निर्णय गर्ने' लगायत अन्तरिम व्यवस्थापिका-संसदका सदस्यहरुको नाम उल्लेख भएकाले यी दुई प्रावधानपनि संसोधनद्धारा हटाइनेछन् । यसैगरी अन्तरिम संविधानको प्रावधान अनुसार सेना समायोजन गर्ने विषयमापनि सहमति भएको छ । राष्ट्रसंघीय निकाय 'अनमिन' दुई सेनाको सुपरीवेक्षणमामात्र सीमित गरी त्यसको म्याद ६ महिना थप गर्ने सहमतिपनि सात दलले गरेका छन् । -Sitaram Baral in Kathmandu |
||
|
|
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. Published by US Nepal Media
Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®