|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
खुट्टा चट, ५ लाख क्षतिपुर्ति, राजधानीको फोहोर
उठाउन एक साता लाग्ने काठमाण्डौ, 25, Jan, 2009- राजधानीमा १८ दिनदेखि थुप्रेको फोहोर शुक्रबारदेखि उठाउन शुरु भएको छ। स्थानीय युथफोर्सका संयोजक विवेक देवकोटाको खुट्टा काट्ने वाईसीएल कार्यकर्तालाई प्रहरीले पक्राउ गर्ने र सरकारले पाँच लाख रुपैया क्षतिपुर्ति दिने सहमती भएपछि फोहोर उठाउन थालिएको हो। बागबजार, नयाँबजार, सिनामगल, बानेश्वरलगायतका स्थानबाट फोहोर उठाउने काम शुरु भएको हो। फोहोर पूर्णरुपले उठाउन एक साता लाग्ने महानगरपालिकाले जनाएको छ। फोहोर फाल्न सहमति भएको दोस्रो दिन स्थानीय विकासमन्त्री रामचन्द्र झा सिसडोल ल्यान्डफिल्ड पुग्नु भएको थियो। उहाँलाई स्थानीय बासिन्दाले व्यवस्थापनमा कर्मचारीको कमजोरी रहेको, कन्टेनरले बाटो बाटोमा फोहोर खसाल्दै हिँड्दै गरेको, आसपासका गाउँमा काग र चिल मडारिने गरेको, चौपायाले फोहोर खाने गरेको गुनासो गरेका थिए। स्थानीय बासिन्दाले रोजगारको व्यवस्था, सडक, खानेपानी र सिँचाइलगायतका पूर्वाधार निर्माणका लागि मन्त्रीसँग आग्रह गरेका छन्। फोहोरबाट प्रभावित धादिङको छत्रेदेउरालीस्थित सिमखडा गाँउका ६५ परिवारले १६ सुत्रीय माग राखी फोहोर फाल्न अवरोध गरेका थिए। स्थानीय निकाय र बासिन्दाबीच नौ बुँदे सहमतिपछि १३ दिन लामो अवरोध हटि फोहोर उठाउन सुरु गरेलगतै काठमाण्डौको जितपुरफेदीले पासाङल्यामु राजमार्गको तीनपिप्लेमा पुन: चक्काजाम गरी अवरोध गरेका थिए। स्थानीय युथफोर्सका संयोजक विवेक देवकोटाको खुट्टा काट्ने वाईसीएल कार्यकर्तालाई प्रहरीले पक्राउ नगरेको विरोधमा उनिहरुले सडक रोकेका थिए। -Jayanti Chamling Rai in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||