Special photo feature:
न्यू योर्कमा ५९ औं राष्ट्रिय प्रजातन्त्र दिवस यसरी मनाइयो
Ambassador Madhuraman Archaya (center) with guests at the Nepal's
59th National democracy day in Queens, New York.
Photos:
eEyeCam
न्यू योर्क, 19 Feb, 09- सङ्युक्त राष्ट्र संघका लागि नेपाल स्थाई
प्रतिनिधि तथा महामहिम राजदूत मधुरमण आचार्य र उहाकी श्रीमती डा. गीता
आचार्यले हिजो साँझ आयोजना गर्नु भएको प्रजातन्त्र दिवस कार्यक्रम न्यू
योर्क स्थित बिभिन्न संघ सस्था र नेपाली प्रतिनिधिहरु बिचको रमाइलो
जमघटसहित सम्पन्न भयो।
गणतन्त्र नेपालको घोषणा पछिको पहिलो समारोहमा नेपालीहरु सङ्घीयताबारे
निक्कै घोत्लिएको कारणले होला यसपाली सहभागीहरु "नेपालमा के हुँदै छ? भन्ने
प्रश्नको जवाफ खोज्न तल्लिन देखिन्थे।
उता राजदूत आचार्य नेपाली प्रतिनिधिहरुलाई आफुलाई नेपाल सरकारले दिएको नयाँ
संबिधान सम्बन्धी सुझाब सङ्कलनको लागि जिम्मेवारी र त्यसमा सबैको सकृय
सहभागीताको लागि अपिल गर्नु भएको थियो।