Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

५९ औं राष्ट्रिय प्रजातन्त्र दिवस (फागुन ७) को अवसरमा प्रधानमन्त्रीको सन्देश-



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
"लोकतन्त्र सबै नेपाली जनताको घरघरमा आउन सक्नु पर्ने"


Prime Minister Prachanda  at the Democracy Day celebration in Tudikhel, Kathmandu. Photo: Minratna Bajracharya.

काठमाण्डौ, 18 Feb, 09- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले लोकतन्त्र सबै नेपाली जनताको घरघरमा आउन सक्नु पर्ने बताएका छन् ।

५९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबैलाई लोकतन्त्र आएको अनुभूति गराउन लोकतन्त्रको जग फराकिलो र दह्रो बनाउनु पर्ने धारणा राखे ।

प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रमा मात्रै मानवअधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, कानुनी शासनको प्रत्याभूति संभव हुने उल्लेख गरे ।

सरकार राष्ट्रिय सहमती कायम गरेर मुलुकका समस्या समाधान गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो । दलहरुवीच देखिएको असझदारी संवादको माध्यमबाट समाधन गर्नु पर्ने भन्दै उनले नयाँ संविधान निर्माण गर्न तथा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सरकार लागि परेको बताए ।

राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपराष्ट्रपति, प्रधानन्यायधिश, संविधान सभा अध्यक्ष लगायतका अतिथिहरुको सहभागिता रहेको थियो । २००७ साल फागुन ७ गते जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको स्मरण गर्दै हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । प्रजातन्त्र दिवसको अवसरमा देशभरी विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

-Santa Bagam in Kathmandu
   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®