|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
संविधान सभाका ५ सय ९४ सदस्यहरुको जोड घटाऊ शुरु काठमाडौं, July 17, 2008- संविधान सभाका ६ सय १ स्थानमध्ये राष्ट्रपति-उपराष्ट्रपतिका लागि ५ सय ९४ सदस्यलेमात्र मतदान गर्न पाउने भएका छन् । राष्ट्रपतिको निर्वाचनकालागि गठन गरिएको निर्वाचन आयोगले बुधबार प्रकासित मतदाता नामावलीमा ५ सय ९४ सदस्यकोमात्र मतदाता नामावलीमा नाम प्रकासित गरिएको छ । संविधान सभाका ६ सिट अहिलेपनि खाली छ । तीमध्ये माओवादी अध्यक्ष प्रचण्डले जितेको रोल्पा- २, माओवादी नेता देब गुरुङ्गले जितेको कास्की-१, मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले जितेको मोरङ्ग- ५ र फोरमका बरिष्ठ नेता बिजयकुमार गच्छेदारले जितेको मोरङ्ग- ७ एबं कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले जितेको कन्चनपुर-४ बाट राजिनामा दिइसकेका कारण संविधान सभामा ५ सिट खालि छन्। यसका अलवा मन्त्री परिषद्बाट मनोनित संविधान सभा सदस्य पदम ज्योति र विश्वनाथ उपाध्यायको नामपनि मतदाता नामावलीमा छैन । उनीहरुले सपथ ग्रहण गरिनसकेका कारण उनीहरुको नाम मतदाता नामावलीमा समावेश नगरिएको संविधान सभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बताएका छन्। महोत्तरी- ६ बाट निर्वाचित फोरमका शरदिसंह भण्डारीलाई संविधान सभा निर्वाचत अदालतले मंगलबार विजय घोषणा गरिदिएकाले उनलेपनि मतदानमा भाग लिन पाउने भएका छन् । मतदाता नामावली प्रकासन अघि नै उनलाई बुधबारै शपथ ग्रहण गराइएको थियो । राष्ट्रपति र उपराष्ट्रपतिमा चयन हुनेले संविधान सभाको २ सय ९८ मत पाउन सके भने निर्वाचित हुनसक्ने देखिन्छ । प्रकासित मतदाता नामावली अनुसार ठूला पार्टीमध्ये संविधान सभामा माओवादीका निर्वाचित र मनोनित गरी २ सय २६, नेपाली कांग्रेसका १ सय ११, एमालेका १ सय ८, फोरमका ५४, तमलोपाका २१, सद्भावनाका ९ जनाले मतदान गर्न पाउनेछन् । राष्ट्रपतिमा उम्मेदवारीकालागि बुधबार गणतन्त्रबादी नेता रामराजाप्रसाद सिंहका अलवा राजी राय यादब र जगतबहादुर बस्नेतले मनोनयन पत्र लगेका छन् । यादवले उपराष्ट्रपतिकालागिपनि मनोनयन पत्र लगेको बताइएको छ । राजनीतिक दलहरुले बुधबार बेलुकीसम्मपनि राष्ट्रपति र उपराष्ट्रपतिको साझा नाम तय गर्न नसकेका कारण राष्ट्रपति र उपराष्ट्रपतिमा प्रतिस्पर्धा हुने सम्भावना बढेको छ । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||