![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
संविधानसभा निर्वाचनमा ५५
दलले प्रतिस्पर्धा गर्ने काठमाडौं, March 2, 2008-निर्वाचन आयोगमा फागुन १९ गते १६ दलले समानुपातिक अन्र्तगतको बन्दसूचि दर्ता गरेपछि संविधानसभा निर्वाचनमा भागलिने दलको संख्या ५५ पुगेको छ । आयोगमा दर्ता भएका ७४ मध्ये १९ दलले भने बन्दसूचि पेश गरेको छैन । सरकारसँग ८ बुँदे सहमति भएपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासम्वद्ध तराई मधेश लोकतान्त्रिक पार्टीले एक सय सद्भावना पार्टीले एक सय र मधेशी जनअधिकार फोरमले दुई सय एक जनाको नाम दर्ता गरेको छ । फागुन १८ गते सरकारसँग पाँच बुँदे सहमती गरेपछि संघीय लोकतान्त्रिक राष्ट्रिय मंचले पनि एक सय ८२ जनाको बन्द सूचि पेश गरेको छ । यसअघि निर्वाचनमा भाग नलिने दाबी गरेको पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको राष्ट्रिय जनशक्ति पार्टीले दुई सय ९९ लाई बन्दसूचिको उम्मेदवार बनाएको छ । गणतन्त्रवादी नेता राजाराम िसंहको नवजनवादी मोर्चाले पनि आजै ४२ उम्मेदवार राखेर बन्दसूचि दर्ता गराएको छ भने शाही मन्त्री प्रकाश कोइरालाको नेपाली काँग्रेस राष्ट्रवादीले पनि बन्द सुचि पेश गरेको छ । आज बन्दसूचि पेश गर्ने दलहरुमा राष्ट्रिय जनता दल, राष्ट्रिय विकास पार्टी, राष्ट्रिय जन एकता पार्टी, नेपाल जनभावना पार्टी, नेपाल शान्ति क्षेत्र परिषद, नेपाली जनता दल, राष्ट्रिय जनता दल नेपाल, नेपाल जनता पार्टी र नेपाल साम्यवादी दल छन् । महन्थ ठाकुर, जयप्रकाश गुप्ता, उपेन्द्र यादव, राजेन्द्र महतो, ह्रदयश त्रिपाठी, महेन्द्रप्रसाद यादव जस्ता चर्चित मधेशी नेताहरुको नाम भने बन्द सूचिमा परेको छैन । राष्ट्रिय जनशक्ति पार्टीले पनि अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको नाम बन्द सूचिमा राखेको छैन । संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाबाट बाहिरिएको मधेशी जनअधिकार फोरम मधेशभाग्यनाथ गुप्ता समूहले भने चैत २८ गतेको संविधानसभा चुनावमा भाग नलिने भएको छ । सद्भावनामा खटपट सातदल मध्येको एक घटक नेपाल सद्भावना पार्टी आनन्दीदेवीकी अध्यक्ष आनन्दीदेवि िसंह भने आफ्नो पार्टीको बन्द सूचि दर्ता गर्न नमानेपछि बेलुकी अबेरसम्म आयोगमै धर्नामा बसेकी छिन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीले फागुन ८ गते नै बन्दसूचि पेश गरेकाले एउटै पार्टीको बन्दसूचि दुई पटक दर्ता गर्न नमिल्ने प्रमुख आयुक्त भोजप्रसाद पोखरेलले बताएका छन् । अध्यक्ष िसंहले भने मन्त्री गुप्तालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी आफूले निष्काशन गरीसकेको साचारकर्मीलाई बताइन् । गुप्तालाई मन्त्री पदबाट नहटाएको भन्दै आनन्ददेवीले आफ्नो पार्टी सात दलीय गठबन्धनबाट वाहिरिएको यसअघि नै घोषणा गरी सकेकी छिन् । यसअघि गुप्ताको पक्षमा रहेकी सरिता गिरी र उर्मिला पाण्डे गुप्ताले फागुन ८ गते पेश गरेको बन्दसूचि प्रति असहमति जनाउँदै वानेश्वर स्थित पार्टी कार्यलयमा अनसन बसिरहेका छन् । राविन्द्रनाथ शर्माको राजिनामा फागुन ८ गते बन्दसूचि पेश गरेर पनि निर्वाचनमा भाग नलिने बताएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष रविन्द्रनाथ शर्माले पदबाट राजिनामा दिएका छन् । स्वास्थ्यको कारण देखाउँदै राजिनामा दिएको बताइपनि पार्टीले निर्वाचनमा जाने निर्णय गरेकाले राजिनामा दिएको स्रोतको दाबी छ । शर्माले राजिनामा दिएपछि संस्थापक अध्यक्ष कमल थापा पुन अध्यक्ष भएका छन् । -Santa Gaha Magar in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®