|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नेपाल-भारत सीमाका १ हजार ६६५ सीमा स्तम्भ मध्ये ५५७ वटा गायब ५४ ठाउमा सीमा मिचेको सिमाविद्को दावी, परराष्ट्रमन्त्री यादव भने २ ठाउमा मात्रै विवाद काठमाण्डौ, 17 Feb, 09- नेपाल भारत सीमा अन्तर्गत पूर्वी क्षेत्रका ५५७ वटा सीमा स्तम्भ हराएको खुलासा भएको छ । सरकारले सीमा सुरक्षाका लागि स्थापना गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा बलले गणना गर्दा ५५७ वटा सीमा स्तम्भ हराएको खुलासा भएको हो । सुगौली सन्धि पछि नेपाल भारत सीमा छुट्याउन पूर्वी क्षेत्रमा १ हजार ६६५ सीमा स्तम्भ राखिएकोमा अहिले १ हजार १०८ वटा सीमा स्तम्भ मात्रै फेला परेका छन्। सुनसरीका ८ वटा, सप्तरीका ९८ वटा र मोरङको एउटा सीमा स्तम्भ नभेटिएको स्रोतले बताएको छ । स्रोतकाअनुसार सबैभन्दा बढी झापाका ४७२ वटा सीमा स्तम्भ हराएका छन् । केहि हप्ता अघि काठमाण्डौंबाट गएको संसदीय अध्ययन टोलीले पूर्वका ८ ठाउमा भारतले सीमा अतिक्रमण गरेको ठहर गरेको छ । सीमा क्षेत्रको अध्ययन गरेपछि टोलीले इलामको पशुपतिनगर, मानेभन्ज्याङ, हिलेभन्ज्याङ, छब्बीसे, श्रीअन्तु, झापाको महेशपुर, भद्रपुर र काकडभिट्टा आसपासको क्षेत्र भारतले अतिक्रमण गरेको ठहर गरेको हो । टोलीका सभासद सावित्रीकुमार काफ्लेले भारतीय पक्षले पिलरहरु रातारात हटाएर एसएसबी क्याम्प राखेको, नक्सा तयार पार्दा दुवै पक्ष बसे पनि पिलर भने भारतले एक पक्षीय ढंगबाट राख्ने गरेको पाइएको यूएस नेपाल अन्लाइनसँग बताउनुभयो । पहिला सीमा स्तम्भ हटाउने र नेपाल तर्फ सीमा मिच्ने गरेको भारतले नेपाल भित्रका ५४ ठाउमा सीमा मिचेको सिमाविद् बुद्धिनारायण श्रेष्ठको दावी छ । तर मधेशी जनअधिकार फोरमका अध्यक्ष तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवले भने दार्चुला र सुस्तामा गरी दुई ठाउमा मात्रै सीमा विवाद भएको बताउदै आउनुभएको छ । -Khagendra Makhim in Kathmandu |
|
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||