Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

५ सय पत्रकार नारायणहिटीको मूल गेटमा पुग्दाको त्यो क्षण
एक पत्रकारले अर्को पत्रकारलाई 'बास्टर्ड' किन भने


Photo: Santa Bagam

काठमाडौं,  June 12, 2008- भूतपूर्व राजा ज्ञानेन्द्रले बुधबार नारायणहिटी दरवारमा आयोजना गरेको पत्रकार सम्मेलन भन्दा पत्रकारहरुकालागि दरवारभित्रका कोठाहरु महत्वपूर्ण बनेका थिए । पत्रकारहरुको घुइँचोका कारण सबै पत्रकारहरुले उनलाई देख्न नपाएपछि र फोटो खिच्न नपाएपछि पत्रकारहरु दरवारको अन्य भागको फोटो खिच्न प्रतिस्पर्धा गरिरहेका थिए ।


Photo: Sharmila

त्यसो त 'दक्षिणी गेट' को नामले चिनिने पूर्वी गेटबाट नारायणहिटी भित्र प्रवेश गर्नासाथ पत्रकारहरुले आफ्‍नो क्यामराबाट नारायणहिटी दरवार आउने गरी आफ्‍नो फोटो खिच्न थालेका थिए । नारायणहिटीमा प्रवेशकालागि करिव ५ सय पत्रकार नारायणहिटीको मूल गेटमा पुगेका थिए । सूचना विभागले प्रदान गरेको प्रेस पास भएका पत्रकारहरुलाईमात्र दरवारभित्र प्रवेशको अनुमति दिइएको थियो ।


Photo: Sharmila

प्यागोडा शैलीको नारायणीहिटी प्रवेश गरेपछि फोटो पत्रकाररुले त त्यहाँको दृष्य आफ्‍नो क्यामरामा कैद गर्ने नै भए समाचार लेख्ने पत्रकारहरुलेसमेत आफ्‍नो साथमा रहेको क्यामराबाट फोटो खिच्ने क्रम रोकेनन् । कास्की बैठकको नामले चिनिने बैठक कोठामा रहेका टेबल तथा कुर्चीमा समेत चढेर पत्रकारहरुले त्यहाँभित्रको दृष्य कैद गरे । ठूलो भीडकाकारण कमैमात्र पत्रकारहरुले पूर्व राजाको फोटो खिच्ने अवसर पाए त्यसमध्ये यो सम्बाददातापनि एक हो ।


Photo: Santa

पत्रकार सम्मेलन सकिएपछि कतिपय पत्रकारले पूर्व राजा बस्ने कुर्चीमा बसेर फोटो खिचाएर आफ्‍नो अशिष्ठता प्रदर्शन गरे । यसो गर्नेमा स्वदेशीमात्र होइन विदेशी पत्रकारहरुपनि थिए । कास्की बैठकको भित्री भागमा टाँगिएका पूर्व राजाहरुको ठूल्ठूला तस्वीर अगाडि उभिएर आफ्‍नो फोटो खिचाउने पत्रकारहरुपनि थुप्रै देखियो । बिगतमा विदेशी पाहुना आउँदा प्रयोग गरिने कास्की बैठकका सुन्दर सोफा, कुर्ची, टेवल लगायतका फर्निचरहरुमाथि समेत पत्रकारहरु उभिएर आफ्‍नो असभ्यता प्रकट गरेका थिए ।


Photo: Santa

पूर्व राजाले प्रेस विज्ञप्ति बाचन गरिरहँदा एक पत्रकारले अर्को पत्रकारलाई 'बास्टर्ड' जस्ता अशिष्ठ शब्दले सम्बोधन गरिरहेकोपनि सुनियो । केही दर्जन बाहेक धेरै पत्रकारहरु पत्रकार सम्मेलनको रिपोर्टिङ्ग भन्दा दरवारको भित्री भाग हेर्न त्यहाँ पुगेको जस्तो देखिन्थ्यो । नामै नसुनिएका र कहिल्यै नदेखिएका पत्रकारहरुपनि बुधबार दरवार पुगेका थिए ।


Photo: Santa

फोटोहरु क्रमशः नारायणहिटी पस्न पत्रकारहरुको भीड, दरवारभित्र उभ्याएर राखिएको मरेको बाघ अगाडि उभिएर फोटो खिचाउँदै एक पत्रकार, सुतेर नारायणहिटीको फोटो खिच्दै एक फोटो पत्रकार, दरवार अगाडिको तोप अगाडि पत्रकारहरु फोटो सबै- शर्मिला थापा

Photo: Sharmila

-Sharmila Thapa in Kathmandu
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®