Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सरकार गठनको लागि प्रमुख चार दलको वैठकमा सकारात्मक संकेत

काठमाडौं,  August 4, 2008- सरकार गठनको लागि राष्ट्रपति डा. रामवरण यादवले दिएको सात दिने म्याद सकिनु भन्दा एक दिन अघि बसेको प्रमुख चार राजनीतिक दलको वैठकमा केही सकारात्मक संकेत देखिएको नेताहरुले बताएका छन् ।

माओवादी संविधान सभा दलको कार्यालयमा साउन २० गते बसेको वैठक पछि माओवादी प्रवक्ता कृष्णबहादुर महराले तुलनात्मक रुपमा सकारात्मक संकेत देखिएको भनाई व्यक्त गरे ।

राष्ट्रिय सहमतीको सरकार निर्माणको विषयमा सबै दलमा मतक्येता देखिए पनि राष्ट्रिय सहमतीका आधार के-के हुने भन्ने विषयमा भने उनीहरुवीच ठोस सहमती बनी सकेको छैन । भोलि फेरी बस्ने बैठकमा यस विषयमा घनीभूत छलफल हुने प्रवक्ता महराले जानकारी दिए ।

एमाले महासचिव झलनाथ खनालले संविधान सभामा रहेका दुई तिहाई भन्दा बढीको प्रतिनिधित्व भएको सरकार बन्ने उल्लेख गरे । महासचिव खनालले प्रमुख चारै दल सहभागी रहने तथा सरकारको नेतृत्व नेकपा माओवादीले गर्नु पर्ने बताए । संभव भएसम्म राष्ट्रपतिले दिएको मितिमै सरकार गठन गरिने महासचिव खनालको भनाई थियो ।

काँग्रेस उपसभापति रामचन्द्र पौडेलले भने राष्ट्रिय सहमती निर्माणको लागि अझै केही कदम चाल्न आवश्यक रहेको दाबी गरे । उपसभापति पौडेलले माओवादीले विश्वास गर्न लायक आधार प्रस्तुत गर्नु पर्ने बताए । माओवादीले विगतमा गरेका सम्झौता कार्यन्वयन नगरेको पौडेलको भनाई थियो ।

मधेशी जनअधिकार फोरम संविधान सभा दलका नेता विजयकुमार गच्छदारले कम्तिमा तीन प्रमुख पार्टीवीच राष्ट्रिय सहमती बन्नु पर्नेमा जोड दिएका छन् । प्रमुख तीन दल वाहेक फोरम लगायत मधेशका दल सहितको राष्ट्रिय सरकार बन्नु पर्ने र त्यसको नेतृत्व माओवादीले गर्नु पर्ने आफ्नो पार्टीगत धारणा रहेको नेता गच्छदारको भनाई थियो । सरकार निर्माणको गृहकार्य शूरु भएको र यसको लागि भोलि कार्यदल बन्ने पनि गच्छदारले जानकारी दिएका छन् ।

-Santa Bagam in Kathmandu







   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®