|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
चार पटक जितेको एमाले ले किन
हार्यो काठमाडौं-१ मा? को को कहाँ कहाँ अघी र पछि छन्? (चैत्र २९ गते विहान 9.30 am (Nepali Time) बजेसम्मको चुनावी परिणाम) -Sitaram Baral in Kathmandu काठमाडौं, April 11, 2008-संविधान सभा निर्वाचनको पहिलो परिणामले नेकपा एमाले लाई नमीठो झड्का दिएको छ । पहिलो परिणाम नेपाली कांग्रेसको पक्षमा गएको छ । नेपाली कांग्रेसका उम्मेदवार पार्टी उपसभापति प्रकाशमान िसंहले १४ हजार ३ सय १८ हजार मत प्राप्त गरी विजय हासिल गरेको भर्खरैमात्र निर्वाचन आयोगले घोषणा गरेको छ । उनका प्रतिद्धन्दी एमाले स्थायी समिति सदस्य प्रदीप नेपालले ६ हजार ७ सय ८९ मत पाएका छन् । िसंह र नेपालको मतान्तर ७ हजार ५ सय २९ छ । माओवादीका प्रा. डा. राममान श्रेष्ठले ४ हजार ८ सय ३६ मत ल्याएका छन् । यसरी पहिलो पटक काठमाडौं- १ मा नेकपा एमाले पहिलोपटक भारी मतान्तरले पराजित भएको छ । विजयको घोषणापछि हजारौं कांग्रेस कार्यकर्ताहरुले जुलुश सुरु गरेका छन् । उपत्यकाभरिका कांग्रेस कार्यकर्तामा उत्साह छाएको छ भने एमालेमा निराशा । यही क्षेत्रबाट ०४८ को निर्वाचनमा एमालेका तत्कालिन महासचिव मदन भण्डारीले कांग्रेसका सभापति एबं अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भटराईलाई पराजित गरेका थिए । दासढुङ्गा दुर्घटनामा उनको निधन भएपछि उनकी विधवा विद्या भण्डारीले फेरि दोश्रो पटक नै भटराईलाई पराजित गरेकी थिइन् । मदन भण्डारी र विद्या भण्डारीले दुईवटा निर्वाचनमा भटराईजस्ता वरिष्ठ नेतालाई यही क्षेत्रबाट हराएपछि यो क्षेत्र चर्चित बनेको थियो । यसैगरी ०५१ मा मनमोहन अधिकारीले काठमाडौं ३ का अलवा यस क्षेत्रबाटपनि विजय हासिल गरेकोमा त्यसपछि भएको उपनिर्वाचनमा एमालेकै नारायण ढकालले विजय प्राप्त गरेका थिए । पार्टी फुटका बाबजुद एमालेका प्रदीप नेपालले ०५६ को निर्वाचनमापनि यही क्षेत्रबाट विजय हासिल गरेका थिए । तत्कालिन मालेका महासचिव बामदेव गौतम पार्टीको तर्फबाट यही क्षेत्रमा उम्मेदवार थिए । यस हिसावले काठमाडौं- १ लाई एमालेको अभेद्य किल्ला मानिएको थियो । तर सो निर्वाचन क्षेत्रलाई गत साल पुनर्निर्धारण गरी गाउँले इलाका गरिएपछि एमालेको स्थान केही कमजोर हुने आशंका गरिएको थियो । यसअघिका सबै निर्वाचनमा पराजित प्रकाशमान यही बुझेर काठमाडौं- १ मा चुनाव लड्न गएका थिए । यसरी कहिल्यै चुनाव नहारेको क्षेत्रमा एमाले हारेको छ भने कहिल्यै चुनाव नजितेका प्रकाशमानले पहिलोपटक चुनाव जितेका छन् । उता काठमाडौं- १ मा अपेक्षाकृत कमजोर मानिएका माओवादीका श्रेष्ठले अहिलेसम्म ४ हजार ३ सय ८५ मत ल्याएर एमालेलाई आश्चर्यचकित पारेका छन् । खासगरी एमाले र कांग्रेसका 'भाले' हरुको भीडन्तस्थलमा माओवादीले समानुपातिक तर्फ अझै धेरै मत प्राप्त गरेको विश्वास गरिएको छ । प्रारम्भिक मतगणनामा एमालेले सुरक्षित क्षेत्र मानेको काठमाडौं- ४ र काठमाडौं- ५ मापनि कांग्रेसका उम्मेदवाहरु अघि देखिएका छन् भने ती माओवादीले एमालेलाई तेश्रो स्थानमा पुर्याएर माओवादी दोश्रो स्थानमा उक्लेको छ । त्यस क्षेत्रमा कांग्रेसकी सुप्रभा घिमिरेले १३ सय १५ मत पाएकी छिन् भने माओवादीका पवनमान श्रेष्ठले ६ सय ५३ र एमालेकी विद्या भण्डारीले ५ सय ५७ मत पाएकी छिन् । एमालेका स्व. महासचिव मदन भण्डारीकी विधवा विद्यालेपनि काठमाडौं १, २ बाट यसअघिका सबै निर्वाचन जितेकी थिइन् । काठमाडौं- ५ मा नेपाली कांग्रेसका गणतन्त्रवादी नेता नरहरि आचार्यले ११ सय ९६ मतका साथ अग्रता हासिल गरेका छन् भने माओवादीकालागि काठमाडौंभित्र सबैभन्दा कमजोर मानिएको सो क्षेत्रमा सो पार्टीका उम्मेदवार बिपेन्द्रप्रकाश महर्जनले ११ सय ८० मत ल्याएर दोश्रो स्थानमा छन् । एमालेका प्रभावशाली नेता इश्वर पोखरेल १ हजार ५७ मतका साथ तेश्रो स्थानमा छन् । एमालेका केन्द्रीय सदस्य रघुजी पन्तले ०५१ र ०५६ को निर्वाचनमा अत्याधिक मतका साथ बिजय हासिल गरेको ललितपुर- ३ मा माओवादीकी पम्फा भुषाल ४ हजार २ सय ६३ मतका साथ अगाडि छिन् भने दोश्रो स्थानमा नेकाका मोहनश्याम पौडेल छन् । कांग्रेसका पौडेलले २ हजार ४ सय ८७ मत पाएका छन् भने एमालेको केन्द्रीय सदस्यसमेत रहेका रघुजी पन्त २ हजार ९१ मतका साथ तेश्रो स्थानमा छन् । उपत्यकाभित्र सबैभन्दा बढि मतान्तरले विजयी हुने गरेको ललितपुर- २ मा नेपाली कांग्रेसका चन्द्र महर्जन अग्रपंक्तिमा छन् । उनले हालसम्म ३ हजार ३ सय ५३ मत पाएका छन् भने एमालेका सिद्धिलाल िसंहले २ हजार ५ सय २६ मत पाएका छन् । प्रारम्भिक मतगणनामा पहिलो स्थानमा रहेका माओवादीका राजकाजी महर्जन पछिल्लो समय तेश्रो स्थानमा पुगेका छन् । उनले २ हजार २ सय ११ मत प्राप्त गरेका छन् । त्यहाँको परिणाम कसको पोल्टामा पर्ने हो अझै अनिश्चित छ । त्यहाँ छिन-छिनमा माओवादी र एमालेले अग्रता हासिल गरिरहेका छन् । काठमाडौं- २ मा एमाले महासचिव माधव नेपाललाई माओवादीका झक्कु सुवेदीले उछिनेका छन् । सो क्षेत्रको प्रारम्भिक मतगणनामा माओवादीका सुवेदीले ४ सय ४९ मत पाएका छन् । एमाले महासचिव नेपाललाई ३ सय ६६ मत प्राप्त भएको छ भने नेपाली कांग्रेसका दीपक कुँइकेलले ३ सय ४२ मत सुरक्षित गरेका छन् । माओवादी अध्यक्ष प्रचण्ड प्रत्यासी बन्नुभएको काठमाडौं- १० मा भर्खर मतगणना भएको छ । बाँके- ३ मा नेपाली कांग्रेसका कावा सभापति सुशील कोइराला १ हजार १ सय ११ मत प्राप्तगरी अग्रस्थानमा छन् । सो क्षेत्रमा मधेशी जनअधिकार फोरमका सर्वदेव ओझाले ८ सय ५९, माओवादीका परमानन्द बर्माले २ सय ४६ र एमालेका समसुद्दिन सिद्धिकीले १७ मतमात्र प्राप्त गरेका छन् । सो क्षेत्रमा राप्रपाका धवल शमशेर राणाले १ सय १९ मत प्राप्त गरेका छन् । |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®