|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
३३ बुंदे पाल्पा घोषणापत्र जारी गर्दै आदिवासी महोत्सव समापन |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
आदिवासीबारे समाचार सम्प्रेषण गर्ने चार
संचारकर्मीलाई सम्मान Indigenous Cultural Festival closing ceremony in Tansen, Palpa. Photos: Hari पाल्पा, November 15, 208- १२ दिन अघि पाल्पाको तानसेनमा सुरु भएको आदिवासी जनजाति सांस्कृतिक महोत्सव ३३ बुँदे पाल्पा घोषणापत्र सार्वजनिक गर्दै सकिएको छ । विभिन्न पाच वटा विषयमा गोष्ठी संचालन गरी गोष्ठीका निष्कर्षलाई नमुना संविधान सभासद् बैठक सम्पन्न गरि बैठकबाट आएको निष्कर्षलाई सर्वसम्मत रुपले पास गरि पाल्पा घोषणापत्र जारि गरिएको हो । घोषणा सभामा बोल्दै थारुकल्याणकारी सभाका केन्द्रीय अध्यक्ष अष्टभुजाप्रसाद चौधरीथारुले एकमधेश एकप्रदेशको मागलाई आफुहरुले कदापि नस्वीकार्ने बताए । उनले आन्दोलन जारी राखेर पनि दबाब दिईरहने र यस्तो मागलाई पुरा हुन नदिने दृणतासमेत व्यक्त गरे । संघीय परिषद्का सदस्य बसन्त घर्तीमगरले आदिवासीहरुको मुख्य थलो पाल्पा भएकोले यहा संग्राहलय बनाउन प्रस्ताव राखेका थिए । संघीय संरचनामा पाल्पालाई केन्द्र बनाउनुपर्नेमासमेत उनले जोड दिए । शिक्षा, स्वास्थ्य, रोजगार र प्रेस स्वतन्त्रतालाई मौलिक अधिकारको रुपमा स्वीकार गरिनुपर्ने, जनता सार्वभौमिकता सम्पन्न हो भन्ने कुरालाई नया संविधानको प्रस्तावनामा उल्लेख गरिनुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । मुलुकको आर्थिक नीति अवलम्वन गर्दा राज्यको श्रोत र साधनमा भएको असमान वितरणलाई अन्त्य गरि सार्वजनिक सहकारी र नीजि क्षेत्रलाई मध्यनजर गर्दै प्रत्येक परिवार र नागरिकसमेतको सहज पहुच हुने सुनिश्चितता गरि मुलुकप्रति अपनत्वको भावना जागृत गराउनेसमेत घोषणामा उल्लेख गरिएको छ । |
|
|
लोपोन्मुख जातिका व्यक्तिहरु, अन्धा, अपाङ्ग, अशक्त, द्धन्द्धपिडितहरुको स्वास्थ उपचारको व्यवस्था राज्यले गर्नुपर्ने, भाषा, संस्कृति सबैको मौलिक अधिकार भएकोले सबै जातजातिहरुलाई प्राथमिक तहसम्म आआफ्नो मातृभाषामा पढ्न पाउने व्यवस्था र स्नातकसम्म निशुल्क र अनिवार्य शिक्षा राज्यले सुनिश्चित गर्नुपर्ने निष्कर्ष निकालिएको छ । Journalists who were honored for highlighting the issues of indigenous peoples. ३३ बुँदे पाल्पा घोषणपत्रलाई संसदमा प्रतिनिधित्व गर्ने सबै दल, नागरिक समाज, सभाध्यक्ष, प्रधानमन्त्री लगायत सबै क्षेत्रमा वुझाईने र आदिवासीको आन्दोलनलाई अझ शसक्त बनाउने बताइएको छ । पाल्पा घोषणापत्रमा राज्य पुनसंरचनाको विषयलाई महत्वका साथ लिइएको छ । राज्यको संरचना जातिय जनसंख्याका आधारमा हुनुपर्ने, एकाधिकारको विरोध गरिएको छ भने आर्थिक रुपमा जनतालाई बलियो बनाउनुपर्ने कुरालाई जोडदिइएको छ । कृषिलाई औद्योगिकिरण, व्यवसायिकरण गर्ने, वास्तविक सुकुम्वासी पहिचान गरेर पुर्ण स्वामित्व हस्तान्तरण नगरी रोजगारिसहित जग्गा वितरण गर्नुपर्ने, नेपालमा भारतले सिमा मिचेकोले समाधान गर्नुपर्ने, वैज्ञानिक ढंगले सिमाङ्कन गर्नुपर्ने, जनता सार्वभौमसत्ता सम्पन्न हुनुपर्ने। शिक्षा, स्वास्थ्य, संचारलाई महत्व दिइएको छ । Organizers, guests and honored journalists. Photos: Hari आदिवासी जनजातिहरु मात्र होईन दलित र सिमान्तकृत वर्गलाई अगाडि बढाउने पाल्पा घोषणा पत्रमा जोड दिइएको छ । यस्तै संविधान लेखन प्रकि्रया ढिला भएकोमा चिन्ता व्यक्त गरिएको छ भने संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन भइसकेको अवस्थामा यसलाई संस्थागत गर्न अविलम्व संविधान लेखन प्रकि्रया सुरु गर्नसमेत माग गरिएको छ । नया संविधानलाई स्थायी र सबैको हो भन्ने अनुभूति गराउन अनुमोदनको लागी आवश्यकता भएमा जनमत संग्रहसमेत गरिनुपर्नेमा जोड दिइएको छ । Indigenous dance performers at the festival. Photos: Hari घोषणा पत्रमा सबैको माग समेट्न, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु पर्ने, तोकिएको समयमा संबिद्यान निमार्ण गरी अनुमोदनको लागी जनमत संग्रह गर्नु पर्ने, शिक्षा, स्वास्थ्य, रोजगार र प्रेश स्वतन्त्रतालाई मौलिक अधिकार भित्र राख्नु पर्ने, सबैको मातृभाषालाई शिक्षामा मान्यता दिई स्नातक तहसम्मको अध्यन निशुल्क गर्नु पर्ने, बैज्ञानिक भुमिसुधार लागु गर्नु पर्ने, सेनाको संमायोजन शान्ती सम्झौताअनुसार गर्नु पर्ने रहेको छ । Students performing Kauda dance at the closing ceremony of the Indigenous Festival in Palpa. यसैगरी घोषणा पत्रका अन्य बुदाहरुमा सबै दलहरुले दलगत स्वार्थभन्दा माथी उठेर काम गर्न, आदीवासी जनजातीका पर्बहरुलाई राष्ट्रिय मान्यता दिनु पर्ने, महिलाहरुलाई सबै क्षेत्रमा जनसंख्याको आधारमा राज्यका सबै अङ्गमा सहभागिता गराउनु पर्ने, आदीवासी जनजाती सग भएको २० बुदे सम्झौता तत्काल लागु गर्नु पर्ने, आदीवासीका पुर्खाली पेशा सुरक्षित हुनु पर्ने, बिक्रम संबतलाई हटाई नेपाल संबत लागु गर्नु पर्ने छुवाछुत गर्ने माथी कडा कानुनी कारबाहिको व्यबस्था हुनु पर्ने, लखन थापालाई प्रथम सहिदको मान्यता दिनु पर्ने, सिमा अतिक्रमणको बिषय लाई राष्ट्रको महत्वपुर्ण सुचीमा राख्नु पर्ने, नेपाल बिरोधि रहेका असमान सन्धीहरु खारेज गर्नु पर्ने, राष्ट्र हितको बैदेशिक सहयोग मात्र लिनु पर्ने, प्रत्येक नागरिक प्रति राष्ट्र प्रति जिम्मेवार हुने खालका निती तथा कार्यक्रमको ल्याउनु पर्ने लगायत रहेका छन् । Reading Palpa Declaration of Indigenous voices. Photos: Hari सरकारका सबै पदाधिकारीहरु, ६ सय १ सभासद, संबिद्यान सभाका अध्यक्ष, २५ वटै राजनितिक दल, बुद्धिजिबि, मानब अधिकारकर्मि, दलका भातृ संघ संगठनहरु लगायत सबै पक्षलाई अध्यन गरी कार्यान्वयनको लागी पाल्पा घोषणा पत्र बुझाउने आदीबासी जनजाती महासंघ पाल्पाका अध्यक्ष गम बहादुर थापाले बताए । आदिवासी जनजाति महासंघ पाल्पा र आदिवासी जनजाति विकास मन्च पाल्पाको आयोजनामा १४ औं विश्व आदिवासी दिवसको अवसरमा कार्तिक १७ गतेदेखि २८ गते सम्म १२ दिन सांस्कृतिक महोत्सव आयोजना गरिएको हो । Astabhuja Chaudhari Tharu. Photos: Hari सामाजिक, सास्कृतिक, राजनितिक, महिला लगायतका विषयमा विज्ञहरुको सहभागीता गराएर गोष्ठी संचालन गरिएको थियो । नमुना संविधान सभासद् बैठकमा वहालवाला र पुराना सभासद्हरु, विभिन्न जातिय र भाषिय प्रतिनिधित्व गराईएको थियो । समापनका अवसरमा पाल्पा लगायत विभिन्न जिल्लाबाट आएका आदिवासीहरुले आआफ्नो भेषभुषा, सास्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । Students with traditional ethnic dress. Photos: Hari पाल्पा घोषणा पत्र सार्वजनिक कार्यक्रमकै अवसरमा आदिवासी जनजाति सास्कृतिक महोत्सवमा उत्कृष्ठ समाचार सम्प्रेषण गर्ने र महोत्सव वाहेक पनि अन्य कार्यक्रममा पनि आदिवासी जनजातिको मुद्धाहरुमा उत्कृष्ट कलम चलाउने चार जना संचारकर्मीलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा कान्तिपुर संवाददाता माधब अर्याल, अनिज पाल्पाकी उपाध्यक्ष तथा मदनपोखरा रेडियोकी यमुना सारु, मेचीकाली संवाददाता तथा अनिज पाल्पाका सदस्य राजकुमार आले, नया भावना संवाददाता किरण कौशल रहेका छन्। उहाहरुलाई कार्यक्रमका प्रमुख अतिथि थारु कल्याणकारी सभाका अध्यक्ष अष्टभुजाप्रसाद चौधरी र आदिवासी जनजाति सास्कृतिक महोत्वका संयोजक गमबहादुर थापाले सम्मानपत्र, मायाको चिनो खादा ओढाएर सम्मान गर्नु भएको थियो । पाल्पामा कि्रयाशिल अन्य पत्रकारहरु र स्थानीय संचारगृहलाई पनि कदरपत्र प्रदान गरिएको थियो। -Haribahadur Saru Magar in Palpa |
||
|
Read related news: Important Document: » आदिवासी जनजातिहरुको पाल्पा घोषणा-२०६५ » ३३ बुंदे पाल्पा घोषणापत्र जारी गर्दै आदिवासी महोत्सव समापन (8 Photos) आदिवासीबारे समाचार सम्प्रेषण गर्ने चार संचारकर्मीलाई सम्मान » आदिबासी महोत्सबमा महिला अधिकार र आर्थिक सुधारको कुरा (2 Photos) » तानसेनमा आदिवासीहरुको नमुना सभासद बैठक शरु (4 Photos) » Special photo feature: Nepalese Indigenous Cultural Festival in Palpa (21 Photos) » सेना समायोजन विशेष समितीको मापदण्डका आधारमा गरिने (4 Photos) » राज्यले दिने छात्रवृत्ती हुनेखानेले मात्र पाउने गरेको आरोप » 'तालीको भरमा नयाँ संबिद्यान आउने खतरा' (3 Photos) आदिबासीहरुको भूमिका खोला तर्यो लौरो बिर्स्यो » आदिवासी साँस्कृतिक महोत्सव पाल्पामा शुरु (4 Photos) » आदिवासी साँस्कृतिक ९ दिने महोत्सव पाल्पाको तानसेनमा हुने (3 Photos) |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||