|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
दुई बालिकालाई बेचबिखन प्रयास गर्ने ४ पक्राउ |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Girls traffickers: Mankala Sunar, Nisha aka Manu Kami, Sunita BK and Bhaktabahadur Thapa Magar. Photos: Hari पाल्पा, January 9, 2008- पश्चिम पाल्पाका ख्याहा गाबिस वडा नं. ४ र ५ मा बस्ने दुई बालिकालाई बिभिन्न प्रलोभनमा पारी बेचबिखन गर्न खोज्दा एक पुरुष सहित ३ महिलालाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको छ । शारदा माध्यमिक बिद्यालय ख्याहामा कक्षा ७ मा अध्ययन गर्ने १५ बर्षकी र १६ बर्षकी दुई जना बालिकालाई ललाई फकाई वेच्न लाने प्रयास गर्दा पौष २१ गते प्रहरी तथा स्थानिय बासीको सहयोगमा पक्राउ गरीएको थियो । पक्राउ पर्नेमा रुपन्देही रुद्धपुर ४ बस्ने बर्ष ४७ की निसा भन्ने मनु कामी, सोही जिल्ला गजेडी गाबिस १ मा बस्ने बर्ष ४० का भक्तबहादुर थापा मगर, पाल्पा ख्याहा गाबिस वडा नं. ४ बस्ने बर्ष ५३ की मन कला सुनार, रुपन्देही रुद्धक्षार गाबिस वडा नं. ५ बस्ने सुनिता बिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले बिहिबार कार्यालयमै पत्रकार सम्मेलन गरि यो कुराको जानकारी दिएको हो । पक्राउ परेका भक्तबहादुर थापाले बालिकाहरुलाई ल्याउनका लागी अन्य आफ्ना सहयोगीहरुलाई रु. आठ हजार दिएर केटी खोज्न पठाएको र आफुहरुले केटी खोज्ने क्रममा पाल्पाको ख्याहामा पुगेको प्रहरीको बयानमा बताएका छन् । सहयोगीहरुले बालीकाहरुलाई भारतको मुम्बई हुदै साउदी अरबमा घरायसी काम गर्ने र धेरै पैसा कमाउने प्रलोभनमा पारेर लान लागेको प्रहरीले जनाएको छ । भक्तबहादुर थापा बालबालिका बेचबिखनका नाईके रहेको पनि प्रहरीले बताएको छ । |
|
|
भक्तबहादुर थापा केही महिना अगाडि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा चोरी केस अन्तरर्गत पनि पक्राउमा परेको पाल्पाका प्रहरी नायब उपरिक्षक पबन कुमार गिरिले बताए । बेच बिखनबाट बचेका बालिकाहरु जिल्ला प्रहरी पाल्पाको सहयोगमा घरपरिवारको साथमा घर फर्किएका छन् । घरको आर्थिक अवस्थाको कारणले आफुहरु फसेको उनिहरुले बताए । -Haribahadur Saru in Palpa Bhaktabahadur Thapa Magar. Sunita BK. Photos: Hari |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||