काठमाण्डौं, December 3, 2008- हप्तामा ३१ घण्टाको लोडसेडिङ व्यहोरीरहेका
उपभोक्ताहरु मंसिर १८ गतेदेखि हप्तामा ४५ घण्टाको लोडसेडिङको मार
खेप्नुपरेको छ ।
नेपाल विद्युत प्राधिकरणले मंसिर १८ गतेदेखि लागू हुने गरी लोडसेडिङको समय
थप गरेपछि उपभोक्ताहरुले सास्ती खेप्नु परेको हो । नेपाल विद्युत
प्राधिकरणले हप्तामा ४५ घण्टा लोडसेडिङ गर्ने भएको छ ।
मंसिर १८ गतेदेखि हप्तामा छ दिन सातघण्टा र एकदिन तीन घण्टा लोडसेडिङ हुनेछ
। त्यसमा दिउँसो चार र बेलुकी तीन घण्टाका दरले लोडसेडिङ हुनेछ । लमहीदेखि
पश्चिममा भने दैनिक १७ घण्टा मात्र लोडसेडिङ हुनेछ । लमहीदेखि पूर्वको
लहानसम्म हप्तामा ४५ घण्टा र लहानदेखि पूर्वसम्म ३७ घण्टा लोडसेडिङ हुने
नेपाल विद्युत प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख शेरिसंह भाटले
जानकारी दिनुभयो।
जाडो बढेपछि नदीमा पानी सुकेर विद्युत उत्पादन घटेको र जाडोयाममा बिजुलीको
माग बढी भएकाले अन्य विकल्प नभए पछि लोडसेडिङ बढाउनु परेको भाटको भनाई छ ।
अहिले दिनमा २१ लाख युनिट विद्युत माग हुने गरेको छ ।
लोडसेडिङकै कारण पछिल्ला तीन महिनामा मात्रै १५० अर्ब रुपैया बराबरको
उत्पादनमा ह्रास आएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।