Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
४४ हजार भूपू गोर्खाली सैनिक परिवार लाभान्वित हुने

काठमाण्डौं, November 5, 2008- बेलायतका प्रधानमन्त्री गोर्डन ब्राउनले भूतपूर्व गोर्खा सैनिकहरुसँग भेट गर्नुहुने भएको छ ।

बेलायती उच्च अदालतको फैसलापछि प्रधानमन्त्री गोर्डन ब्राउनले नोभेम्बर २० का दिन भूतपूर्व गोर्खा सैनिकहरुलाई भेट्न लागेको गोर्खा भूतपूर्व सैनिक संघ 'गेसो' का सभापति पदमबहादुर गुरुङ्गले जानकारी दिनुभएको हो । नेकपा एमालेको भूपू सैनिक विभागले पार्टी कार्यालय बल्खुमा मंगलबार गरेको शुभकामना कार्यक्रममा गुरुङ्गले यस्तो जानकारी दिनुभएको हो ।

यसअघि १ जुलाई १९९७ पछि अवकाश पाएका मात्र भूतपूर्व गोर्खाली सैनिकहरुलाई आवासीय भिसा र नागरिकता दिने बेलायती निर्णय तथा नीति गैर कानुनी, अन्यायपूर्ण ठहर गर्दै ३० सेप्टेम्बरमा बेलायती उच्च अदालतले गोर्खाली सैनिकहरुको पक्षमा फैसला गरेको थियो ।

बेलायती प्रधानमन्त्रीसँगको भेटमा आफूहरुले समानताको व्यवहार गर्न आग्रह गर्ने बताउँदै गेसोका सभापति गुरुङ्गले बेलायती नागरिकले हस्ताक्षर गरेको झण्डै चार लाख हस्ताक्षर बुझाइने पनि जानकारी दिनुभयो ।

'आवासीय अधिकार पाएपछि भूपूहरु बेलायतमा जाँदा रेमिटान्स घट्ने हल्ला नियोजित हो?' भन्ने प्रश्नको जवाफमा उहाँले भन्नुभयो- 'भूपूहरु त्यहाँ सेवा सुविधाका लागि मात्र जान लागेकोले रेमिटान्स घट्ने नभएर झन् धेरै भित्रिन्छ ।'

आफूहरु बेलायतमा जाँदा जनजाति आन्दोलन शिथिल हुने हल्ला चलाइएको बताउँदै उहाँले जनजाति नेताहरुसँग खाडी मूलुक तथा अरु देशमा बाहिरिने जनजाति युवाहरुलाई रोक्न आग्रह गर्नुभयो ।

गुरुङ्गले गेसोका कानुनी सल्लाहकार गोपाल सिवाकोटी 'चिन्तन'ले हजारौं भूपू गोर्खाहरुको मुद्दा लगेर बेलायती सरकारलाई बुझाइदिएको र अब भूपूहरुले कुनै पनि हालतमा नछाड्ने पनि चेतावनी दिनुभयो ।

३० सेप्टेम्बरमा बेलायती उच्च अदालतले गोर्खाली सैनिकहरुका पक्षमा गरेको फैसलाबाट नेपालमा रहेका झण्डै २६ हजार पेन्सनर, १२ हजार वेल्फर पेन्सनर र ६ हजार हालसम्म केही सुविधा नपाएका गरी ४४ हजार भूपू गोर्खाली सैनिक परिवार लाभान्वित हुने अनुमान गरिएको छ ।

-Khagendra Makhim in Kathmandu





  <>
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®