|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
मन्त्रिहरुको भनसुनमा कोही मालामाल, ४४४ जना प्रहरी निरीक्षकको सरुवा काठमाड्डौ, January 20, 2009- प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङले ४४४ जना प्रहरी निरीक्षकहरुको सरुवा गरेका छन् । सेवावधिका कारण घर जाने अन्तिम तयारीमा रहेका बेला आईजीपी गुरुङले प्रहरी निरीक्षकको सरुवा निकालेका हुन् । फागुन ६ गते ३२ वर्षे सेवावधि पुग्ने गुरुङका लागि ४४४ जना निरीक्षकहरुको सरुवा निकाल्नका लागि समेत धौधौ परेको स्रोतको दावी छ । गृह प्रशासन र राजनीतिक दलका नेताहरुको चर्को दवावका बीचमा पनि आईजीपी गुरुङले निष्पक्ष रुपमा सरुवा निकाल्ने प्रयास भने गरेका छन् । प्रहरी महानिरीक्षक गुरुङले आफ्नो आफन्त समेत नभनी सरुवा निकालेको उनी निकट स्रोतको भनाइ छ । उपत्यकाको मोजमस्ती गरेका अधिकांश प्रहरी निरीक्षक मधेस क्षेत्र वा कम सुविधा क्षेत्रमा सरुवा भएका छन् । सरुवा भएकाहरुमध्ये धेरैजसो गृहमन्त्री र एमाले नेताको सोस्रफोस्रमा उपत्यका र उपत्यका बाहिरका मालदार ठाउमा सरुवा भएका छन् । कोही भने मोफसलका मालदार ठाउबाट उपत्यकाको मालदारै ठाउमा सरुवा भएका छन् । प्रनि दयानिधि ज्ञवालीको सरुवा यसको एउटा उदाहरण हो । उनी जिप्रका रुपन्देहीबाट प्रहरी प्रभाग सोर्हखुट्टे सरुवा भएका छन् । रुपन्देहीमा मालामाल बनेका ज्ञवाली सोर्हखुट्टे जस्तो अर्को मालदार ठाउँमा सरुवा हुनका लागि सफल भएका हुन् । उनको सफलता पछाडि जलस्रोतमन्त्री विष्णु पौडेलको हात छ । गृहमन्त्री बामदेव गौतमका भतिज बामदेव गौतम यसअघि नै दरवारमार्गमा सरुवा भइसकेका थिए । यो सरुवाका मौकामा दरवन्दी सार्ने काम मात्र भएको छ । पर्साको पोखरियामा मालामाल बनेर गौतम दरवारमार्ग आएका हुन् । त्यसो त उपत्यकाको मालदार ठाउँहरुमा सरुवा हुने मौका पाएकाहरुमा अपराध महाशाखाबाट प्रहरी प्रभाग गौशालामा सन्तोष तामाङ सरुवा भएका छन् । त्यसो त मेचीबाट तुलबहादुर कार्की जनसेवामा सरुवा भएका छन् । त्यसो त सोमबहादुर थापा इप्रका आवखैरेनीबाट बौद्ध वृत्तमा सरुवा भएर आएका छन् । गोविन्दप्रसाद पाटक बागमतीबाट प्रहरी वृत्त महाराजगन्जमा सरुवा हुने मौका पाएका अर्का भाग्यमानी प्रहरी निरीक्षक हुन् । त्यसैगरी रसुवाबाट अपराध महाशाखामा सरुवा भएका छन् । जगन्नाथ खनाल कैलालीबाट अपराध मशाखामा आएका छन् । काठमाडौंको परिसरमा रहेर तर मारेका प्रनि मधुसुदन सिलवाल तातोपानी नाकाको कोदारी चौकीमा सरुवा भएका छन् । रमेश बहादुर िसंह बझाङबाट प्रहरी प्रभाग बुढानिलकण्ठ सरुवा भएका छन् । हिमालयमर्दन बस्नेत र फणिन्द्र प्रसाईं प्रहरी वृत्त बौद्ध आएका छन् । रोशन आचार्यलाई मोरङबाट अपराध महाशाखामा सरुवा गरिएको छ । त्यसो त हेडक्वार्टरबाट मालदार नाका जानेहरु पनि छन् । त्यसमध्ये एक नम्बरमा आउने कमाउ नाकाका रुपमा चिनिएको भक्तपुरको जगातेमा जगेडापुलमा रहेका श्रीराम भण्डारी सरुवा भएका छन् । भाग्यबहादुर तामाङ सेतीबाट ललितपुर परिसरमा सरुवा भएका छन् । महेन्द्रराज कार्की सिरहाबाट सानेपा प्रभाग लगुर जिसी थानकोट प्रभाग, खड्गबहादुर खत्री भैरहवाबाट कमलपोखरी, मोहिनी खड्का धनकुटाबाट धादिङको खानीखोलामा सरुवा भएका छन् । यिनीहरु पनि भाग्यमानी प्रहरी निरीक्षकमध्येमा पर्छन् । |
|
|
त्यसो त जयन्त थापा धनुषाबाट प्रहरी वृत्त महाराजगन्ज, तिलक भारती महाराजगणबाट बालाजु, महाराजगन्ज विद्यालयबाट बालाजु नै दिप्ती कार्की सरुवा भएका छन् । डोल्पाबाट अपराध महाशाखामा कृष्ण खड्का, दिलबहादुर सुवेदी सिलवाल, अरुणप्रकाश घले, कृष्णप्रसाद कोइराला, बानेश्वर वृत्तमा सुमित खड्का, सुदीपराज पाठक सरुवा भएका छन् । कीर्तिपुर प्रभागमा बेलबहादुर पाण्डे, कालिमाटी वृत्तमा तुलसीबहादुर भट्टराई, काठमाडौं परिसरमा रविन्द्रबहादुर िसंह, ददिराम न्यौपाने, दिलिप गिरी सरुवा भएका छन् । अर्को कमाउ नाका सातदोबाटोमा भक्तबहादुर विष्ट, फर्पिङमा कालिदास ढकाल, स्वयम्भुमा सन्तकुमार राजभण्डारी सरुवा भएका छन् । यो सरुवाले मोजमस्ती गरिरहेकाहरुले आईजीपीको खोइरो खनिरहेका छन् भने दुर्गम र मधेस जस्तो आन्दोलित क्षेत्रमा रहेका जोखिममा बसेर काम गरिरहेकाहरुले भने गुनगान गाउन थालेका छन् । यो सामान्य सिद्धान्तअन्तर्गत नै पर्ने कुरा हो । राजनीतिक दाउपेचमा रहेकाहरुले गर्दा प्रहरी प्रशासन बेकम्मा बनिरहेका बेला सरुवा नै नहुने स्थिति समेत आएको थियो । तर अहिले यो सम्भव भएको छ । असन्तुष्ट पक्षले भने गृहमन्त्रीलाई खुशी पार्न आईजीपीले इन्स्पेक्टरहरुको बली दिएको टिप्पणीसमेत दिएका छन् । विषयविज्ञका हैसियतले मोजमस्ती गर्दै आएकाहरु यस्तै टिप्पणी गर्दै हिड्न थालेका छन् । -Danda Gurung in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||